Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

ओलीसँग भिड्न बालेनले झापा-५ मा उम्मेदवारी दिँदैछन् ?

झापाका नेताहरुसँग भेटेपछि बालेनले लेखे- हामी आउँदै छौँ

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा लामो छलफल गरेका छन्। 

आइतबार, ललितपुर–१० स्थित ज्वागलमा आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग बैठक गरेका थिए।

बैठकमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठकले भनें, "हामी पार्टी सभापति रवि लामिछानेसहितका नेता र कार्यकर्ताहरूसँग संवाद गर्न काठमाडौं आएका थियौं। त्यस क्रममा मेयर बालेनसँग पनि छलफल गर्ने अवसर मिल्यो।" पाठकका अनुसार, बालेन शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने आफ्नो निर्णय सुनाएका थिए।

मेयर बालेनले बैठकमा झापा–५ का वर्तमान अवस्था, त्यहाँको विकास र स्थानीय आवश्यकताहरू बारेमा आफ्नो टोलीले सर्भेक्षण गरेको जानकारी पनि दिएका थिए। उनले थपे, "हामीले स्थानीय नागरिकको आवश्यकता र चाहनाहरूलाई ध्यानमा राखेर केही योजनाहरू तयार पारेका छौं। रास्वपाको जिल्ला पार्टीले पनि केही योजनाहरू तयार पारेको छ भने, त्यसको खाका पठाउन भनेको छ," उनले भने।

मेयर बालेनले आगामी दिनमा सामाजिक सञ्जालमार्फत झापा–५ का लागि चुनावी आह्वान गर्ने तयारी गरिरहेको पनि जानकारी दिएका थिए। पाठकले भने, "उहाँको मनस्थिति हेर्दा झापा–५ बाटै चुनाव लड्ने जस्तो देखिन्छ। विस्तृत छलफल भने पार्टीभित्र हुनेछ।"

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जहाँ उनी लगातार चुनाव जित्दै आएका छन्। तर, २०६४ सालमा ओली तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

झापाका नेताहरुसँग भेटेपछि बालेनले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रहस्यमय पोस्ट गरेका छन् । उनले रातो सोफामा सजिएर बसेको तस्बिरसहित दुई लाइनको स्टाटस लेखेका छन्, जसमा भनिएको छ– 'शुभकामना सबैलाई, हामी आउँदै छौँ ।'

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: