Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

कम उमेरमै कपाल फुलेको छ ? त्यसो भए यसो गर्नुस

\"zhair\"काठमाडौं, ३ असोज । आज कम उमेरमै कपाल फुल्ने समस्या निकै बढेर गएको छ । मानिसको व्यस्तताका कारण कपालको स्याहार गर्न नपाउने, प्रदुषित बाताबरण विषादी मिसाइएको खानेकुरा आदिका कारण पनि धेरैको कपाल उमेर नपुग्दै फुल्ने गरेको पाईन्छ । यसरी कपाल फुल्दा उमेर छँदै अरूले उमेर छिप्पिएको मानिस भनेर समेत भन्ने गर्छन यसले उमेर नपुगी कपाल फुलेकालाई झन् तनाव हुने गर्छ साथै नरमाइलो पनि लाग्ने गर्छ । यसरी फुलेको कपाललाई लुकाउने माध्यमको रूपमा अहिले कपालमा रंग दल्ने रहेको छ तर, यो समस्याको विकल्प मात्र कपाल रंग्याउने होइन । केही घरेलु उपचार गर्न सके सेतो कपाललाई पुन कालो गर्न सकिन्छ त्यो पनि प्राकृतिक तरिकाले । यहाँ यस्ता केही घरेलु उपचारहरू बताइएको छ जसले तपाईको फुलेको कपाललाई केही राहत दिनेछ अर्थात् तपाईको कपाललाई पुनः कालो बनाउन सहयोग गर्नेछ । यस्ता छन् फुलेको कपाललाई पून कालो बनाउने केही घरेलु उपाए १. सकेको अमलालाई पानीमा भिजाएर त्यसलाई पिसेर लेदो बनाउने । त्यसमा एक चम्चा युकेलिप्टसको तेल मिसाउने । यो मिश्रणलाई एक रात फलामको भाँडामा राख्ने र बिहान उक्त मिश्रणमा दही, कागती र अण्डा मिसाएर कपालमा लगाउने । १५ दिनसम्म यस्तो कार्य गर्नाले तपाईको सेतो कपाल कालो हुनेछ । २.अमलाको जुस, बदामको तेल, कागतीको जुस मिलाएर कपालमा लगाउने गर्नाले कपालमा चमक आउँछ र सेतो पनि हुन दिँदैन । ३. अदुवा पिसेर त्यसमा थोरै मह मिसाएर पेष्ट बनाउने र टाउकोमा लगाउने । यो कार्य दैनिक गर्नाले सेतो कपाल पुनः कालो हुन्छ । ४. कपालमा ऐलोभेरा (घ्युकुमारी)को जेल लगाउनाले पनि कपाल झर्न कम हुन्छ र कपाललाई सेतो हुन दिँदैन् । ५. दिनहुँ थोरै मात्रामा अमलाको जुस खाने गरेमा पनि लामो समयसम्म कपाल कालो राख्न सकिन्छ । ६ कम उमेरमा सेतो भएको कपालमा एक ग्राम कालो मरिचमा थोरै दही मिसाएर लगाउने गरे पनि लाभ हुन्छ । ७ गाईको दुध या मख्खन कपालमा लगाउने गर्नाले पनि चाँडो फाइदा गर्छ । ८.नरिवल तेलमा ताजा अमला कालो नभएसम्म उमाल्ने र त्यसलाई कपालमा लगाउने । राती उक्त मिश्रण कपालमा लगाएर सुत्ने र बिहान उठेर कपाल बुहाए फाइदा हुन्छ । ९। २ चम्चा हीना पाउडर, १ चम्चा दही, १ चम्चा मेथी, ३ चम्चा कफी, २ चम्चा तुलसी पाउडर, ३ चम्चा पुदीना मिसाएर लेदो बनाउने र कपालमा लगाउने । त्यसको तीन घण्टापछी कपाल नुहाउने । यसले कपाल सेतो हुनबाट रोक्छ । १०. मेहन्दीलाई नरिवलको तेलमा मिसाएर लेदो बनाउने र कपालमा लगाउनाले कपालको रंग आकर्षक बन्छ । ११. कपालमा दिनहुँ सर्सुको तेल लगाउनाले कपाल सधै कालो रहन्छ । १२. नरिवल तेलमा निमको पात कालो हने गरी पकाउने र उक्त तेल कपालमा लगाउने गरे कपाल बाक्लो र कालो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies