Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

युद्धका ती दिन

\"lahure\"उदयपुर, १९ भदौ । शरीरले बुढ्यौली टेकेको छ । मधमुहेले च्यापेको छ तर काम गर्ने जागँर भने ज्युका त्युँ छ । कटारी ११ तीनतलेका भारतीय गोर्खा पल्टनका पेन्सनर ७४ वर्षीय होमबहादुर घले मगर अहिले पनि पल्टनकै रुटिन पछ्याइरहेका छन् । बिहानै उठेर बस्तु भाउ, कखुरा , हासँ परेवालाई आहारा दिन्छन् । अनि खेतीपातीको अवस्था बुझ्न निस्कन्छन् । घर वरिपरिको बगंैचा, बारीमा रोपेका तरकारीको गोडमेल र हेरचाह गर्छन् । दिउँसो छरछिमेकीसँग पल्टनका कुरा गर्दै गफिन्छन ् । उनको गफ सुन्न र सल्लाह लिन छिमेकी आइरहन्छन् । लाहुर मा कठोर युद्ध लडे पनि गाउँलेको नजर मा उनी इमानी छन,् अ‍ैचोपैंचोमा मन खुल्ला राख्छन् । घर अगाडि फूलको रूखमुनि टाँड बनाएर बस्ने उनले कुखुरालाई वन बिरालो बाट जोगाउन दुई सय मिटर पर सम्म डोरी तानेर टिनको ‘एम्बुस’ थापेका छन् । गफिँदै गर्दा उनी २० मिनेटको फरकमा डोरी तानी टिनलाई ढाङढाङ पारिरहन्छन् । यसलाई उनी पल्टनमा शत्रुलाई थापेको एम्बुसझै ं भएको बताउँछन् । ‘पाकिस्तान र चीनसितको लडाइमाँ एम्बसु धरै थापियो, ’ उनले सुनाए । उनको १० कट्ठा फूलबारीमा भुइँकटहर , नरिवल, अम्बा, मेवा, सरिफा, लिची, रूखकटहर , अनेक प्रजातिका फलफूल छन् । आँप बगैंचामुनि अदुवा, बेसार र खुर्सानी खेती गरेका छन् । ‘वर्षको २० हजार रुपैयाँको नरिवल, १५ हजारको भुइँकटहर , १० हजारको लिची, नरिवलका बिरुवा, मेवा, आँपबाट २० हजार रुपैयाँ आम्दानी लिन्छु,’ उनले भने । सागसब्जी, तरकारी, बेसार , अदुवा, खुर्सानी आफ्नै उब्जनीबाट चलाउँछन् । भर्तीका सुरुवाती समयमा मासिक ३० भारतीय रुपैयाँ थापेका उनी अहिले मासिक नेपाली २५ हजार ४ सय ३२ रुपैयाँ पेन्सन बुझ्छन् । होमबहादुर ९ वर्षकै छँदा उनकी आमाले संसार छाडिन् । बुबा बुद्धिमानले १६ वर्षको उमेरमा बगपतिकी केटीसँग विवाह गरिदिए । ‘पहाड घर उदयपुरको केउरिनीमा घरजम बसाले पछि खेतीपाती सुरु गरें, ’ उनले सुनाए, ‘४० मुरी धान फल्थ्यो । बिहे गरेको दुईतीन महिनापछि बुबा बुद्धिमानको पनि निधन भयो । छावाखोलाले जग्गा कटान गर्न थाल्यो , अर्कोतर्फ उब्जनी पनि बर्सेनि घट्दै गयो ।’ खेतीमा जति खटे पनि उब्जनी घटे पछि उनी पत्नीलाई माइती गाउँ छाडरे कमाउन लाहरु झरे । ‘त्यतिखे र उदयपुरको कटारीमा गोर्खा सेनाका लागि गल्लावाला बस्थे,’ उनले पुराना दिन सम्झिए, ‘ २० वर्षको लक्का जवान थिएँ, गल्लावालाले छाती र उचाइको नापजोख गरे । ३५ जना छानियौं ।’ गल्लावालाले दर्इु दिन हिडाँएर जयनगरमा रेल चढाए । लहरीसरमा भर्ना क्याम्प थियो । नाप, जाँच गरेपछि भोलिपल्ट ३५ जनालाई ग्राउन्डमा उतारियो । ‘लाहुरे भइने हो कि होइन भन्ने पिरलो भयो, ’ उनले भने, ‘ग्राउन्डमा दौडाउँदा १५ जना छानियौं ।’ भोलिपल्ट शारीरिक अभ्यास सुरु भयो । ‘ शारीरिक अभ्यासमा १० जना मात्र उत्तीर्ण भयांै । त्यसपछि हामीलाई गोरखपुर लगियो । त्यहाँ मेडिकल जाँच सुरु भयो । जम्मा सात जना लाहुर े हुने पक्का भयो, ’ उनले भने, ‘त्यसपछि हामीलाई देहरादुन गोरखा पल्टनको तालिम हुने ठाउँ पुर्‍याइयो । त्यहाँ त हामीजस्ता विभिन्न ठाउँबाट छानेर ल्याएका १२ सय गोर्खे रहेछांै । एकवर्षसम्म देहरादुनमा गोर्खा पल्टनको तालिम लियांै ।’ तालिम काेर्स पुरागरे पछि सन् १९६३ जनवरी २ मा उनले राइफल मेन (सिपाही) को नियुक्ति पाए ।होमबहादुर तीन महिना देहरादुनमै ड्युटीमा बसे । सन् १९६३ मा भारत र चीनको सीमा ‘चुचुल’ मा चिनियाँ सेनाले डाँडामा ‘डिफेन्स’ लगाएर बसेको भारतीय सेनामाथि आक्रमण सुरु गर्‍यो । आक्रमणमा एक हजार पन्जावी, गढवाली भारतीय सेना सोत्तर भए । ‘पहिलो पटक जागिर खाएको तीन महिना ड्युटी मात्र के गरेको थिए,ँ चाइनासगँ भिडन् गोखार्ली सेनाले नै सक्छ भने र हामीलाई तयार गरियो । छातीमा ट्याग लगाउन थालियो । मेरो नम्बर ५/८ जीआर ५७४१५७२ एक्स नम्बर र नाम छातीमा लगाइदिए,’ भने , ‘ त्यही नम्बर नै बोलाउने हुँदोरहेछ, पेन्सन पट्टामा पनि त्यही भनांै न सधैंभरि ५७२ नामै रह्यो पल्टनभरि , अहिले गाउँमा पनि त्यही नम्बर ।’ ट्यांकरको लावालस्कर सहित बाटामा गाउँदै , मादल ठटाउँदै ‘चुचुल’ पुगेको उनले अनुभव सुनाए । ‘पुग्न भ्याइएको छैन, चाइनाले फायर खोलिहाल्यो,’ उनले सम्झे, ‘सुरुमै कमान्डरको डिफेन्सका लागि छलिएर लड्दै बंकर खन्न निर्देशन थियो , त्यसै गर्‍यांै, त्यतिखेरे हाम्रो रेजिमेन्टको ठाउँमा पसग्दा नपुग्दै एक सयजति गोर्खा सेनालाई ढालिहाल्यो ।’ उनीहरू १५ दिनसम्म बंकर मै बसे । ‘उताबाट फायर नखोल्ने मौखिक कुरा आएपछि हामीले आफ्नो डिफेन्सका लागि जंगल वर पर पाँच किलो मिटर बंकर खन्यांै । १५ दिनपछि बल्ल खान पाइयो । त्यसपछि मरेका साथीलाई कतिलाई ओसारियो, कतिलाई त्यहीं गाडियो,’ उनले भने, ‘त्यसपछि डेढ वर्षसम्म किल्ला रक्षा गरेर त्यहीं बस्यौं ।’ त्यसपछि नागाल्यान्डको विद्रोह दबाउन उनीहरूलाई खटाइयो । चार महिनापछि पुनामा अनि ६ महिनापछि अर्थात् सन् १९६५ मा पाकिस्तान लडाइँका लागि पठानकोट गएको उनी सम्झन्छन् । ‘त्यतिखेर एक वर्षसम्म लड्नुपर्‍यो ,’ उनले भने । कान्तिपुर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending