Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ।

यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको मनोनयन दर्ताको समय पटक–पटक संशोधन गर्दै बेलुकी ७ बजेसम्म पुर्‍याइएको थियो। मंगलबार नै बेलुकी ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो।

केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार राति विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता बुधबार पनि जारी रहने जानकारी दिएका छन्। उनका अनुसार बुधबार बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्मका लागि पुनः मनोनयन दर्ताको समय थप गरिएको हो।

निर्वाचनअन्तर्गतका अन्य कार्यक्रम भने अझै तय हुन बाँकी रहेको केसीले जानकारी दिए।

मंगलबार मात्रै चार जनाले सभापति पदका लागि उम्मेदवारी फाराम लगेका थिए। तर ती फाराम कस–कसका लागि लगिएको हो भन्ने यकिन भइसकेको छैन। त्यस्तै, अन्य पदाधिकारी पदका लागि करिब ३० वटा फाराम वितरण गरिएको छ।

सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि समान २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क तोकिएको छ।

केन्द्रीय सदस्य पदका लागि भने १० हजार रुपैयाँ शुल्क लाग्नेछ। मनोनयन फाराम लैजाँदा शुल्क नलाग्ने भए पनि दर्ताका क्रममा तोकिएको दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending