Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पुलिसको असईले अर्कैको श्रीमतीलाई घुमाएपछि....

\"INdraकाठमाडौं, २१ भदौ । सँगै जिउने र मर्ने कसम खाएर श्रीमती बनाएकी केटी कुनै अर्को पुरुषसँग गेष्टहाउसको कोठामा रङ्गेहात फेला परेपछि कस्तो होला ? अहिले यो पीडा भोगिरेहका छन् मकवानपुरका चन्द्र बहादुर थोकरले । वौद्ध नयाँबस्तीका चन्द्र र सोलुखुम्बुका मेनुका क्षेत्रीले ५ वर्षअघि विवाह गरेका थिए । विवाहपछि दुवैजनाको सम्पत्ति जोडेर वौद्ध नयाँबस्तीमा एउटा सानो घर बनाएर उनीहरु सँगै बसेका थिए । तर करिब ३ महिनादेखि उनीहरुको सम्बन्धमा तनाब सुरु भयो । बैद्ध प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक (असई) इन्द्र बहादुर बस्नेतसँग मेनुकाको हिमचिम बढेपछि सुरु भएको तनाब बिहिबार चावहिलस्थित गोर्खाली गेष्ट हाउसको एउटा बन्द कोठामा उत्कर्षमा पुग्यो । श्रीमती मेनुकाको अरु कोहीसँग अनैतिक सम्बन्ध रहेको शंका लागेपछि चन्द्रले आफ्ना साथीहरुलाई उनको पिछा गर्न पठाएका थिए । र, बिहिबार बिहान १० बजे चावहिलस्थित गोर्खाली गेष्ट हाउसमा पुगेका मेनुका र वौद्ध प्रहरीका घुमुवा असई इन्द्रबहादुर बस्नेतलाई गौशाला प्रहरीको सहयोग लिएर चन्द्रले पक्राउ गराए । गौशाला प्रहरीले पक्राउ गरेपछि प्रहरी चौकी पुगेका चन्द्रलाई उल्टै असई बस्नेतले धम्काएको गुनासो गर्छन् पीडित चन्द्र बहादुर । हाल प्रहरी हिरासतमै रहेका बस्नेतले बाहिर आएपछि इन्काउण्टर गरिदिने धम्की दिएको चन्द्रले गुनासो गरेका छन् । प्रहरीले गेष्टहाउसको कोठाबाट रङ्गेहात पक्राउ गरेपनि चौकी ल्याएपछि भने उनीहरुले भेटघाटका लागि मात्रै गेष्टहाउसमा गएको भन्दै उम्किने प्रयास गरेका छन् । पक्राउ परेका प्रहरीका असई इन्द्र बहादुर बस्नेत पनि बिबाहित हुन् । चन्द्र भन्छन्, ‘मलाई न्याय चाहियो । पक्राउ परेको केटो पुलिसको असई रहेछ । त्यसैले इन्काउण्टर गरेर मारिदिने धम्की दिएको छ । म कहाँ जाउँ के गरुँ ? जनताको सेवा र सुरक्षा गर्नुपर्ने प्रहरी उल्टै जनताका श्रीमती च्यापेर हिँड्छन् भने त्यस्तालाई कारवाही हुनुप¥यो । अर्कोको घर बिगार्नेलाई विभागीय कारवाही हुनुप¥यो ।’ पक्राउका विषयमा गौशाला प्रहरीले भने पारिवारिक मामला भएको भन्दै के बताउन नमिल्ने बतायो । यद्यपि उनीहरुलाई पक्राउ गरिएको र छलफल भइरहेको प्रहरीले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending