Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

‘मोतीलाई सम्झेर’

काठमाडौ, २६ भदौ । गजलकार युवाकवि मोतीराम भट्टको १५१ औँ जन्मजयन्तीको अवसरमा आज (शुक्रबार) राजधानीमा ‘मोतीलाई सम्झेर’ कार्यक्रम सम्पन्न भएको छ । \"vanu\"अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको आयोजनामा भएको सो कार्यक्रममा गजलकार बूँद रानालाई मोतीराम गजल साधना सम्मान, २०७३ र युवासंगीतकार सन्तोष श्रेष्ठलाई सेतुराम संगीत साधना सम्मान, २०७३ प्रदान गरियो । सम्मान राशि पाँच/पाँच हजार रुपैयाँ र प्रमाणपत्र रहेको थियो । सोही कार्यक्रममा युवागजलकार लोकेन्द्र बञ्जाराको दोस्रो गजलकृति ‘जैतुन’ तथा गजलकार डा. हरिकुमार श्रेष्ठका दुई गजलकृति ‘आँकुरा’ र ‘तरंग’को विमोचन पनि गरियो । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गजलकारहरू डा. विजय सुब्बा, रवि प्राञ्जललगायतले गजलवाचन गरेका थिए । विमोचित कृतिमाथि सुरेश सुवेदी र शैलेन्द्र अधिकारीले समीक्षा गरेका थिए । बञ्जाराको कृतिमाथि बोल्दै सुरेश सुवेदीले लोकेन्द्र बञ्जाराका गजलले समग्र वैश्विक परिवेशलाई उजागर गरेका बताए । देशको वर्तमान विसंगत अवस्था र राजनीतिको भ्रष्टीकरणबारे पनि उनको असहमति प्रकट भएको पनि सुवेदीले उल्लेख गरे । यसरी नै डा. श्रेष्ठको गजलकृति तरंगमाथि समीक्षा गर्दै शैलेन्द्र अधिकारीले डा. श्रेष्ठका गजलमा समसामयिक राजनीति, प्रेम र समाज प्रमुख विषय भएर आएका बताए । अधिकारीले श्रेष्ठका गजलले परिष्कारको अपेक्षा गरेको पनि उल्लेख गरे । अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले सञ्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च नेपाल च्याप्टरका संयोजक भरत पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending