Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

पुलिसको असईले अर्कैको श्रीमतीलाई घुमाएपछि....

\"INdraकाठमाडौं, २१ भदौ । सँगै जिउने र मर्ने कसम खाएर श्रीमती बनाएकी केटी कुनै अर्को पुरुषसँग गेष्टहाउसको कोठामा रङ्गेहात फेला परेपछि कस्तो होला ? अहिले यो पीडा भोगिरेहका छन् मकवानपुरका चन्द्र बहादुर थोकरले । वौद्ध नयाँबस्तीका चन्द्र र सोलुखुम्बुका मेनुका क्षेत्रीले ५ वर्षअघि विवाह गरेका थिए । विवाहपछि दुवैजनाको सम्पत्ति जोडेर वौद्ध नयाँबस्तीमा एउटा सानो घर बनाएर उनीहरु सँगै बसेका थिए । तर करिब ३ महिनादेखि उनीहरुको सम्बन्धमा तनाब सुरु भयो । बैद्ध प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक (असई) इन्द्र बहादुर बस्नेतसँग मेनुकाको हिमचिम बढेपछि सुरु भएको तनाब बिहिबार चावहिलस्थित गोर्खाली गेष्ट हाउसको एउटा बन्द कोठामा उत्कर्षमा पुग्यो । श्रीमती मेनुकाको अरु कोहीसँग अनैतिक सम्बन्ध रहेको शंका लागेपछि चन्द्रले आफ्ना साथीहरुलाई उनको पिछा गर्न पठाएका थिए । र, बिहिबार बिहान १० बजे चावहिलस्थित गोर्खाली गेष्ट हाउसमा पुगेका मेनुका र वौद्ध प्रहरीका घुमुवा असई इन्द्रबहादुर बस्नेतलाई गौशाला प्रहरीको सहयोग लिएर चन्द्रले पक्राउ गराए । गौशाला प्रहरीले पक्राउ गरेपछि प्रहरी चौकी पुगेका चन्द्रलाई उल्टै असई बस्नेतले धम्काएको गुनासो गर्छन् पीडित चन्द्र बहादुर । हाल प्रहरी हिरासतमै रहेका बस्नेतले बाहिर आएपछि इन्काउण्टर गरिदिने धम्की दिएको चन्द्रले गुनासो गरेका छन् । प्रहरीले गेष्टहाउसको कोठाबाट रङ्गेहात पक्राउ गरेपनि चौकी ल्याएपछि भने उनीहरुले भेटघाटका लागि मात्रै गेष्टहाउसमा गएको भन्दै उम्किने प्रयास गरेका छन् । पक्राउ परेका प्रहरीका असई इन्द्र बहादुर बस्नेत पनि बिबाहित हुन् । चन्द्र भन्छन्, ‘मलाई न्याय चाहियो । पक्राउ परेको केटो पुलिसको असई रहेछ । त्यसैले इन्काउण्टर गरेर मारिदिने धम्की दिएको छ । म कहाँ जाउँ के गरुँ ? जनताको सेवा र सुरक्षा गर्नुपर्ने प्रहरी उल्टै जनताका श्रीमती च्यापेर हिँड्छन् भने त्यस्तालाई कारवाही हुनुप¥यो । अर्कोको घर बिगार्नेलाई विभागीय कारवाही हुनुप¥यो ।’ पक्राउका विषयमा गौशाला प्रहरीले भने पारिवारिक मामला भएको भन्दै के बताउन नमिल्ने बतायो । यद्यपि उनीहरुलाई पक्राउ गरिएको र छलफल भइरहेको प्रहरीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: