आश्विन ४ गते, २०७३ मगलवार 20th September, 2016 Tue०६:४९:५१ मा प्रकाशित
काठमाडौं, ४ असोज । नेपालबाट चीनतर्फ अमेरिकी डलरको तस्करी हुने गरेको छ । तस्करीकै कारण नेपाली बजारमा डलरको अभाव चर्किएको व्यवसायीहरू बताउँछन् ।
चिनियाँ पर्यटक र नेपाली व्यवसायीहरूले नेपाली बजारबाट नगद डलर संकलन गरी चीनतर्फ तस्करी गर्ने गरेको आजको नयाँ पत्रिकामा खबर छ ।
‘चिनियाँ पर्यटकहरू कार्ड बोकेर आउँछन्,’ ठमेलमा मनी चेन्जर व्यवसाय सञ्चालन गरिरहेका एक व्यवसायीले भने, ‘यहाँबाट महँगो दरमा नगद डलर किनेर लैजान्छन् ।’ नेपाली व्यवसायीले पनि चीनबाट हुने अनौपचारिक आयात तथा सुन तस्करीको रकम भुक्तानीका लागि डलर तस्करी गरिरहेको उनीहरू बताउँछन् ।
चीनमा त्यहाँको केन्द्रीय बैंकले नगद डलरको प्रवाहमा कडाइ गरिरहेकाले त्यहाँको अनौपचारिक बजारमा डलर निकै महँगो पर्ने गरेको व्यवसायीहरूको दाबी छ । ‘नेपालमा प्रचलित मूल्यभन्दा निकै महँगोमा डलर किनेर लाँदा पनि उनीहरूले फाइदा पाउँछन्,’ ती व्यवसायीले भने । नगद डलरको सञ्चिती बढाउने सरकारी नीतिअनुसार ‘पिपुल्स बैंक अफ चाइना ९पिबिसी०’ ले नगद डलरको प्रवाहलाई निरुत्साहित गर्ने नीति लिएको उनीहरूको भनाइ छ ।
नेपालीहरूले भने सुन र अन्य वस्तुको अनौपचारिक आयात गर्न चीनतर्फ डलरको तस्करी गरिरहेको सम्बद्ध व्यवसायीहरूको दाबी छ । यसका लागि धेरै नेपालीले यहाँको बजारबाट डलर किनेर अवैध रूपमा मूलभूमि चीनदेखि हङकङको बजारमा पु¥याउँछन् । सानो परिमाणमा पुँजी पलायन गर्न पनि नेपालीहरूले हङकङको रुट नै प्रयोग गरेर डलर तस्करी गर्ने गरेको व्यवसायीहरूले जानकारी दिए ।
‘अहिले बजारमा बैंकको सुन नबिक्ने, तर व्यवसायीको पसलमा सुन अभाव नहुने अवस्थाको सिर्जना गर्न तस्करीको डलरले नै मुख्य भूमिका खेलेको छ,’ एक व्यवसायीले भने ।
नेपालमा चिनियाँ पर्यटकले निकै कम मात्रामा नगद अमेरिकी डलरको खर्च गर्ने गरेको व्यवसायीहरू बताउँछन् । ‘पश्चिमा मुलुकबाट आउने पर्यटकले खर्च गरेको केही डलर पनि चिनियाँहरूले किनिदिन्छन्,’ उनले भने, ‘त्यसकारण नेपालीहरूले डलर किन्नै नपाउने अवस्था छ ।’
नेपाली पर्यटन व्यवसायीको चीनस्थित एजेन्टले पनि सेवा शुल्कबापतको आफ्नो आम्दानीमध्ये निकै कम मात्रै अमेरिकी डलर नेपालमा पठाउने गरेको व्यवसायीहरूको भनाइ छ । ‘अत्यावश्यक रकम मात्रै नेपाल पठाउँछन्, बाँकी डलर उतै बेच्छन्,’ अर्का एक पर्यटन व्यवसायीले भने । यसले पनि नेपालमा नगद डलरको आप्रवाह बढ्न सकेको छैन ।
व्यवसायीहरूको दाबीलाई मान्ने हो भने आफू आउँदा ट्राभल कार्ड बोकेर आउने चिनियाँ पर्यटकमध्ये धेरैले भिसामा छाप लगाएकोभन्दा पनि कम नगद डलर बोकेर आउँछन् । तर, नेपालबाट फर्कंदा आफूले ल्याएभन्दा दोब्बर डलर किनेर लैजान्छन् ।
उनीहरूले युआन बेचेर नगद डलर किन्ने गरेका छन् । ठमेलका मनी चेन्जरमा मात्र होइन, होटेल, रेस्टुरेन्ट र ट्राभल कम्पनीहरूमा पनि डलरको अवैध कारोबार हुने गरेको ती व्यवसायीहरू बताउँछन् । सानो परिमाणमा डलरको कारोबार हुने भएकाले पर्यटकले किनेर लगेको थोरै डलरबारे अध्यागमनले पनि खासै चासो नराख्ने उनीहरूले बताए ।
अर्कोतिर पर्यटकले डलर किन्न प्रयोग गरेको चिनियाँ मुद्रा युआन भने चीनबाट हुने अनौपचारिक आयातको भुक्तानीमा प्रयोग गर्ने गरिएको व्यवसायीहरूले जानकारी दिए ।
नेपालीहरूले चाहिँ धेरैजसो डलर चीनको मूलभूमिभन्दा बढी हङकङ पु(याउँछन् । खासगरी सुन, बहुमूल्य घातु र इलेक्ट्रिक सामग्री किन्नमा यस्तो डलरको बढी प्रयोग हुने गरेको व्यवसायीले बताए । यसबाहेक अन्य नेपाली व्यवसायीका एजेन्टहरू ठूलो मात्रामा रेमिट्यान्स आउने मुलुकमा पुगी नेपाली कामदारसँग त्यहीँको मुद्रा संकलन गर्छन् र त्यसबराबरको रकम नेपालमा उनीहरूका परिवारलाई दिन्छन् । त्यसरी संकलन गरेको रकमसमेत उनीहरूले डलरमा रूपान्तरण गरी चीन पु¥याउने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: