Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

बदल्ने होइन, बदलिन जरूरी छ ! कमरेडहरू

\"pic\"कुनै कुरा लेखेर मात्र मेरा देशका राजनेताले सुनि हाल्छन् भन्ने त मलाई लाग्दैन । तर पनि मेरो विगत र वर्तमानले सिकाएको पाठले लेख्न प्रेरित गरिरहेको छ । मनमा भन्न नसकिने व्यथाहरूले च्यापेर जिउ दुखेको दुख्यै गर्दछ । भाईरलले च्याप्दा बरू यस्तो गाह्रो पर्दैन होला, जति दुःख गणतन्त्रका ६०१ नेताहरूले दिएका छन् । जतिबेला नेपालमा माओवादी युद्ध चलिरहेको थियो, त्यति बेला लाग्दथ्यो माओवादी नेतृत्व विश्वकै सबैभन्दा महान र शत्तिशाली नेतृत्व हो, जसरी डाँडामा पिपलको वृक्षले तल खोल्सासम्म जरा गाडेर बसेको हुन्छ त्यसै गरी आफ्नो ओज र छवि बनाएर बसेको पार्टी, विशाल समुद्र जस्तै लाग्दथ्यो । तर अहिले आएर समुद्र माथिको पानीका फोका जस्तै बनेर बिलाउन लाग्दा नेतृत्वसंग आस्था राख्ने कमरेडहरूलाई त परै जाओस् अन्य विचार धारा समर्थन गर्नेहरूलाई पनि अस्थाउन लागेको सुर्य झैं लाग्नु स्वभाविक थियो तर विडम्वना माओवादी पार्टीमै काम गर्ने कमरेडहरूलाई नै सपना हो कि विपना छुट्याउनै गाह्रो हुन थाल्यो । यो बिषयमा म र मेरा कमरेडहरूले भोगेको सत्य कुरा हो । सत्यलाई कसैले पनि काट्न सक्दैन् । कक्षा ८ को बोर्ड परीक्षा उत्र्तिण भई कक्षा ९ मा अध्ययन गर्दै थिए । माओवादी युद्ध चरम रूपले अगाडि बढिरहेको थियो । गाँउ, शहर, भिरपाखा, खोल्सा–खोल्सी नभनी एउटा रफ्तारको गतिमा जनयुद्ध अगाडि बढिरहेको थियो । मेरो गाँउ पनि माओवादी आधार किल्ला बन्न पुगेको थियो । सरकारी संरचनाहरू सबै ध्वङसात्मक नीतिबाट परिबर्तन गरी जनसत्तामा रूपान्तरण गरिएका थिए । म सानै उमेरको भएकाले सरकारी संरचना र जनसत्ता बारेको बिचको अन्तर के हो भनि छुट्याउन सक्ने मानसिकताको विकास भइसकेको थिएन । माओवादी आधार किल्ला नै भइसके पछि माओवादीले आफ्ना रणनीतिक क्रियाकलापहरू अगाडि बढाउदै गयो । स्कुलहरूमा माओ स्कुलिङ पाठहरू सिकाउन थालियो । संस्कृत गुरूपाठशालाहरू बन्द गरिन थाले । जुवातास खेल्नेहरू जन कार्वाहीमा पर्न थाले, गाँउमा अराजक स्थिती निम्त्याउनेहरूलाई कार्वाही गरिन थालियो, जनताको निम्ती कुनै कसुर नराखि युद्धमा आफ्नो ज्यानको वलिदान गर्द्थे । माओवादी कार्यकर्ताहरू, त्यसकै परिणाम होला । म पनि एक कम्युनिष्ट योद्धा भई माओवादी युद्धमा होमिएको, विद्यार्थी जीवनलाई थाति राखी जनताको मुक्तिको लागि अग्रसर भएर युद्धमा लागे । घरपरिवारको माया, मोह, स्नेह सबै त्यागियो । छापामार युद्धमा लालसिपाहि भएर काम गरियो । अनवरत रूपमा पार्टी सिद्धान्तमा हिडियो । विद्यार्थी मोर्चामा काम गरियो तर आज कमरेडहरूले चिन्नै छोडे । म मात्रै हैन सबै कार्यकर्ताको कथा व्यथा यस्तै छ । आफ्नो स्वार्थ परिपूर्तिमै रूमलिएर बसि राखे । कर्मलाई बिर्से । नीति, नियम, पार्टी सिष्टम पद्धति सबै तोडेर आफ्नो तरिकाले चल्न थाले जसको परिणाम आज संगठनको यो हालत हुन पुग्यो । योगदानको कुनै मुल्य रहेन । निरासामा बाँच्नु पर्ने स्थिति पैदा ग¥यो । कमरेडहरू, आफु मरेर अरूलाई बचाउने कसम खाएर यूद्धमा होमिएका हैनन् र ? पछिल्लो पटक ओलीवादले देखाएका सपनाहरूको खुबै खण्डन मण्डन ग¥यौं ।
के हामिले देखाएका सपनाहरू कम्तिका थिए । विकट गाँउहरूलाई स्वीजरल्याण्ड बनाउने, आलु फल्ने ठाँउहरूमा हिरा मोति फलाउने, स्वदेशमै रोजगारीको ग्यारेन्टी हुने, विदेशिनु पर्ने स्थितिको अन्त हुने सपनाहरु थिए । तपाई र मेरो आमा जस्ता हजारौं लाखौं आमाहरू हाँसाउने भनि युद्धमा होमिएका हैनौं र ? देशमा सामन्ति फटाहाहरूको राजको अन्त्य हुने समुन्नत राष्ट्र नेपालको सपना देखाएका हैनौं र र?
ओलीवादले त हामीबाट सिकेर उखान टुक्का शैलीलाई सरकारमा गइसकेपछि कलात्मक तरिकाले प्रस्तुत गर्दा ति कुरा बाहिरिएका हुन् । जो कुरा हावा भएपनि नेपालको विकासको मोडलकालागि आवश्यक थिए । जसलाई पृष्ठपोषणको रूपमा लिनु पर्दछ । के आमकार्यकता वा आम मानिसको जीवनमा परिवर्तन आएको छ ? जसले नेपालको राष्ट्रिय झन्डालाई पर राखेर पार्टीको झन्डालाई राष्ट्रिय झण्डा बनाई आफ्नो जीवन समर्पित गरे ।आज उनिहरूको जीवन हेरौं कस्तो छ । भौंतारी रहेको भंगेरा जस्ता जनयुद्धकालमा संगैं लडेका कमाण्डरहरू आज पार्टीको उच्च अहोदामा पुग्दा कार्यकतालाई बिर्सने परम्पराले गर्दा सिङ्गो पार्टी अभियानको हालत यो बेहोर्नु परेको हो । कम्रेडले साईनो भुले । नातावाद कृपावादको साईनो जोडन् थाले । हिजोका कमरेडहरू, दाजुभाई, अंकल आन्टीका साईनोमा जोडिए । त्यो त छदै थियो अर्को साईनो पनि भित्र्याए, । खै माक्र्सवादको अनुसरण गरेका साथिहरू आफ्नो मुल्याङकन आफै गर्नु होला । कमरेडहरू १० बर्ष हामिहरूले लड्यौं । हामिहरूलाई लडाउने कमरेडहरूको १० बर्षे जनयुद्ध यताको जीवनशैली हाम्रै आँखा अगाडि कहाँ पुग्यो । के यहि हो त परिवर्तन भएको ? हामीहरूलाई त केही नचाहिने । न पद, न दाम, न काम, न त प्रतिष्ठा नै । वहा कतिका ईमानदार कमरेडहरू। । सगरमाथा चढ्नका लागि सहयोग माग्ने कमरेडहरूले सहिदका परिवारहरूलाई कतिको सहयोग गरे ?  पार्टी सरकारमा हुँदा सहिद, वेपत्ता परिवार, अपाङ्ग ,घाईतेहरूको माग सम्बोधन गर्न नसक्ने । प्रतिपक्षमा बस्दा ठुल्ठुला भाषण खोक्ने , आफु सत्तामा हुँदा काम नगर्ने । काँग्रेस, एमालेले सरकारमा बस्दा कत्तिको आस बोक्दा होलान यि हाम्रा नेता कमरेडहरूले । म त भन्छु यिनिहरूको कामै छैन् । काम छ त भाषण गर्ने । अरूको कुरा काट्नु । गुट, उप–गुटको निर्माण गर्नु । के यो नै हैन त यथार्थ ?
अहिले पार्टी सरकारमा छ । विगतका काम गराई हेर्दा त आशा छैन । अहिले भुत, वर्तमान र भविश्य पनि बद्लिएको छ । यिनिहरू पनि बदलिए होलान भन्ने झिनो आशा पलाएको छ । खै, पार्टीलाई एक नम्बर बनाउँछु भन्ने कमरेड वर्तमान सरकारका प्रधानमन्त्री छन् । पार्टीलाई एक नम्बर बनाउँछन् कि उतानो फर्काउछन् हेर्न बाँकि छ ।
देशको मुहार फेर्न ज्यान दिने कमरेडहरूले त जीवनको बलिदानी गरेर सहिद बनेका थिए । तर ति हामीहरूका माझ मात्रै सहिद बने राष्ट्रकालागि बनेनन् । बरू पार्टीका सहिद बने होलान ति सबैका होईन्न । अलि पहुँच हुनेहरूका लागि हैन र ? सहिद भईन्छ भनेर छाति फुलाउन बेकार छ कमरेडहरू , तिमिहरूले देखेको सपना त पाँचतारे होटलको बन्द कोठाको बन्द बोतल भित्र बन्द हुने अवस्थामा छ । विश्वका धेरै देशहरू उन्नति गरेर ग्रह–उपग्रहमा पुगिसके अनि हामी पार्टीको झन्डा बोकेर गल्लि गल्ली हल्लेर देशलाई ठप्प पार्न तयार हुने ? यसरी हुन्छ त देशको विकास ? विकास त भाषणले हुदैन् कामले हुन्छ कमरेडहरू ,जो कर्म गरिरहेका छन् उनिहरूको देश प्रगतिमा दैडिरहेको छ । यो कुरा सत्य हो भन्ने थाहा हँुदाहुँदै पनि तिनिहरूको भाषणमा मख्ख पर्नु मुर्खता हो । पाखुरी बल हुँदा देशलाई ठप्प पार्ने, भएभरिका संरचना ध्वस्त पार्ने, विकासको नाममा कथित राजनीति गरेर देशलाई डुबाउने अनि सुन्दर राष्ट्र नेपालको परिकल्पना गर्नु पागलपना हो । कुनै बेला युद्ध आवश्क थियो जो गरिसकियो । फेरी युद्धमा होमिनु पर्छ भन्नु त अल्पबुद्धि भएकाहरूले मात्र विश्वास गर्ने कुरा हो । कमरेडहरू १ देशको मुहार फेर्नु छ भने हामीहरूले बदलिनु जरूरी छ । अरूलाई बदल्छु भनेर लाग्यौं भने भूल मात्र हुने छ । सम्भव पनि हुने छैन । देश बदल्न संम्भव छ । त्यसकालागि सर्वप्रथम तपार्इं स्वयं बदलिनु पर्छ । प्रश्न यो रह्यो तपाई बदलिन हुन्छ या हुन्न ?? देशको माया गर्छु भनेर प्रमाणित गर्ने हो भने नेताको ढोका पुग्न छोडेर आ– आफ्नो काम इमान्दारिताका साथ गर्नुपर्छ । भाषण होईन् काम गरौं । हामिले सिद्धान्त धेरै सिकेका छौं । धेरै नेताहरूका नाडी समेत छामेका छौं । देश विकासको लागि पार्टीको झण्डा हल्लाएर संम्भव छैन । काम गर्नुपर्दछ । हामीलाई राम्रोसंग थाहा छ “सिद्धान्त बिनाको व्यबहार अन्धो हुन्छ र व्यबहार बिनाको सिद्धान्त लंगडो हुन्छ ।” हामी कतै लंगडो पो भयौं कि विचार गरौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending