Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

पहाड चढिरहेका बिरंगनाहरु

महासमरको यात्रा जहिले पनि एक इतिहास बन्छ । हिउँको डल्ला बनाएर खेल्दै हामी यहि विषयमा छलफल गरिरहका थियौ । हामी थुप्रै लालसेनाहरुको साथमा थियौै । त्यही इतिहासले सुम्पेको दुरगामी महत्वको कार्यभारमा जुटिरहेका थियौं । भेरी–कर्णाली सांस्कृतिक संगमका केही साथीहरु हाम्रो ग्रुपमा थिए । बहिनी अन्जु पनि हाम्रै ग्रुपमा हुनुहुन्थ्यो वा उहाँ मसँग छलफल गर्दै हिडिरहनु भएको थियो । थुप्रै सांस्कृति रुपान्तरणका कुराहरु गर्दै हामी हाम्रै यातामा ब्यस्त थियौं । यही यात्राको एक टुक्रा वा बहिनी अन्जुसँगको यात्रा यहाँ छोटो रुपमा कोर्न खोजिएको छ । जो अहिले हामीसँग भौतिक रुपमा हुनुहुन्न । तर उहाँ अमर र प्रज्वलित हुनुहुन्छ । जो एकीकृत जनप्रतिरोध अभियानमा भेक सांस्कृतिक संगमको एक अभियान सदस्य भएर गण्डक क्षेत्रमा जानु भएको थियाये । त्यही क्षेत्रमा आफ्नो कार्यभार पूरा गर्न गण्डक गाउँबस्तीहरुलाई जनवादी गीत, संगीत र कलाका झंकारहरुले ब्युँझाउँदै हिड्दा हिड्दै उहाँको वीरतापूर्ण सहादत भयो । \"Satya_Pahadi\"मेरो ऐतिहासिक यात्रासँगै ऐतिहासिक मान्छेहरु अगाडि बढिरहेका थिए । त्यो पनि ऐतिहासिक फौजी कारबाहीका लागि । रातको चौंथो प्रहर जनसेनाकोबीचमा थियौं । त्यो यात्रा सायद मेरो जीवनभरीको नै ऐतिहासिक र नयाँ थियो । बहिनी अन्जु हिउँ जमेको मौसमको प्रवाह नै नगरी पानी तताएर ल्याइरहेकी थिइन् । विहान भाले नबास्दै हामीले आधा पाकेको खाना खाइसकेका थियौं । सायद मजस्तै धेरै जनाको त्इो नयाँ यात्रा थियो । हामी झोला बोकेर हिड्न तयार भएका थियौं । हामी सांस्कृतिक संघका मान्छेहरु त्यो बेलासम्म अझै निश्चित कमाण्डमा विभाजित भएका थिएनौं । तैपनि हामी कमरेड सुरेशसिंहको कमाण्डमा हिडिरहेका थियौं । असाध्यै चिसो सिरेटो चलिरहेको थियो । तताएको पानी बरफ बनेको थियो । पानी बोकेका जर्किनहरु सबै बरफका जर्किनजस्तै थिए । बीचमा हाम्रो अलि लाइन छुटेको थियो । त्यसैले म अलिबीचमा थिएँ । अध्यारोले अगाडि पछाडिको मान्छे चिनिदैनथ्यो । मेरो पछि कोही थियो । म केही बोलिन । म सुनिरहेकी थिएँ, एउटा महिलाको स्वर ‘दिदी नआत्तिएर हिड्नुहोस् हामी यो लेक समयमै काट्नेछौं ।’ त्यो लेकको हिँडाइमा उनी परिचित थिइन् । उनी क्रान्तिकी छोरी, कर्णालीकी सुपुत्री क. अन्जु । उनी त्यो चिसोदेखि पनि परिचित थिइन् । जुम्लाको चिसो पानीमा हुर्केकी उनलार्य चिसोले पनि चिन्दथ्यो ।
जुम्ला ऐतिहासिक फौजी कारबाहीमा एउटै पोष्टमा सहभागी भएका प्यारा सहयात्रीहरु कमरेड अन्जु र चुनौती दुवै हामीसँग हुनुहुन्न । उहाँहरु सदा हाम्रो ऊर्जा बनिरहनुहुनेछ । हामी बिर्सने छैनौं ती ऐतिहासिक क्षणहरु । हामी उहाँहरुको सपना पूरा गर्ने यात्रालाई सफलतामा पुर्याएरै छाड्नेछौं ।
पसिना सुक्न दिनु हुँदैन, पसिना जम्यो भने त मान्छे मर्छन । फेरि जहाँ पनि यो नियम लागू हुन्छ । यहाँ पनि यो नियम पालना गर्नुपर्छ भन्दै हाँस्दै हिउँ मिसिएका बाफिटोलाई पचाइरहेका थियौं । जब हामी डाँडोको सबैभन्दा अग्लो ठाउँमा पुग्यौं, तब हिउँ पर्न शुरु भयो । जति हामी अगाडि बढ्दै जान्थ्यौं, हिउँ थुप्रो लाग्दै जान्थ्यो । हामी सबै निथ्रुक्क भिजेका थियौं । हामी यस्तै गर्दै ओरालो झर्यौं । ओरालो लाग्दा करिब १२ बजेको थियो होला । हामी क.अन्जुको जन्म जिल्लामा पुग्यौं । हामी सबै हिउँ पानीले कठ्यांग्रिएका थियौं । हामी ब्यवस्थापनको निर्देशनअनुसार एउटा घरमा बस्यौं । त्यहाँ मसँगै सबै कलाकार साथीहरु र केही सेनाका साथीहरु हुनुहुन्थ्यो । हामीसबै घरभित्र छिर्यौं । तब बहिनी अन्जुले भिजेकै कपडामा दाउरा ल्याएर आगो बालिन्, आलु बनाइन् । मैले तपाईँलाई जाडो भएन भनी सोधें, उनको उत्तर थियो, ‘काम गर्दा के को जाडो ?यो बेला जाडो नभागे कहिले भाग्छ ? यो त सबै तातिने बेला हो । त्यसैले मलाइ त चिसो भएको छैन ।’ उनको श्रम, संयमता र क्रियाशीलताको हामीसबैभित्र भएको हिउँको जाडो त्यसै हराएको जस्तो लाग्यो । म धेरै प्रभावित भएँ । बाबुलाई दुश्मनले बेपत्ता पारेर हत्या गरेको सम्झिँदा आक्रोशित देखिने अन्जु त्यो बेला धेरै खुशी देखिन्थिन्, जुनबेला त्याहाँका दुश्मन वर्गवैरीको किल्ला जलाउन जाने अन्तिम तयारी भइरहेको थियो । हामीलाई कर्णालीको पानीले हुर्कायो । हाम्रो त्यो कर्णालीको माटोप्रति त्यातिकै नाता थियो । हामीले कर्णालीलाई मुक्त बनाउँदै देश अनि संसार मुक्त बनाउने सपना बोकेर ती प्रतिभाकी खानी सांस्कृतिक सेना सैन्य फाँट असाध्यै मन पराउनु हुन्थ्यो । त्यसैले पछि उहाँले लालसेनासँग नै वैवाहिक जीवनको थालनी गर्नुभयो । बहिनी अन्जु असाध्यै फूर्तिका साथ त्यो ऐतिहासिक फौजी कारबाहीमा सहभागी बन्नुभयो । वर्गबैरीप्रति अति घृणा गर्दै सम्झँदा पनि आक्रोशित हुने ती सांस्कृतिक योद्धाले लड्दा लड्दै गाउने र गाउँदा गाउँदै लड्ने साहित्य र कलाको साधना गर्ने सांस्कृतिक सेनाको परिचय दिनुभएको थियो । त्यतिखेर अन्जु कान्जिरोवा सांस्कृतिक परिवारबाट भेक क्षेत्रीय सांस्कृतिक संगममा आइसक्नु भएको थियो । चौतर्फी कला प्रतिभाकी धनी अन्जसँग त्यो फौजी कारबाहीको हिँडाइ असाध्यै अविश्मरणीय छ । आफ्नै माटोमा जन्मिएकी कलंकहरुप्रति घृणा र तिरस्कारका साथ उनी भन्थिन्, ‘बुद्धि विग्रएकाहरु कुकुरजस्तै जिन्दगी किन जिइरहेका होलान् ? यस्ता त पृथ्वीका भार हुन्छन् । त्यसैले यस्ता भारहरुलाई पन्छाउनुपर्छ ।’ नजिकको सेल्टरबाट हामी कर्णालीको सुसाहट पन्छाउँदै तीला नदीसँग सम्बन्ध जोड्न पुग्यौं । त्यो बेला साह्रै उत्साही र खुशी देखिने अर्की बहिनी कविता अति क्रियाशीलताका साथ आफ्नो जिम्मेवारी निभाइरहेकी थिइन् ।  दिनको अन्तिमसम्म हामी सम्पूर्ण विजय हासिल गर्ने छौं भन्ने कुराको निश्कर्ष पुग्ने गरी मन खोलेर छलफल गर्यौं । त्यो बेला हामीले हिउँका ठूला ठूला पहाडहरु काट्नु पर्यो । त्यो बेला हामीले हाम्रा अग्रजहरु र आदरणीय सहिदहरुलाई याद गर्दै अग्ला हिमश्रृंखलाहरु हेर्दै सँगै गीत गायौं । चढेर हेर हिमाल त्यो लडेर हेर युद्ध त्यो लड्न तिमी सक्छौ । ती हिमालजस्तै उच्च हुने सौभाग्य पाइएला कि नाइँ ? भन्दै ठट्टा गर्दै भावुक बन्ने क्रान्तिकारी निधि अन्जु साँच्चै मनोबलकी थिइन् । कारबाहीमा हाम्रो फौज चारैतिर बाट लडाईँको मैदानमा पुग्दै थियो । त्यसमध्ये हामी मालको लेक काटेर मुनी साँघुको गाउँ हुन्दै जुम्ला सदरमुकाम पस्यौं । हाम्रो कार्यविभाजन भइसकेको थियोय । थप शक्तिको कमाण्ड गर्दै हेल्थपोष्टको जिम्मेवारीमा हामीलाई राखिएको थियो । सबैलाई यस्तो ऐतिहासिक कारबाहीमा सहभागी हुने मौका पनि कहाँ मिल्थ्यो र ? त्यसैले हामी हर्षित थियौं । हामी अध्याँरोलाई पराजित गर्दै निर्धारित स्थानमा पुग्यौं । चारैतिर अध्याँरो थियो । सजगताका साथ हाम्रो जनमुक्ति सेना अगाडि बढिरह्यो । दुश्मनलाई अग्रिम जानकारी भए पनि जनमुक्ति सेनाको अगाडि के नै लाग्थ्यो र ? हाम्रो आर्क लडाइँको पोष्ट आफ्नो आर्क छोडेर दुश्मन भागिसकेछ । एकै चोटी हाम्रो जनमुक्ति सेनाले हमला बोल्यो । बिजुली चम्केसरी पुरै जुम्ला युद्धभूमिमा परिणत भयो । हामी अर्को स्वास्थ्य पोष्ट पुग्यौं र घाइते साथीहरु ल्याउँदै र उपचार गर्दै र फेरि लडाइँमा पठाउँदै गर्दथ्यौं । वास्तविक युद्ध कस्तो हुन्छ एउटा साथी लड्दा लड्दै सहिद हुन्छ अर्को साथी राइफल समातेर अग्रिम मोर्चामा जान्छ । बाहिरी घेरा जनताको घेरा थियो । बाँकी हतियार पनि जनताले खोस्छ । जनता स्वयंसेवक थिए तर आवश्वक पर्दा हतियारवद्ध लडाईँमा पनि लड्न सक्छ भन्ने प्रत्यक्ष ब्यवहारिक पुष्टी ऐतिहासिक फौजी कारबाहीले गर्यो । मेरो स्मृतिको त्यो दिन मेरो अबिराम यात्राको शिक्षा र साहस पनि हो । जहाँ हामी अन्जुजस्तै हजारौं साथीहरुसँग थियौं । सहिद चुनौती र मसँगसँगै एकै पोष्टमा थियौं, उहाँ घाइते साथीहरुको रगतले तत्पतिएको भुइँ सफा गर्दै हुनुहुन्थ्यो । हामी बसेकै पोष्टमा गोलीको वर्षा भयो । बेलाबेलामा हेलिकोप्टरले हान्ने भेरी लाइटले हाम्रो पोष्टमा बमबारी गर्दैछ भन्ने निश्चित गराउथ्याये । तर पनि हामीले साथीहरुलाई प्राथमिक उपचार गर्दै सुरक्षित ठाउँमा पठाउँदै थियौं । लडाइँ लामै समय चल्यो । करिब रातभरी चल्यो । कति साहसी हुन्छन्, जनमुक्ति सेनाका योद्धाहरु क्रान्ति सफलतकोनिम्ति आफ्ना सबै चिज न्यौछवार गरिदिन्छन् । मेरो स्मृतिमा ती योद्धाहरु अमर हुनुहुन्छ । होनाहार एकजना योद्धा गम्भीर घाइते र अचेतन अवस्थामा हुनुहुन्थ्यो । डाक्टरले हातपाखुरा र ढाडमा लागेको घाउमा बगिरहेको रगत रोक्ने प्रयास गर्दै हुनुहुन्थ्यो । मैले उहाँलाई समातिरहेकी थिएँ र कपडा निकाल्दै थिएँ । उहाँ भनिरहनु भएको थियो, कमरेड म कम्पनी कमाण्डर हुँ । म एसाल्टमा छु । छिटो ब्याण्डेज लगाउनुस्, म लड्न जानुपर्छ । मेरो मुटु तातो भयो । हामीले भन्यौं, नआत्तिनुस्, हामी सिंगै लडाइँ जित्नेछौं । उहाँलाई आफ्नो घाउको पीडा नै थिएन । उहाँलाई लडाइँ जित्नुसँग मात्रै ध्यान थियो । उहाँ घरिघरि उठ्न खोज्नुहुन्थ्यो । हामी उहाँलाई सम्झाएर सुत्न लगाउँथ्यौं । उहाँ अनि त गम्भीर भइसक्नु भएको थियो । केही क्षणपछि उहाँले ओजिलो मृत्युवरण गर्नुभयो । हामीले श्रद्धा र सम्मानको मुट्ठी कसेर युद्ध जितेरै छोड्ने कसम खायौं । उहाँको शवलाई सुरक्षित स्थानतिर पठायौं । त्यो रात आकाशबाट दुश्मनले युद्ध गर्यो । तर उसको केही लागेन, आखिर उसको क्याम्प जनमुक्ति सेनाले ध्वस्त बनाएरै छाडे । हामीलाई दुश्मनको क्याम्प पूरै ध्वस्त भएको खबर आयो । फर्किने सूचनाअनुसार हामी पनि आफ्नो रुटबाट फर्किन मात्र लागेका थियौं, हाम्रै अगाडि हेलिकोप्टरबाट बम खसाल्यो । तर हामीलाई त्यसले केही असर पुर्याउन सकेन । जनमुक्ति सेनाले उसको हुर्मत लिएरै छाड्यो । हामी उही बाटो फर्कियौं, तर पनि दुश्मनको हवाइगस्तीले छोडेन । हामीलाई उसको प्रतिकारले छुन पनि सकेन । जुम्ला ऐतिहासिक फौजी कारबाहीमा एउटै पोष्टमा सहभागी भएका प्यारा सहयात्रीहरु कमरेड अन्जु र चुनौती दुवै हामीसँग हुनुहुन्न । उहाँहरु सदा हाम्रो ऊर्जा बनिरहनुहुनेछ । हामी बिर्सने छैनौं ती ऐतिहासिक क्षणहरु । हामी उहाँहरुको सपना पूरा गर्ने यात्रालाई सफलतामा पुर्याएरै छाड्नेछौं । हाम्रा लडाइँका मोर्चाहरु फेरिन सक्छन् तर हाम्रो लक्ष्य र उद्देश्य फेरिने छैन । हामी यिनै प्रतिवद्धताका साथ आज पनि पहाडहरु चढिरहेका छौं । (मृत्युञ्जयी यात्राबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending