Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

सपनाको त्यो सहरबाट ...

अक्सर यस्तै हुन्छ ।कुनै सपनाको कारण आधा रातमा निँद टुट्छ । म एकदम हडबडाएर उठ्छु । निँद टुटेपछि केहिबेरसम्म मलाई नै थाहा हुदैन कि म कहाँ छु ? कुन कोठामा छु ? कसको घरमा छु ? कुन सहरमा छु ? जब पुरै होस् मा आउँछु तब मात्र थाहा हुन्छ म जापानको आफ्नै कोठामा रहेछु । यस्तो सिर्फ रातमा मात्र हुँदैन । दिउँसो पनि कहिलेकाहिँ थकित भएर सुतेको हुन्छु तब निँद खुल्यो भने एकैछिनको लागि चिन्दिन आफ्नै कोठालाई । म स्तब्ध भएर अगाडिका कुर्सी, टेबल, टीभी, किताबहरुलाई हेर्छु । सब चिजहरुलाई यसरी हेरिरहेको हुन्छु कि यी चिजहरुसँग मेरो कुनै सम्बन्ध नै छैन । केहि क्षणको लागि लाग्छ, म कोहि अन्जान मान्छेको कोठामा घुसेको रहेछु । यो सब्... यो कोठा, यो घर साँच्चीकै अन्जान जस्तो लाग्छ । यो त बस् एक भ्रम मात्र हो । मेरो घर हो, मेरो सहरको घर.. धेरै बेचैन हुन्छु म । धेरै सोँचहरु आउँछन् । मेरो घर यो होइन त म यहाँ के गर्दै छु ? किन आजसम्म रोकिइरहेको छु यो सहरमा ? र सहरको यो घरमा ? जुन मलाई अन्जान जस्तो लागिरहेको छ ? जे सोँचेर आएको थिएँ यो सहरमा के मैले त्यो चिज पाएँ ? छैन .. त फेरि किन यहाँ रोइिरहेको छु त ? रातको आधा निँदमा र आधा होसमा यो सबै प्रश्नले मलाई पागल बनाउँछ । सिर्फ मलाई मात्र होइन घरबाट बाहिरिएका अधिकतम मान्छेहरुलाई यस्तै हुन्छ होला । खास् गरेर ती मान्छेहरुलाई जो केही सपना लिएर दोस्रो सहरमा आएका हुन्छन् र त्यो सपनालाई पुरा गर्न सक्दैनन् । त्यो समयमा घर फर्कने कुरा दिमागमा बहुद तेजले घुमिरहेको हुन्छ तर म त्यो कुरालाई मनको कतै भित्र कुनामा धकेलिदिन्छु । मनभित्रबाट आवाज आउँछ “ तँ बेबकुफी काम गरिरहेको छस् । कुन चिजको पर्खाइ छ अब ? जो तँलाई चाहिएको छ त्यो अझै मिलेको छैन । सायद मिल्ने छैन ..! र कति पर्खाइमा बस्छस् ? जा फर्केर आफ्नै सहर । “मैले यो मनका कुराहरुलाई नसुनेको जस्तै गर्छु । एकपटक घर छोडेपछि घर खाली हात फर्कन सजिलो कहाँ हुन्छ र ? हो घर फर्कन सजिलो पनि हुन्छ होला , तर त्यो मान्छेहरुलाई हुन्छ जो जुन मनशाय लिएर आएका छन् दोस्रो सहर, उनिहरुले त्यो मनशाय पुरा गर्छन् अनि घर फर्कन्छन् । तर म जस्ता घरमा फर्कन सजिलो छैन । यसै खाली हात फर्कन कोही चाहन्न पनि । \"narayanअब त यो सोँच्न पनि मुस्किल भइरहेको छ । जब तीन वर्ष पहिले आफ्नो घरबाट निस्किएको थिएँ । पढाई र कमाई दुबैको लागि दोश्रो सहरमा । तब मेरो साथमा एक ब्याग र सुटकेस मात्र थियो । अब अहिले हेर्छु मैले यहाँ कति सामानहरु एक कट्ठा गरेर राखेको छु । हैरान हुन्छु कि मैले कति सामान जम्मा गरेछु घरमा । घरका सबैकुरा याद आउँछ । त्यो कोठा याद आउँछ । सरस्वति माँ को तस्बिर , हनुमानजी को मुर्ति, केहि कपडा, केहि किताब, र एक टेपरिकर्डर यी सामान भन्दा मसँग अरु केहि थिएन । त्यो समयदेखि लिएर मलाई यस्तो लाग्छ दोस्रो घर बनाएँ यहाँ आएर । धेरै मान्छेहरुलाई यो सामान्य लाग्छ । तर मलाई हैरानी हुन्छ । थाहा छैन किन कुन कुरामा ? घरबाट निस्किएको ३ बर्ष भयो । थाहा पनि भएन ..! समय यसरि नै त बित्छ । होइन होइन बित्ने समय होइन बित्ने हामी स्वयं हो । ३ बर्ष अगाडि जब यहाँ आउदा के के सोँचेको थिएँ । आखाँमा कति सपना बोकेर आएको थिएँ । के भयो ती सपना ? कसरी र किन ती सपनाहरु टुटे वा कतै पैतालाले कुल्चिए ? मलाई त्यो पनि थाहा छैन । केहि मेरो गल्तिहरु होलान् केहि समयको पनि । मलाई माया गर्ने स्मारिका पनि थिइन् । ३ बर्ष पहिले हिड्ने बेला जो स्मारिकाले मलाई दिएकी थिइन्, केहि चिठ्ठीहरु, केहि उनले आफ्नै हातले प्याक गरेका खाजा, उनले दिएका गिफ्टका सामान जसले मेरो ब्याग भरिएको थियो । उस्को प्रेम र ऊ । ऊ मेरो साथ थिई मेरो नजिक । जुन दिन (म घरबाट निक्लनु भन्दा अघिल्लो दिन), याद छ । उनले भनेकी थिइन् “ तिमी मबाट टाढा जाने होइनौ । मलाई पाउनको लागि तिमीले पहिलो कदम उठाउन जादैछौ । “ आज सोँच्छु त लाग्छ जे पनि लिएर म ३ बर्ष अगाडि हिडेको थिएँ ... सबै चिज नै त छुट्यो पछाडि । उसको साथ, उस्को प्रेम । सबै चिज कहाँ पछि छुट्यो । यति सामान मैले ३ बर्षमा भरेँ र पनि लाग्छ कति खालि खालि छु म ..!! रातको गहिरो निँदमा जहिले आवाज सुन्छु , लाग्छ उनी मसँग कुरा गरिरहेकी छिन् । भएको केही थिएन लाइट कटेको थियो र म सुतिरहेको थिएँ । झ्याल खुलै थियो, थाहा छैन मलाई किन यस्तो भ्रम हुन लाग्यो कि स्मारीका त्यो झ्यालको नजिकै उभिएकी छिन् । र मेरो लागि त्यहि गित गाइरहेकी छिन्, जुन उनले अक्सर गुनगुनाउथिन् “लग जा गले ..” म बिस्तारामा नै आँखा बन्द गरेर पल्टिरहेको थिएँ । यो पागलपन हो , तर यो रात मलाई यस्तो लाग्यो स्मारीका यहाँ मेरो कोठामा छिन् । र डर मलाई यो पनि थियो कि जब मैले आँखा खोल्छु स्मारीका गायब हुन्छिन् । र यहि डरले नै मैले आफ्नो आँखा खोलेको थिएन । स्मारीकाको आवाज मैले सुनिरहेको थिएँ । उनी कोठामा छिन् भन्ने भ्रम पालिरहेको थिएँ । तर त्यो भ्रम टुट्न थियो त्यो टुट्यो नै । अचानक लाइट आयो र मेरो आँखा खुल्यो । कोठामा भएको त्यो मेरो भ्रम र स्मारीकाको त्यो आवाज गायब भयो, लाग्यो सबै लाइटले करेन्ट जस्तै गरेर बटुलेर लग्यो । मलाई अक्सर यस्तो लाग्छ , जब म घरमा एक्लै हुन्छु स्मारीका लुकेर बिस्तारै मेरो नजिक आउछीन् । म सँग कुरा गर्छिन् , एक छाँया जस्तै गरी म सँग सँगै हिड्छिन् । मेरो पुरै घरमा अधिकार जमाउँछिन् । एक्लै घरमा बस्दा सायद यादहरु नै छाँया बनेर मेरो पछि पछि हिडिरहन्छन्। उस्लाई रोक्नेवाला कोहि हुदैन । कोहि पर्खाल हुदैन कि ति यादहरु र ति छाँयाहरुलाई रोक्न सकौँ । त्यो छाँया म सँग नै रहन्छ । म उठ्छु , बस्छु , सुत्छु उनी मेरो साथमा नै जसो गर्यो त्यसै नै गरिरहेकि हुन्छिन् । स्मारीका को याद भन्दा अरु कोहि यहाँ मसँग हुन्थ्यो त यो मेरो छाँया पनि म बाट टाढा हुन्थ्यो होला । जब स्मारीका पनि एक्लै हुन्छीन् के मेरो छाँया उनिसँगै रहन्छ होला ? कति पटक सिँढीहरुमा, बाल्कोनीमा उभिएर स्मारीका सँगै कुरा गरिरहेको हुन्छु । बस् उनीसँगै नजिक भएको भ्रम हुन्छ म मा । उनी मेरो साथमा उभिएकी छिन् । एकरात पनि यस्तै भयो, म अबेर सम्म सुतिरहेको थिएन, उठेर बाल्कोनीमा पुगेँ । त्यसपछि मलाई यो भ्रम हुन लाग्यो कि, स्मारीका मसँगै आएर मेरो अगाडि नै उभिएकी थिइन् । कति कुराहरु गरेँ स्मारीकासँग । मान्छेहरलाई यो कुरा गरेँ भने पागल भनेर मेरो कुरा हाँसोमा उडाइदिन्छन् । तर मलाई यस्तै नै हुन्छ । स्मारीका यसरी नै मेरो साथमा रहन्छीन् जहिले । आधा रातको समयमा मैले अजिबअजिब सपनाहरु पनि देखिरहेको हुन्छु । त्यो सपनाको अर्थ के हो मैले आजसम्म बुझ्न सकिरहेको छैन । एक पटक उनीलाई देखेको थिएँ सपनामा , म एक पुलमा उभिएको थिएँ । स्मारीका पुलको दोश्रोतर्फ बिपरिततर्फ उभिइरहेकी थिइन् । र त्यो पुलबीचबाट टुटेको थियो । स्मारीका सम्म पुग्नको लागि कुनै बाटो थिएन । तल गहिरो ताल थियो । र मैले सोँचिरहेको थिएँ, म कुनै पनि हालत मा स्मारिका सँग पुग्छु । तर कुनै बाटो पनि नजर आईरहेको थिएन । दोश्रो तर्फबाट स्मारीकाको डराएको आवाज सुनिइरहेको थियो । उनी रोइरहेकी थिइन् । मलाई आफुसँगै बोलाईरहेकी थिइन् । स्मारीकाले भनिरहेकी थिइन् “आउँ होइन भने मलाई लिएर जान्छन् सधैको लागि.. तिमीबाट टाढा ।” म अगाडि बढ्ने तरखरमा थिएँ । त्यतिबेला नै धेरै ठुलो धमाका भयो र म निद्राबाट बाहिर निस्किएँ । म धेरै डराइरहेको थिएँ त्यो सपना सम्झेर । जगमा रहेको पानि पिएँ र छेउमा रहेको मोबाईल उठाएर हेरेँ । बिहान चार बजेको रहेछ । सोँच्छु स्मारीकालाई सपनामा यसै समयमा नै किन देख्छु ? म यो सपना देखेर जति डराउँछु, त्यति त मैले भुत प्रेतवाला कहानी अथवा सपनासँग पनि डराउँदैन । जब स्मारीकासँग बिछोडिनेको सपना देख्छु स्मारीकालाई आफुबाट टाढा टाढा गएको देख्छु तब डराएर उठ्छु । अब डराउनको लागि कुनै ठाउँ छैन स्मारीका टाढा पुगिसकेकी छिन् र पनि अझै म डराउँछु यो सपना देखेर । हरदिन बेलुका यस्तै कति कुराहरु चल्न थाल्छन् । स्मारीकाको धेरै कुराहरु याद आउँछन् । धेरै कुराहरु मनले भनिरहेको हुन्छ । कतिपय कुराहरु मैले लेखिरहेको पनि हुन्छु । म लेख्दै गर्छु मनमा चलिरहेका कुराहरुलाई । उनको साथमा लेख्ने मलाई इच्छा छ । मैले लेखेर भएपनि मनलाई थोरै सान्त बनाउन सक्छु । र उनीहरुको बारेमा सोँच्छु जो लेख्न सक्दैन आफ्नो मनका कुराहरु, न कसैसँग भन्न नै सक्छन् । ऊ घचेटिदै, थिचिदै रहेको हुन्छ भित्र भित्र । स्मारीकाले नै भनेकी थिइन् “केहि बाहना मिल्दैन लेख्नको लागि केहि दिमागमा आएन भने, जति पनि गालि तिमीलाई आउँछ, मलाई भन्नुको लागि त्यो सबै लेख्नु । खुब गाली दिनु मलाई साँच्चै धेरै शान्त हुनेछ तिम्रो मन ।” (नारायण पोखरेलको ब्लगबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending