Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

कसरी लाग्छ दाँतमा किरा, दाँतमा किरा लाग्न नदिन के गर्ने?

\"tooth\"काठमाडाैं, १५ भदाै । दैनिक खानपिनमा सामान्य गल्ती गर्दा मुखमा समस्या देखिन सक्छ । किराले दाँत खाएकाले दुखाइ सहेर बसिरहेकाहरू हामीले देखिरहेका हुन्छौ । आखिर के कारणले हुन्छ त यस्ता समस्या ? दाँत र गिजालाई स्वस्थ राख्न के गर्नुपर्छ ? भन्ने विषयमा हामीले केही खोज तथा अनुसन्धान गरेका छौ । दाँतमा किरा कसरी लाग्छ ? हामीले खाएको खाना दाँतमा अड्कियो र त्यसलाई राम्ररी सफा गर्न सकिएन भने दाँतमा किरा लाग्ने सम्भावना बढी हुन्छ । यस्तो खाना दाँत र दाँतका बीचमा, खाना चपाउने सतहमा अड्किन सक्छ । सो खानालाई मुखमा भएका ब्याक्टेरियाले सडाउँछ । ब्याक्टेरियाले पुनः सडेको खानामा रियाक्सन गरी एसिड निकाल्छ । त्यो एसिडले दाँतलाई जोगाउने इनामेललाई पगाल्ने काम गर्छ । दाँतमा खाना अड्किने, ब्याक्टेरिया सक्रिय हुने समय र वातावरण एकैपटक मिल्न गएमा दाँतको इनामेललाई कमजोर बनाउँछ । विशेषगरी, मुख सुक्खा भएको समयमा ब्याक्टेरियाले खानाको कणलाई कुहाउने समय मिल्यो भने ल्याक्टिक एसिड बन्छ । त्यसले गर्दा हामीले खाएको खाना सड्दै जान्छ र दाँत खिइँदै जान्छ । ब्याक्टेरियाले थप कुहाउँदै जाँदा प्वाल पर्न सुरु हुन्छ । यो खाना जति पुरानो हुन्छ, ब्याक्टेरिया त्यति सक्रिय हुन्छ र दाँतमा प्वाल पार्ने क्रम बढ्दै जान्छ । किराले खाएको दाँत हेर्दा कुनै कालो, कुनै पहेँलो हुन्छ । कहिलेकाहीँ सेतो पनि हुन्छ । के हो मुखस्वास्थ्य ? हाम्रो मुखभित्र र वरिपरिका भागको समग्र अंग स्वस्थ राख्नु नै मुखस्वास्थ्य हो । यसमा मुख, दाँत, गिजा, गिजालाई सपोर्ट गर्ने तन्तु, दाँत अडिने हड्डी (एल्बोलर बोन), म्युकोसा, हार्ड प्यालेट, सफ्ट प्यालेट, जिब्रो, ओठ र म्याग्जिला, माथिल्लो च्यापु, तल्लो च्यापु, टेम्प्रो मेन्डुवुलर ज्वाइनलगायत पर्दछन् । एउटा स्वस्थ मानिसले स्वच्छ खाना खान, बोल्न र सुन्दर देखिन यी सबै अंग स्वस्थ हुनुपर्छ । मुख वा मुखको वरपर घाउ–खटिरा आउने हामीले खानपानमा ध्यान दिएनौँ, खाइसकेपछि राम्ररी सफा गरेनौँ भने मुख वा मुखको वरपर घाउ–खटिरा आउँछ । त्यसका साथै कहिलेकाहीँ विभिन्न खालका ट्युमर पनि आउन सक्छ । त्यस्तै, तातो मसलादार खाना खाँदा चर्हयाउने, मुखभित्र विभिन्न किसिमका दाग देखिने पनि हुन्छ । कहिलेकाहीँ जिब्रो, ओठको छेउमा खटिरा पनि आउन सक्छ । भिटामिन बी कम्प्लेक्सको कमीले कतिपय खटिरा देखिन सक्छ । कतिपय अवस्थामा खाना खाइसकेपछि राम्ररी सफा नगर्दा नै यस्ता खटिरा हुन्छ । सरसफाइमा राम्ररी ध्यान दिँदा ९० प्रतिशत यस्ता रोग आफैँ नियन्त्रणमा राख्न सकिन्छ । गिजामा समस्या खाएपछि कतिपय खाना दाँतको कापमा टाँसिन्छ । राम्ररी ब्रस गरिएन र सफा गरिएन भने त्यस्तो खाना थुप्रँदै जान्छ । त्यसलाई दन्तलेउ भनिन्छ । सो लेउ अड्किएको १४ घन्टापछि पत्थरमा परिणत हुन्छ । पत्थर बनेपछि दाँत र गिजाको जोडिने भागमा टाँसिन्छ । दन्तपत्थरमा परिवर्तन भइसकेपछि सामान्य ब्रसले सफा गर्न सकिँदैन । त्यसले गिजालाई दबाब दिँदै भित्र जान थाल्छ । भित्र छिरेपछि पहिले सुनिन्छ, चिलाउँछ, रातो हुन्छ, रगत आउँछ । यस अवस्थामा पनि हामीले उपचार गरेनौँ भने गिजा अडिने जरालाई नै नष्ट गरिदिन्छ । त्यसले दाँतको जरालाई आफ्नो ठाउँबाट छुटाउँदै जान्छ । यसो भएमा त्यहाँबाट पिप आउने क्रम सुरु हुन्छ । दाँत झर्न पनि सक्छ । किन फ्लोराइडयुक्त मञ्जन ? फ्लोराइडले दाँतलाई रक्षा गर्ने इनामेल तयार गर्छ । यसले इनामेलको सतहलाई दह्रो बनाउँछ । इनामेलले ब्याक्टेरियाबाट दाँतलाई हुने हानिबाट बचाउँछ । यसले इनामेलको सतह नै बनाइदिन्छ । धेरै कोल्ड ड्रिंक, कफी पिउँदा फ्लोराइड बढी भयो भने दाँतमा दाग बस्ने र फुल्ने पनि हुन सक्छ । मुख स्वस्थ राख्न के गर्ने ? स्वस्थकर खाना मात्र खाने । स्वच्छ र ताजा खानेकुरा खाने । खाना खाइसकेपछि फ्लोराइडयुक्त मञ्जनले अनिवार्य दाँत माझ्ने । कम्तीमा ६ महिनामा एकपटक मुखस्वास्थ्यको जाँच गराउने । मद्यपान, धुम्रपान नगर्ने, अझ यी दुवै कुरा कहिल्यै पनि एकैपटक गर्दै नगर्ने, दाँतका लागि यो सबैभन्दा खतरा हो । जुनसुकै खाना खाएपछि खाना चपाउने हरेक सतहलाई सफा गर्ने । दाँत र दाँतको बीचको भगलाई ब्रसले सफा गर्ने । कहिलेकाहीँ ब्रसले मात्र सफा भएको हुँदैन, त्यसाई डेन्टर फ्लप्सले सफा गर्ने । दाँतमा टाँसिने खाना, जंकफुड, गुलियो खाना कम गर्ने । रेसादार खाना र फलफूल खाने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies