Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

मधेसी मोर्चामा अघोषित फुट

\"Madhesi-morcha-gathbandhan\" काठमाडौं, २० भदौ । मुलुकको सीमांकनप्रति असन्तुष्ट आधाआधी वर्ष मधेस आन्दोलनमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अघोषित फुट आएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिहरुसँगको साँठगाँठमा मधेस आन्दोलनलाई कमजोर पारेको भन्दै रुष्ट बनेका मोर्चाका सहयात्रीहरु अन्ततः फुटको चरणमा पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सघाएको मोर्चाले नयाँ सरकारले आफूहरुको माग पूरा गर्ने विश्वास गरेको थियो । मोर्चाकै केही घटक भने नयाँ सरकारमा आफूहरु पनि तत्कालै सहभागी हुने र आफूसहितको सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने मोर्चामा मत राखे । सद्भावना पार्टीका नेता राजेन्द्र महतो पनि सरकारमा जान हतारो गरेका थिए । तर सरकारमा सहभागी भइहाल्दा मधेसमा कमजोर बन्दै गएको जनमत नै गुम्ने खतरा पनि मधेसी नेताहरुले देखे । त्यसैले यथासिघ्र संविधान संशोधन प्रक्रिया संसदमा दर्ता गर्न लगाइ सरकारमा सहभागी हुने मोर्चाको चाहना पनि प्रचण्ड प्रधानमन्त्री भएको एक महिना हुँदा पनि पूरा हुन सकेन । जसका कारण मोर्चाका नेताहरुबीच असन्तुष्टी झनै चुलियो । असन्तुष्टीसँगै मोर्चाका नेताहरु अहिले आ–आफ्नो पार्टीको संगठन निर्माणमा कस्सिएका छन् । मोर्चामै बेमेल बढ्दै गएपछि संघीय गठबन्धनको नेतासमेत रहेका उपेन्द्र यादव आफैले संविधान संशोधनका लागि मस्यौदा समिति बनाएका छन् । उपेन्द्रले सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको संयोजकत्वमा लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन मिराक, प्रेमबहादुर खाती लगायत ११ सदस्यीय मस्यौदा समिति बनाएका छन् । सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउन नसकेपछि मोर्चाका नेता यादवले आफ्नै अगुवाइमा संविधान संशोधन मस्यौदा समिति बनाएका हुन् ।  तमलोपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीका नेताहरुको अनुपस्थितिमा आइतबार फोरम अध्यक्ष यादवले आफ्नो पार्टी र जनजाति नेताहरुलाई समेटेर मस्यौदा समिति बनाए । मोर्चाको अन्य नेताहरुले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाका अनुसार मस्यौदासमितिमा मधेसी मोर्चा र संघीय गठबन्धन दुवैतिरका प्रतिनिधि समेटिएको छ । माेर्चाकाे दाेहाेराे रणनीति संविधान संशोधन मस्यौदा समिति बनाएका मधेसी नेताहरुले दोहोरो रणनीति अपनाएका छन् । सरकारले संविधान जारी भएको दिनलाई भब्य बनाउन तीन दिन उत्सव गर्ने निर्णय गरिरहँदा मोर्चाले भने तीन दिन नै कालो दिवस मनाउने निर्णय गरेको छ । संविधान संशोधनका लागि सरकारलाई दबाब दिन पनि मोर्चाले यस्तो रणनीति अपनाएको हाे । गत वर्ष असोज ३ गते संविधान जारी भएकाले असोज ३ लाई भब्य मनाउन तीन दिन उत्सव गर्ने सरकारले औपचारिक निर्णय नै गरिसकेको छ ।  मोर्चाले भने असोज २, ३ र ४ गते तीनै दिन विभिन्न विरोधका कार्यक्रम गरेर संविधान जारी भएको दिनलाई कालो दिवस मनाउने निर्णय गरेको छ । असोज २ गते संविधानको विरुद्ध प्रचारप्रसार, माइकिङ गर्ने तथा पर्चा–पम्प्लेट वितरण गर्ने र संविधान जारी भएको असोज ३ गते सबै जिल्ला सदरमुकामहरुमा संविधानको विरुद्धमा प्रदर्शन गर्ने तथा साँझ ७ देखि ८ बजेसम्म ब्ल्याकआउट गर्ने मोर्चाले निर्णय गरेको छ । असोज ४ गते भने मधेस आन्दोलनमा मारिएका सहिदको सम्झनामा श्रद्धाञ्जली गर्ने निर्णय मोर्चाले गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: