Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

महशुल नबुझाएको भन्दै जानकी मन्दिरको विधुत लाइन काटियो

\"ram-janaki-mandir\"धनुषा, ८ भदौ । नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जनकपुरले विश्वप्रसिद्ध जानकी मन्दिर लगायत विभिन्न मठ मन्दिर, अस्पताल एवं सरकारी कार्यालयको विधुत लाइन काटिएको छ । विधुत महसुल नबुझाउने उपभोक्ताको बिजुली काट्ने अभियान अन्तर्गत जानकी मन्दिर, लक्ष्मण मन्दिर, रामजानकी विवाह मण्डप, जनकपुर अञ्चल अस्पताल, मैक्स प्लाष्टिक उद्योग तथा सडक डिभिजन कार्यालयको विधुत लाईन काटिएको विधुत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले बताए । प्रमुख झाका अनुसार, जानकी मन्दिरले विगत ३० वर्षदेखि विधुत महसूल नबुझाएको र मन्दिरमाथि रु। ६५ लाख भन्दा बढी रकम बक्यौता रहेको छ । यसैगरी लामो समयदेखि विधुत महसुल नबुझाएका लक्ष्मण मन्दिरमाथि रु। १७ लाख, रामजानकी विवाह मण्डपमाथि रु। साढे ७ लाख, जनकपुर अञ्चल अस्पतालमाथि रु। ६० लाख, मैक्स प्लास्टिक उद्योगमाथि रु। साढे ५ लाख तथा सडक डिभिजन कार्यालयमाथि रु।३ लाख २५ हजार बाँकी बक्यौता रहेका छन् । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पञ्चायत कालमा जानकी मन्दिर परिसरभित्र अञ्चलाधीश कार्यालय, प्रहरी कार्यालय, युवा क्लव तथा कराटे संघ लगायतका कार्यालय रहेको उल्लेखगर्दै त्यसपछि पनि मन्दिर परिसरभित्रै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जानकी मन्दिर जिर्णोद्धार समिति, मिथिला सांस्कृतिक केन्द्रलगायतका कार्यालय रहेको र ती कार्यालयले उपभोग गरेको विधुत महसुल हालसम्म नबुझाएकाले सो वापतको वक्यौता रकम ठूलो देखिएको बताउनुभयो । विधुत महसुल वापतको वक्यौता रकम माफीका लागि सम्बन्धित निकायमा आग्रह गर्ने पनि उनले बताए । महन्थ दासले गुठी संस्थाबाट जानकी मन्दिरले पाउनुपर्ने मालपोत वापतको रकमबाट विधुत महसुल बुझाएर बाँकी रकम मन्दिरलाई उपलब्ध गराउन पहल गरिदिन हुन नागरिक समाजसंग आग्रह गरे । महन्थ दासका अनुसार, मालपोत दस्तुर वापत गुठी संस्थानले जानकी मन्दिरलाई रु। डेढ करोड भन्दा बढि रकम तिर्न बाँकी रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending