Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

गोली हान्दा एसपीको सरुवा

\"pestol\"काठमाडाैं,४ असोज । विमलेन्द्र निधिले गृहमन्त्रालय सम्हालेपछि गृहप्रशासन २० वर्षअघिको अवस्थामा फर्किएको छ । जसरी २० वर्षअघि गृहमन्त्रीले आफूनिकट प्रहरीलाई हातमा लिएर आफ्ना स्वार्थहरु पूरा गर्दथे, अहिले त्यस्तै अवस्था सुरक्षा निकायमा देखिएको दृष्टि साप्ताहिकमा खबर छ । आफ्ना पार्टीको स्वार्थ अनुसार काम नगरेको भन्दै गृहमन्त्री निधिले धमाधम प्रहरीहरुको सरुवा गर्न थालेका छन् । अपराधमा सम्झौता नगर्ने र गुन्डाहरुविरुद्ध आक्रामक भएर काम गर्ने प्रहरी अधिकारीहरु गृहमन्त्रीको निशानामा पर्न थालेका छन् । पार्टीनिकट कार्यकर्तालाई पक्राउ गरेको आरोपमा धनुषाका एसपी रामदत्त जोशीको सरुवा गरेपछि मन्त्री निधिले पछिल्लो समय दाङका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहको सरुवा तयारी गरेका छन् । पछिल्लो समय एसपी सिंह गुन्डागर्दीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि उनलाई सरुवा गर्न लागिएको हो । गत २४ गते राति एसपी सिंहले गोली हानेर एक गुन्डालाई पक्राउ गरेका थिए । दाङमा धम्की र असुलीको धन्दा चलाउँदै आएका दानबहादुर बुढालाई गोली हानी प्रहरीले अन्य ५ जनालाई समेत पक्राउ गरेको थियो । जिल्लामा व्यवसायीहरुलार्य धम्क्याएर पैसा असुल्न थालेको सूचना पाएपछि उनीहरुलाई प्रहरीले तुलसीपुर–घोराही सडकखण्डमा पक्राउ गरेको थियो । बुढा स्थानीय गुन्डा नइके हुन् । जसलाई कांग्रेस नेता खुमबहादुर खड्काले संरक्षण दिँदै आएका छन् । आफ्नो पार्टी निकट गुन्डालाई गोली हानिएको भन्दै मन्त्री निधिले एसपी सिंहलाई हटाउन दबाब दिएका हुन् । आफ्ना कार्यकर्तालाई नछाडेको भन्दै धनुषाका एसपीलाई भोलिपल्टै उनले हटाका थिए । सिंहलाई भने आइजीपी उपेन्द्रकान्त अर्यालले हटाउन नमानेको स्रोत बताउँछ । अरु पनि केही प्रहरीलाई गृहमन्त्री निधिले पार्टीको स्वार्थअनुसार काम गर्न दबाब दिएका छन् । त्यसो त मन्त्री निधि स्वयम् पनि विगतमा गुन्डागर्दीमा संलग्न व्यक्ति भउको धनुषाबासीहरु बताउँछन । उनले जानकी मन्दिरका अवैध महन्त रामतपेश्वर दासलाई पनि संरक्षण गर्दै आएका छन् । सर्वोच्च अदालतले रामतपेश्वर दासलाई हटाएर केही समयका लागि अर्को मन्थ नियुक्ति गरी खुल्ला प्रतिस्पर्धाबाट महन्थ छनोट गर्न दिएको आदेश समेत पालन हुन सकेको छैन । सर्वोच्च अदालतको आदेश पालन नहुनुको काराण मन्त्री निधि नै भएको बताइन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending