Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

उपत्यकामा चिकित्सक सङ्घको चुनाव आज

\"doctor-apron\"काठमाडौँ, २१ भदौ । नेपाल चिकित्सक सङ्घको उपत्यकाभित्रको चुनाव आज हुँदैछ । आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आजदेखि २५ गतेसम्म दोस्रो चरणको चुनाव हुन लागेको हो । यसअघि भदौ १७ र १८ गते उपत्यका बाहिरको चुनाव भइसकेको छ । प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानामगरले उपत्यका बाहिरको चुनावमा मतदान गर्न छुटेका मतदाताले पनि आएर मतदान गर्न पाउने बताए । मतदान सङ्घकै कार्यालय परिसर बागबजारमा हुँदैछ । सङ्घका १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको छ । निर्वाचन बिहान ११ देखि अपराह्न ४ बजेसम्म हुनेछ । सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । तीमध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५०० को हाराहारीमा रहेको छ । निर्वाचन अधिकृत रानामगरले उपत्यकाबाहिर एक हजार ३६६ मत खसेको जानकारी दिए । उनले आजदेखि शनिबार पाँच दिनसम्म हुने मतदानमा करिब तीन हजारभन्दा बढी मत खस्ने बताए । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह प्रतिस्पर्धामा छन् । काँगे्रसनिकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । यसैगरी, प्रजातान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहेका छन् भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै छन् । विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । देशभर १७ हजार चिकित्सक भएपनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: