Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

इन्जिनियर विशाल हराएको महिना दिन भयो, कता गए कसैसँग जवाफ छैन

[caption id=\"attachment_92601\" align=\"alignleft\" width=\"549\"]\"विशाल विशाल जि. एम फाइल फाेटाे[/caption] काठमाडौं, ३० भदौ । सल्यान स्थायी घर भएका २६ बर्षीय विशाल घर्तीमगर पेशाले काठमाडौंस्थित टोवा इन्जिनियरिङ कम्पनीका इन्जिनियर हुन् । अफिसका २९ जना साथीहरुसहित गत साउन ३० गते पिकनिक गएका इन्जिनियर विशाल आजसम्म घर फर्किएका छैनन् । आफ्नो प्रिय मानिस एकैछिन टाढा हुँदा वा सम्पर्कमा नआउँदा मात्र हामी कति डर, त्रास र शंका आशंकामा रुमल्लिन्छौं भने परिवारको प्यारो सदस्य जसबाट परिवारले ठूलो सपना देखेको थियो, त्यो महिना दिनसम्म जिउँदो छ वा मरिसक्यो कुनै जानकारी नपाउँदा कति दुखि होला परिवार ?0 नेपालीहरुको महान पर्व दशै तिहार नजिकिँदै छ, त्यो परिवार दुःख र पीडाको शोकमा आशु बगाउँदै बसिरहेको छ । कतै घर फर्कि आउँछ कि भन्ने आशा अनि झिनो विश्वास मनमा सजाउँदै पीडालाई केहि मत्थर पार्ने बाहान खोज्दैै अघि बढेको छ त्यो परिवार । आफैले हुर्काइ बढाई गरी इन्जिनियरसम्म बनाएको भाइको चाडपर्वको मुखैमा पुग्दासम्म कुनै जानकारी नहुँदा एउटी दिदीको मन कस्तो भएको होला ? परिवारजन कति शोक र पिडामा छट्पटिएका होलान्, जोसुकैले पनि सहजै महशुस गर्न सक्छ उनीहरुको त्यो पिडा । तर घटनामा सम्बन्धित पक्षबाटै खोजी कार्यमा ध्यान नपुगेको भन्छिन्, इन्जिनियर विशाल कि दिदी सदिक्षा घर्तीमगर । उनले प्रहरीले समेत खोजी र अनुसन्धान कार्यलाई बेवास्ता गरेको दुखेसो खबरडबलीसँग पोखेकी छन् । विगत लामो समयदेखि काठमाडौं बस्दै आएकी सदिक्षा आफैले भाईको पठन पाठनमा सहयोग गरिन् । आमा बुवा वितिसकेकोले विशालको अभिभावकत्व आफैले निर्वाह गरेर दुःख शुख भाईलाइ इन्जिनियर बनाउन सफल पनि भइन् । भाइले इन्जिनियर सकेर काठमाडौंको टोवा इन्जिनियररिङ कम्पनिमा काम सुरु गरेपछि त्यो परिवारमा खुशिको दिन आउदै थियो, नयाँ प्रकारको उल्लास थपिदै थियो । तर अचानक सबैका प्रिय विशाल हराएको खबरले महिना दिन देखि परिवारको त्यो खुशी पुनः हराएको छ । भोक, प्यास गुमेको छ, उनकै खोजी र सम्झनामा दिनहरु रोएर वितिरहेका छन् । पारिवारीक श्रोतका अनुसार साउन ३० गते विशालको कामगर्ने कम्पनीबाट २९ जना सदस्यहरसहितको टिम एकदिने पिक्निकका लागि धादिङको गल्छीबगर रिसोर्टमा पुगेको थियो । तर २९ जनाको टिममा गएका विशाल मात्र लापत्ता भए, अरु सबै २८ जना आ–आफ्नो घरमा फर्किएका छन् । उनीलाई त्रिशुलीमा पौडी खेल्दा डुबेर हराएको भनिएको छ । विशालको ठूलो बुवाका छोरा जीवन घर्ती मगरले खबरडबलीसँग पिडा सुनाउँदै भने, त्यसरी डुबेर हराएको भए पौडी खेल्दा कोको थिए ? एक्लै पौडि खेल्न जाने कुरै हुदैन ? बचाउन के कस्तो प्रयास गरियो ? हामीलाई चित्त बुझ्दो जवाफ नदिएरै सम्बन्धित पक्षहरु घटनाबाट उम्किन खोजेको देखिन्छ । हामीलाई घटनाको बारेमा जानकारी पाउने अधिकार त छ नि ? संचारमाध्यमहरुले हामीलाई सहयोग गरिदिनुप¥यो । उनले विशाल हराएको खबर पाउदा साथ साउन ३० गते नै उनकी दिदी सदिक्षा सहितको टिम खोजीका लागि घटना भएको रिसोर्टमा पुगेको बताए । त्यहाँ रिसोर्ट संचालक, पिक्निकमा सहभागि उनका साथीहरु र प्रहरीसँग घटनाबारे उनले बुझ्दा सबैबाट फरक फरक भनाई पाइएकोले विशालको घटना कुनै नियोजित रुपमा गरिएको आसंका परिवारजनले गरेको जीवनले बताए ।

खोजीकार्यमा प्रहरीले नै ध्यान दिएनः परिवारको गुनासो

विशाल हराएको महिना दिन पुग्दा सम्म पनि उनको खोजीमा प्रहरीले खासै ध्यान नदिएको र घटना बारे विश्वसनिय तथ्य सार्वजनिक नगरेको परिवारको आरोप रहेको छ । घटनामा सम्बन्धित पक्षहरुको फरक फरक भनाइले हामीलाई सशंकित गराएको, भन्दै जीवनले आफ्नो भाइ विशालको खोजीमा प्रहरीले नै ध्यान नदिदा आफुहरु अझै पिडामा परेको बताए । प्रहरीले पिक्निकमा मादक पदार्थ सेवन गरेर त्रीशुलीमा पौडि खेल्दा डुबेको बताउदै थप अध्यन गरिरहेका छौ भन्छ, यस भनाइमा परिवारजनहरु विश्वस्त हने कुनै आधार छैन्, जीवनले बताए । उनले भने, काम गर्ने टोवा इन्जिनियरिङका प्रबन्धक राजेन्द्र शाक्यले समेत आफ्नो होनहार कर्मचारी यसरी हराउँदा खोजी गनुपर्दथ्यो, त्यो देखिएन । सँगै गएका उसका साथीहरु समेत नाजवाफ हुनु र ठोकुवा साथ घटना यसरी भएको हो भनेर भन्न नसक्नुले प्रहरीको अनुसन्धान फितलो भयो भन्ने हामीलाई लागेको छ, जीवनले भनें । घटनाको विषयमा धादिङ जिल्ला प्रहरीले प्रारम्भीक रिपोर्टको आधारमा पौडि खेल्दा त्रिशुलीमा डुबेर हराएको भन्दै उक्त घटनाको विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । जीवनले अगाडि भने, प्रबन्धक शाक्य,विशालका प्रिय साथीहरु,प्रहरी,संचारकर्मि र सबै सबैलाई विशालको घटनाबारे विश्वसनीय जानकारीका लागि सहयोगको हार्दिक अपेक्षा गर्दछौ । तपाईहरुको अति प्रिय मानीस, कुनै सदस्य २ घण्टा मात्र बेखवर हुदा कति पिडा,आशंका र आक्रोस हुन्छ, सम्झनुस् । कृपया घटना जे जसरी घटेको भएपनि हामीलाई विश्वस्त गरादिनुस् – उनले अत्यन्त पिडा भाव व्यक्त गरें ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies