Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

संविधान दिवस खल्लो हुने : विशिष्ट पदाधिकारी सबै विदेश

काठमाडौं, २ असोज । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुने छैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन् । उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् । सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन् । राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । संविधान दिवसका अवसरमा संसद् सचिवालयले आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिमा संसद् सचिवालयले संविधान दिवसलाई विशेष दिवसका रूपमा मनाउन लागेको हो । संविधान घोषणा भएको दिनको अघिल्लो दिन संसद् सचिवालयले कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा करिब २५ सय मानिसलाई निमन्त्रणा गरिएको छ । सो कार्यक्रममा सभामुख ओनसरी घर्तीले संक्षिप्त मन्तव्य दिने कार्यक्रम छ। कार्यक्रममा सहभागीलाई दिउँसो ३ बजेभित्र संसद् भवन बानेश्वरमा उपस्थित भइसक्न सचिवालयले आग्रह गरेको छ । सभामुखले संक्षिप्त सम्बोधन गरेपछि चियापान कार्यक्रमको आयोजना गर्ने गरी कार्यक्रमको तयारी सचिवालयले गरेको छ । सभामखु र संसद्का महासचिव सो कार्यक्रमपछि साताव्यापी चीन भ्रमणमा जान लागेकाले संविधान घोषणा भएको अघिल्लो दिन नै सचिवालयले कार्यक्रम राखेको स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending