Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

आज विश्वकर्माको पूजा गरिँदै, आजैदेखि सोह्र श्राद्ध शुरु

\"bishwakarma\"काठमाडौं, १ असोज । आज विश्वकर्माको पूजा, उद्योग, कलकारखाना, यन्त्र तथा फलामका औजारहरुको पूजा गरी हिन्दु धर्मावलम्बीहरु विश्वकर्मा बाबाको पूजा गरिरहेका छन् । हरेक वर्ष आश्विन १ गते आजको दिन हिन्दु धर्मावलम्बीहरु विश्वकर्माको पूजा–अर्चना गर्ने गर्दछन् । सवारी भएकाहरु आफ्ना सवारी साधनको पूरा गर्ने गर्दछन् । फलामको काम गर्ने उद्योग कलकारखानाहरुमा विश्वकर्मा पूजा उत्सवकै रुपमा मनाउने गर्दछन् । विश्वकर्मालाई इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेर्ने र पूजा गर्ने चलन छ । हिन्दु धर्मको ग्रन्थ वेदका अष्टवसुमध्ये प्रभाव वसुका पुत्र भगवान् विश्वकर्मा प्रथमतः वेदज्ञ, ज्योतिषज्ञ, वास्तुविद् तथा हरेक शास्त्रहरूका ज्ञाता भएकाले सर्वज्ञ मानिएको छ भने शिल्पकला, वास्तुकला, मूर्तिकला, हस्तकला, काष्ठकला आदिका प्रवर्तक नै मानिन्छन् । वास्तुशास्त्रका अठार उपदेशकमध्ये विश्वकर्मा प्रमुख मानिन्छन् । विश्वकर्माले ब्रह्माको आज्ञाबाट बसोबास योग्य भवन स्थलहरू निर्माण गरी मानवजातिलाई व्यवस्थित गरेको विश्वासमा विश्वकर्माको पूजा गर्ने गरिएको छ । विश्वकर्माकै देनले गर्दा यन्त्रको विकास भएको तथा विश्वकर्माद्वारा नै विश्वको अर्थात् सम्पूर्ण संसारको सिर्जना भएको विश्वास गरिन्छ । विश्वकर्माद्वारा नै सूर्यको गोलाकार, ताप पृथ्वीमा झर्ने दिशा, सूर्य रहने, घुम्ने दिशा, सूर्यको आकार–प्रकार आदि सबै निर्णय भएको धार्मिक विश्वास छ । यस्तै, हिन्दू परम्पराअनुसार आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ । यस अवधिमा छोरा छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । घर, नजिकका तीर्थ तथा ताल, कुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई पिण्डदान र तर्पण गर्ने गरिन्छ । काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागर, कालीगण्डकी किनारका विभिन्न तीर्थस्थलहरु लगायतका नदी किनारमा बिहानैदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending