Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

भारत र चीनका लागि राजदूत सिफारिस

\"dipकाठमाडौँ, १६ भदौ । सरकारले दुई छिमेकी मुलुक भारत र चीनका लागि राजदूतहरु सिफारिस गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई प्रस्ताव गर्ने निर्णय गरेको सरकारका प्रवक्तासुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उपाध्याय यसअघि पनि भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । उहाँलाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले करिब चार महिनाअघि फिर्ता बोलाएको थियो । पौड्याल नेपाल सरकारका पूर्व मुख्यसचिव हुनुहुन्छ । यसअघि पूर्ववर्ती सरकारले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरे पनि नयाँ सरकारले त्यसलाई रद्द गरेको थियो । दुई छिमेकी मुलुकमा निकट भविष्यमै उच्च (प्रधानमन्त्री र राष्ट्रपति) स्तरका भ्रमण हँुदैछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ अन्तिममा भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यस्तै चीनका राष्ट्रपतिले पनि निकट भविष्यमै नेपाल भ्रमण गर्नुहुने बताइएको छ । त्यस्तै बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । डा श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुनुहुन्छ । बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा अर्थविद् डा श्रीराम पौडेल र परराष्ट्र सल्लाहकारमा कूटनीतिक मामिलाका जानकार डा ऋषि अधिकारीलाई नियुक्ति गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्रीले जानकारी दिनुभयो । बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकमा सरकारका सचिव हेरफेरबारे सामान्य छलफल भए पनि कुनै निर्णय भने भएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending