Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

ट्याक्सीले मन्त्रीलाई नै ठग्न खोजेपछि...

\"taxi\"कठमाडौं, ४ असोज । अन्तर्राष्ट्रिय विमानस्थलका ट्याक्सीचालकले पर्यटकलाई ठग्ने गुनासो बढेपछि आइतबार राति पर्यटनमन्त्री जीवनबहादुर शाहीले छड्के गरेका छन् । पर्यटककाे भेषमा विमानस्थलदेखि ठमेलसम्म ट्याक्सी चढेका उनलाई पनि चालकले ठग्न खोजेको आजको नयाँ पत्रिकामा खबर छ । दौरा सुरुवाल लगाएर झन्डावाल गाडीमा राति विमानस्थल पुगेका मन्त्री शाही सीधै भिआइपी कक्षको भित्री कोठामा पसे । र, कालो पाइन्ट, सेतो टिसर्ट, ह्याट र कालो चस्मामा सजिएर पर्यटकको भेषमा बाहिर निस्किए । मन्त्री शाही इत्तेहाद एयर ल्यान्ड गरेको समयमा एयरपोर्ट पुगेका थिए । इमिग्रेसनमा पासपोर्ट माग्दा गोजीमा हात हालेजस्तो गरेर फुत्किएको उनले बताए । ‘एयरपोर्टमा ट्याक्सीले पर्यटककालार्य दुःख दिने, तान्ने, भनेको होटलमा नपु¥याउने भएपछि वास्तविकता थाहा पाउन आफैं पर्यटक बनेर एयरपोर्टदेखि ठमेलको होटलसम्म पुगेको हुँ’ मन्त्री शाहीले भने, ट्याक्सीवालाहरुले दुःख दिने हो रहेछ । यस्ता गतिविधिलाई सुधार्न नागरिक उड्डयनको जिएमलाई निर्देशन दिएको छु । पर्यटक बनेका मन्त्री शाहीलाई बाहिर निस्कने बित्तिकै ट्याक्सीवालाले घेरेर तानातान गर्न थाले । उनले आफूलाई भारतीय मूलको अमेरिकन भएको र नेपाल घुम्न आएको बताए । ट्याक्सीवालाहरुले ठमेल पु¥याएको भाडा १५ डलरसम्म लाग्ने बताए । एकछिनको बार्गेनिङपछि ७ डलर (सात सय) मा कुरो मिलाएर उनी बा१ग १०१६ नम्बरको ट्याक्सीमा चढे । साथीले आफूलाई काठमाडौं गेस्ट हाउस जान सुझाएको भन्दै मन्त्री शाहीले ट्याक्सी चालकलाई सोही गेस्टहाउस लैजान भनेका थिए । तर, ट्याक्सी चालकले दियालो हिमालयमा लागिदियो । शाहिले होटल मन परेन भनेपछि नजिकैको अर्को होटलमा लगिदियो । अन्तिममा मात्रै काठमाडौं गेस्ट हाउसपु¥यो । ट्याक्सीलाई कोठा बुक गर्छु भन्दै होटलमा छिरे । एसी भएको कोठाको २ सय डलर र त्यसमा ६० प्रतिशत छुट तथा एसी नभएको कोठाको ८० डलर र त्यसमा ५० प्रतिशत छुट दिइने होटल म्यानेजरले उनलाई सुनाए । होटलबाट बाहिर निस्केर मन्त्री शाहीले ट्याक्सीको फोटो खिच्दै चालकलाई आफ्नो परिचय दिए । ‘पर्यटकले ट्याक्सी देखि होटलसम्म ठगेको गुनासो गर्दै आएको सुनेको थिएँ, तर, के हो वास्तविकता बुझ्न यसो गरेको हुँ,’ उनले भने, ‘अब एयरपोर्टमा ट्याक्सीवालाले दुःख नदिउन्, नठगुन भन्नकालागि यसो गरेको हुँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending