भाद्र २४ गते, २०७३ शुक्रवार 9th September, 2016 Fri१०:३३:०८ मा प्रकाशित
खोटाङ, २४ भदौ । कर्मचारीको मिलोमतोमा जिल्ला अस्पताल खोटाङमा रहेको करोडौँका उपकरण कवाडीको भाउमा लिलाम बिक्री गरेको पाइएको छ । अस्पतालका भण्डारण शाखा प्रमुख नायब सुब्बा मणिराम ढकाललगायत केही कर्मचारीको मिलोमतोमा ११२ थान उपकरण रु २६ हजार ५०० मा लिलाम बिक्री गरेको पाइएको हो ।
अस्पतालका ७२ र जनस्वास्थ्य कार्यालयका ४० प्रकारका उपकरण तथा सामग्री गत फागुनमै लिलाम बिक्री गरेको पाइएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिए । अस्पताल विकास समितिलाई समेत जानकारी नगराई करोडौँको उपकरण कवाडीको भाउमा बिक्री गरेको पाएपछि जिल्लामा विरोध सुरु भएको छ ।
अस्पतालले कवाडी भनेर लिलाम बिक्री गरेका सबै उपकरण मर्मत गरेर नयाँ निजी अस्पतालमा उपयोगमा ल्याउने तयारी गरेपछि मात्र स्थानीयवासीले थाहा पाएका थिए । सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण निजी अस्पतालमा पु¥याइनुमा कर्मचारीकै मिलोमतो रहेको दिक्तेलका छत्रकुमार बजिमयले जानकारी दिए ।
सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरिएको विषयमा कसैलाई पनि जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको बजिमयले बताइ । “लिलाम बिक्री गरिएका सामानको हालको अनुमानित मूल्य नै तोकिएको छैन,” उनले भने, “यसप्रति सम्बधित निकायबाट तत्काल छानबिन गरी कारबाही हुनुपर्छ ।”
कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन १६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि सूचना टाँस गरेको पाइएको छ । लिलाम बिक्री गरिएका कतिपय उपकरण सिल प्याक नै नतोडिएको रहेको पाइएको खरिद गर्नेमध्येका एक सदस्यले जानकारी दिएका छन् ।
कार्यालयमा रहेका उपकरण काम नलाग्ने भएरै लिलाम बिक्री गरिएको ढकालले दाबी गर्नुभएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख चिकित्सक डा रामबहादुर केसीले भने अस्पतालको उपकरण लिलाम बिक्री र दिक्तेलमा निजी अस्पताल सञ्चालन गर्ने तयारी संयोग मात्र भएको बताए।
अस्पतालले चार थान प्रिन्टर क्यानन, सातवटा कम्प्युटर डेस्कटप, दुई थान फ्याक्स मेसिन, दुईवटा जेनेरेटर, एक थान फोटोकपी मेसिन, आठवटा स्टेविलाइजर, एक थान फलामे सेफ, दुई थान यासिका क्यामेरा, एक थान सामसुङ मुभी क्यामेरा, एक थान पानासोनिक रेडियो क्यासेट रेकर्डर, दुईवटा कम्प्युटर टेबल, दुई थान कम्प्युटर कुर्सी, दुई थान कलर टेलिभिजन, दुई थान पोर्टेबल जेनेरेटर, एकवटा पेसेन्ट ट्रली, एकवटा ह्विल चियर, चार थान इसिसी मेसिन, चारवटा एक्स–रे मेसिन, एक थान एचपी लेजर जेड प्रिन्टर, एक थान युपिएस, ११ वटा स्टेथेस्कोप, ३८ वटा बिपी सेट, २१ वटा हस्पिटल बेड, १३ वटा बेडसाइड लकर, एक थान बेड लेबर डेलिभरी टेबल, दुई थान स्ट्रेचर, चार थान अटोस्कोप, एक थान माइस्क्रोस्कोप लगायतका उपकरण तथा सामान लिलाम बिक्री गरेको पाइएको छ ।
अस्पताल विकास समितिका सदस्य ज्ञानेन्द्र जोशीले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा समितिलाई कुनै जानकारी नदिइएको बताएका छन् । कसैलाई पनि थाहा नदिई सार्वजनिक सम्पत्ति लिलाम बिक्री गरेको पाएपछि उद्योग वाणिज्य सङ्घको आग्रहमा सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो ।
बैठकले अस्पतालको सामान लिलाम बिक्री भएको विषयमा स्पष्ट जानकारी दिन अस्पताललाई पत्राचारसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: