Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

भदौमै आवश्यक कानून पास गरेर चैतमा निर्वाचन गरिन्छः प्रचण्ड

\"prachanda_shirsha\"काठमाडौं, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौमा आवश्यक कानून पास गरेर चैतमा जसरी पनि निर्वाचन गर्ने बताएका छन् । विकास समितिको बैठकमा बोल्दै प्रचण्डले भदौमा कानून सबै पास गर्ने तगरी तयारी गरिएको उनले बताए । भदौंभित्र आवश्यक कानुन बनाएर असोजभित्र सबै पुनर्संरचनाको काम सक्ने गरी सरकारले काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । अब हुने निर्वाचन स्थानीय निकायको निर्वाचन नभइ स्थानीय तहको हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । नयाँ संविधानले व्यवस्था गरेअनुसारको स्थानीय तहको निर्वाचन हुने उनले बताए । स्थानीय तहको निर्वाचनको लागि स्थानीय निकाय पुनर्संरचना आयोगसँग समन्वय गरी काम भइरहेको पनि उनले जानकारी दिए । स्थानीय तहको पुनर्संरचना गर्न दलहरुबीच भदौं महिनाभित्रै समझदारी हुनपर्ने पनि प्रधानमन्त्री प्रचण्डले आवश्यकता औंल्याए । अबको हप्ता दश दिनभित्रमै सहमति कायम गरिसक्नुपर्ने उनले उल्लेख गरे । संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि जसरी पनि निर्वाचन गरिने बताए । संविधान कार्यान्वयनका लागि दलहरु मिल्नुपर्नेमा पनि उनले जोड दिए । संविधान जारी गर्ने बलामा जस्तै अहिले पनि दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयन गनुपर्ने उनले बताए । मधेसी, जनजाति तथा थारु समुदायको माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending