Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

यी हुन् सरकारले घोषणा गरेको ४८ बुँदा मध्येकाे नौ महत्वपूर्ण काम

\"prachanda\"काठमाडौं, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कांग्रेस माओवादी गठबन्धन सरकारले पहिलोपटक आगामी योजना सार्वजनिक गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदमा विशेष सम्बोधन गर्दै सरकारको नीति तथा भावी योजना सार्वजनिक गरेका हुन् । उनले संसदबाट गरेको विशेष सम्बोधनमा भूकम्पपीडितको राहतदेखि कालोबजारी नियन्त्रण गर्न सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने उल्लेख छ ।  संसदबाट जनताको नाममा गरेको ४८ बुँदे सम्बोधनमा केही निकै महत्वपूर्ण घोषणाहरु रहेका छन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, भूकम्पपछिको पुननिर्माण र नवनिर्माणलाई तीव्रता दिने, संविधानको स्वीकार्यता अझ फराकिलो पारेर प्रभावकारी कार्यान्वयन गर्ने, सुशासन र सामाजिक न्याय कायम गर्ने, भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइमा सबैको पहुँच बढाउने, रोजगारी सिर्जना र आयस्तर वृद्धि गरी गरिबी निवारण गर्दै समृद्धि हासिल गर्ने विषय सरकारको प्राथमिकता रहेको उनले बताए । भूकम्पपीडितलाई राहत तथा सुविधा प्रधानमन्त्री प्रचण्डले सरकारले भूकम्पपीडितलाई दिने भनिएको राहत २ लाखबाट बढाएर तीन लाख तथा सहुलियत ऋण दुई लाखका साथै थप ३ लाख सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने बताए । भूकम्पबाट आवाससँगै पेशा र रोजगारी पनि गुमाएका परिवारहरूको जीविकोपार्जनका लागि स्वरोजगारमूलक व्यवसाय संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण ब्याजदरमा रु. २ लाखसम्म ऋण उपलव्ध गराइने उनले उल्लेख गरे । यसरी पीडितले अाठ लाख सम्मकाे सुविधा पाउने उनले बताए । भूकम्प प्रभावित जिल्लामा चरणवद्ध रुपमा कम्तिमा ५ लाख व्यक्तिलाई अल्पकालीन र मध्यकालीन अवधिका निःशूल्क व्यावसायिक सीप विकास तालिम प्रदान गर्ने पनि सरकारले घोषणा गरेको छ । सातै प्रदेशमा उपभोक्ता अदालत सरकारले बढ्दो कालोबजारीलाई निरुत्साहित तथा नियन्त्रण गर्न उपपभोक्ता अदालत गठन गर्ने भएको छ । कालोबजारी नियन्त्रण गर्न आवश्यक कानूनी, संस्थागत र प्रकृयागत सुधार गर्ने उल्लेख गर्दै सातै प्रदेशमा उपभोक्ता अदालत गठन गरिने प्रधानमन्त्री प्रचण्डले बताए । उपभोक्ताको हित विपरितका क्रियाकलापहरूविरुद्ध सहज र तत्काल उजुरी सुन्न व्यवस्था गर्न उपभोक्ता अदालतहरु गठन गरिने प्रधानमन्त्रीले बताए । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाइने सरकाले सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन आवश्यक भौतिक संरचनाहरूको निर्माण कार्य तत्काल प्रारम्भ गर्ने भएको छ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन आवश्यक भौतिक संरचनाहरूको निर्माण कार्य तत्काल प्रारम्भ गरिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । यस्तै, सरकारले रक्सौल–अमलेखगंज पाइप लाइन निर्माण द्रुत रुपमा अघि बढाउने भएको छ । देशभित्र पेट्रोलियम पदार्थ, युरेनियम र अन्य खानीको अन्वेषण तथा उत्खनन, उत्पादन र विकासको सम्भावनाको अध्ययनलाई निष्कर्षमा पु¥याई सकेसम्म छिटो व्यावसायिक उत्पादन शुरु गरिने पनि सरकारको भनाइ छ । छ महिनाभित्रै सरकारले एक सय वटा बस सञ्चालन गर्ने सरकारले यातायात क्षेत्रमा भएको सिण्डिकेट तोड्ने प्रतिवद्धता जनाएको छ । यातायात क्षेत्रमा सिण्डिकेट तोड्न काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरुमा सरकारले नै यातायात सञ्चालन गर्ने भएको छ । छ महिनाभित्र एक सयवटा लामा र स्तरीय ठूला बस खरिद गरेर काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, विरगञ्ज, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी, पोखरा, सुर्खेत र घोराही लगायत शहरमा नगरपालिकामार्फत् सञ्चालन गरिने जनाइएको छ । यस्तै, आगामी ६ महिनाभित्र उपत्यकाका ट्याक्सी सवारी प्रयोगकर्ताले कम्प्युटर विल प्राप्त गर्न सक्ने व्यवस्था गरिने पनि सरकारले घोषणा गरेको छ । काठमाण्डौ उपत्यकाका दुई वटा रुटमा एकीकृत सार्वजनिक परिवहन प्रणालीबाट सार्वजनिक यातायात सेवा शुरु गरिने जनाइएको छ । उपत्यकाको कम्तिमा एउटा रुटमा सार्वजनिक यातायातका लागि छुट्टै लेनको व्यवस्था गरिने भएको छ । शक्तिखोरमा पोलिटेक्निक विश्वविद्यालय स्थापना तत्कालिन माओवादी जनमुक्ति सेना तेस्रो डिभिजन रहेको चितवनको शक्तिखोरमा पोलिटेक्नि विश्वविद्यालय स्थापना गरिने भएको छ । यसैवर्ष नै चितवनको शक्तिखोरमा शहीद स्मृति पोलिटेक्निक विश्वविद्यालय स्थापना गरिने प्रधानमन्त्री प्रचण्डले घोषणा गरे । पोलिटेक्निक विश्वविद्यालयका साथै सातै प्रदेशमा कम्तिमा एकएकवटा प्रादेशिक विश्वविद्यालय यसै वर्ष स्थापना गरिने पनि सरकारले घोषणा गरेको छ । यसैगरी सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गरिने जनाइएको छ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका लागि ०७२ सालमा एसएलसीमा ए प्लस अंक ल्याई हाल सामुदायिक माविमै अध्ययनरत छात्राहरूलाई सम्बन्धित गाविसमार्फत एकमुष्ठ पा“च हजार रुपैयाँ प्रोत्साहन छात्रावृत्ति दिने घोषणा गरेको छ । सरकारी अस्पतालको बहिरंग सेवा बेलुका पाँचबजेसम्म सरकारले सरकारी अस्पतालको बहिरंग सेवाको समयावधि बढाएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरूबाट बिहान १० बजेदेखि २ बजेसम्म मात्र बहिरंग सेवा प्रदान गरिरहेकोमा अबबाट विहान दस बजेदेखि पा“च बजेसम्म बहिरंग सेवा उपलब्ध गराइने सरकारले घोषणा गरेको छ । यस्तै, सवै दुर्गम वा स्वास्थ्य संस्थामा दरबन्दी बमोजिमको डाक्टर पुर्याउने पनि सरकारले घोषणा गरेको छ । आगामी तीन महिनाभित्रै दरबन्दी बमोजिमको डाक्टर पु¥याइने प्रधानमन्त्री प्रचण्डले घोषणा गरे । ‘ब्लड मनी’ तिर्नुपर्नेलाई प्रतिब्यक्ति पाँच लाख ‘सिड मनी’ राखिदिने सरकारले बैदेशिक रोजगारीका लागि गएका नेपालीहरु विरामी परी अस्पतालमा अलपत्र परेका विरामीलाई स्वदेश फर्काउने पहल गर्ने भएको छ । ‘ब्लड मनी’ तिर्नुपर्र्नेहरूका हकमा सरकारले हरेक व्यक्तिलाई पा“च लाख बीज रकम (सिड मनी) राखिदिने र बा“की पैसाका लागि देश–विदेशमा रहेका नेपालीहरूस“ग सहयोगको आव्हान गर्ने नीति लिइने प्रधानमन्त्री प्रचण्डले घोषणा गरे । यस्तै, सरकारले विदेशी जेलमा रहेकाहरूलाई कानुनी उपचारका लागि दूतावासहरूले सहयोग गर्ने वातावरण बनाइने पनि बनाउने भएको छ । कर्णालीका जनतालाई २० किलो चामल निःशुल्क सरकाले कर्णाली क्षेत्रमा जन्म र मरणमा प्रतिपरिवार २० किलो चामल खाद्य संस्थानमार्फत निःशुल्क उपलब्ध गराइने भएको छ । अतिगरिबीको रेखामुनि रहेका जनताको निःशुल्क स्वास्थ्य बिमा र निःशूल्क कानुनी सहायताको व्यवस्था गरिने पनि सरकारको भनाइ छ । कर्णाली अञ्चल र दलितका ५ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराउ“दै आएको मासिक २ सय रुपैयाँ अनुदानलाई शतप्रतिशत वृद्धि गरी ४ सय रुपैयाँ पु¥याइने प्रधानमन्त्रीले घोषणा गरे । अतिगरिबीको रेखामुनि रहेका परिवारलाई सरकारले सामूहिक जमानीमा निब्र्याजी एक लाख ऋणको व्यवस्था गर्ने पनि प्रधानमन्त्रीले बताए । १० देखि १२ कक्षाका विद्यार्थीले अनिवार्य स्वयं सेवा सरकारले युवा शक्तिलाई राष्ट्र निर्माणमा लगाउने नीति अघि सारेको छ । युवालाई राष्ट्र निर्माणमा सरीक गराउन र श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न भन्दै सरकाले कक्षा १० देखि १२ सम्मका हरेक विद्यार्थीले अनिवार्य रुपमा वर्षमा १५ दिन सामूहिक स्वयमसेवा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । त्यसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । ब्यवस्थापिका संसदबाट जनताको नाममा संबोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यार्थी बाहेकका स्वयंसेवा गर्न चाहने नागरिकलाई समेत संलग्न गराई प्रधानमन्त्रीकै संयोजकत्वमा राष्ट्रिय स्वयंसेवा अभियान मार्फत १० लाख जनशक्ति परिचालन गरिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending