Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

१९ वर्षपछि खुल्यो गौर हत्याकाण्डको फाइल, कहाँसम्म पुग्ला अनुसन्धान ?

खबरडबली संवाददाता

काठमाडौं । रौतहटको गौरमा २७ जनाको हत्या भएको घटनामा प्रहरीले १९ वर्षपछि अनुसन्धान अघि बढाएको छ । सर्वोच्च अदालतबाट जारी परमादेशको पूर्णपाठ ७ पुसमा प्राप्त भएपछि रौतहट प्रहरी अनुसन्धानमा जुटेको हो । घटनालगत्तै किटानी जाहेरी परे पनि माओवादी, तत्कालीन मधेशी जनअधिकार फोरम र सत्ताको ‘सम्झौता’ मा अनुसन्धान रोकिएको थियो ।

प्रधानमन्त्री, मन्त्रीलगायतसँग पटक–पटक हारगुहार गर्नुका साथै दबाबका धर्ना, जुलुस गर्दासमेत सुनुवाइ नभएपछि पीडितले १८ जेठ २०८० मा रिट दायर गरेका थिए । त्यसमा सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गएको २ भदौमा तत्काल अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको थियो । चार महिनापछि प्रहरीले परमादेशको पूर्णपाठ पाएको हो ।

जिल्ला प्रहरीले १५ पुसदेखि पीडित परिवारको बयान लिइरहेको छ । मृतक परिवार र घाइतेसँग थप जाहेरी र बयान लिने तयारी छ ।

७ चैत २०६३ को घटनाबारे ७ जनाले २८ वैशाख २०६४ मा किटानी जाहेरी दिए पनि बौधीमाई–८ का त्रिभुवन साह मात्र पीडित (घाइते) थिए । जाहेरीकर्ता लडाई मुखिया, राजदेव सिंह, जयराम यादव, रामनन्द प्रसाद, जयप्रकाश साह र देवेन्द्र पटेल तत्कालीन माओवादीको जनवर्गीय संगठन मधेशी राष्ट्रिय मुक्ति मोर्चा र वाईसीएलसित सम्बद्ध नेता–कार्यकर्ता हुन् ।

घटना निकै पुरानो भएकाले प्रभावकारी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली झिकाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए । यस घटनामा राजनीतिक दलका नेतासमेत जोडिएकाले जिल्ला प्रहरीले सीआईबीको साथ खोजेको हो । ‘हाम्रोतर्फबाट तीव्र गतिमा अनुसन्धान सुरु भइसकेको छ । बयान लिने, सोधपुछ गर्ने काम भइरहेको छ,’ उनले भने ।

तत्कालीन एसपी (हाल सीआईबीका डीआईजी) भूपेन्द्र खत्रीले जिल्ला प्रहरी रौतहटको प्रमुख भएका बेला भदौ २०७६ मा गौर घटनाको फाइल अध्ययन थालेका थिए । कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलम जोडिएको राजपुर बमकाण्डको अनुसन्धान सकेपछि उनले गौर घटनाको अनुसन्धान बढाउने विषयमा आफ्ना टिममा छलफल गरेका थिए । तर अनुसन्धान अघि नबढ्दै उनको सरुवा भयो । त्यसपछि अनुसन्धान थाती नै रहेको थियो ।

अनुसन्धान अड्किएपछि त्रिभुवन साह, रूपसागर उपाध्याय, रुपैया खातुन र विक्रम पटेल सर्वोच्च पुगेका थिए । उनीहरूले गौर हत्याकाण्ड संलग्नलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन माग गर्दै रिट दायर गरेका थिए । सर्वोच्चले परमादेशका क्रममा जाहेरी दरखास्त दर्तापछि कानुनबमोजिम अनुसन्धान तहकिकातसमेतको कारबाही अगाडि बढाउने कानुनी कर्तव्य प्रहरी कार्यालयको रहेको भनेको थियो ।

जाहेरी दर्ता र अनुसन्धानलाई प्रहरीले ऐच्छिक बनाउँदा सूचना र न्याय पाउने पीडितको हक निस्तेज हुने भन्दै सर्वोच्चले प्रहरीको स्वेच्छाचारी भूमिकामाथि समेत प्रश्न उठाएको थियो । अदालतको परमादेशपछि राजनीतिक प्रतिशोध साध्न जाहेरीमा नाम राखिएको भन्दै दुई महिनाअघि सदरमुकाम गौरमा मसाल जुलुस निकालिएको थियो ।

गौर घटनामा जसपा नेपाल (तत्कालीन मधेशी जनअधिकार फोरम) का अध्यक्ष उपेन्द्र यादव, संविधानसभाका पूर्वसदस्य बबन सिंह, प्रदेशसभाका पूर्वसांसद बाबुलाल साह र किशोरीराय यादव आरोपित छन् । यस्तै, जाहेरीमा किटान गरिएका अन्यमा नागरिक समाजका अध्यक्ष जगन्नाथ केशरी, एमालेका केन्द्रीय सदस्य एवं पूर्वनगर प्रमुख अजय गुप्ता, अर्का पूर्वनगर प्रमुख गौरीशंकर यादव, पूर्वन्यायाधीश बलिरामसिंह कुँवर, पूर्वजिविस सभापति चन्द्रिका सिंह, लोसपाका केन्द्रीय सदस्य अनिल सिंहलगायत छन् ।

आरोपितमध्ये ब्रह्मपुरी घर भएका पूर्वन्यायाधीश कुँवर, गौर नगरपालिकाका पूर्वनगर प्रमुख गौरीशंकर यादव, सरुअठा घर भएका पूर्वजिविस सभापति चन्द्रिका सिंहको मृत्यु भइसकेको छ । सर्वोच्चको परमादेशपछि न्याय पाउने आशा पलाएको पीडित त्रिभुवन साहले बताए । ‘अब गडबड भएन भने अनुसन्धानले तीव्रता पाउला, नियत सफा राखेर प्रहरीले अनुसन्धान पूरा गर्‍यो भने न्याय पाइन्छ भन्ने विश्वास छ,’ उनले भने ।

गौर घटना त्रिभुवनलाई ढाड र खुट्टामा चोट लागेको थियो । आफूमाथि बाँसको फराठा (भाटा) बर्सिरहँदा उनले भागेर ज्यान जोगाएका थिए । सिधै गौर अस्पताल पुगेर उपचार गराएका थिए । ‘घटनालगत्तै प्रहरीमा किटानी जाहेरी दिएका थियौं । सत्ता र शक्तिको आडमा अनुसन्धान नै हुन नदिइएपछि राजधानी र जिल्ला सदरमुकाम पटक–पटक धायौं, धर्ना दियौं, जुलुस निकाल्यौं तर कसैले सुनेन,’ साहले सुनाए, ‘केही नलागेपछि सर्वोच्च अदालतमा गएका थियौं । परमादेशपछि न्यायको ढोका खुलेको महसुस भएको छ ।’

गौर घटनामा ज्यान गुमाएका बौधीमाई–८ का नरधेश्वर उपाध्यायकी श्रीमती रूपसागर उपाध्यायले पनि न्याय पाउने आशा जागेको सुनाइन् । उनी ‘गौर हत्याकाण्ड संघर्ष समिति’ की संयोजकसमेत हुन् ।

पीडित परिवारले तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष यादवलाई गौर घटनाका प्रमुख कसुरदारका रूपमा चित्रण गरेका छन् । उनी पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् । राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदनले पनि तत्कालीन माओवादी र फोरमका कार्यकर्ताबीच भिडन्तमा यति धेरै क्षति हुनुमा फोरम कार्यकर्ताको व्यवहार जिम्मेवार रहेको ठहर गरेको थियो ।

जसपा नेपालका अध्यक्ष यादव पहिले नै छानबिन भइसकेको घटनामा फेरि छानबिन गर्न लागिएकामा प्रश्न उठाउँछन् । ‘गौर घटनाका विषयमा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले समेत छानबिन गरिसकेका छन् । फेरि प्रहरीले छानबिन गर्ने रे ! यो पनि विचित्रको छ, मैले बुझ्न सकेको छैन,’ उनले कान्तिपुरसित भने, ‘तर पनि अनुसन्धानमा सहयोग गर्छु ।’

अध्यक्ष यादवले घटनाको दिन आफू रौतहट नगएको बताए । त्यो दिन आफू काठमाडौंमै बसेको सुनाए । तत्कालीन मधेशी जनअधिकार फोरममाथि माओवादी छापामारले हमला गर्दा दुर्घटना भएको उनले दाबी गरे । ‘त्यो दुर्भाग्यपूर्ण घटना हो । त्यसमा म संलग्न छैन,’ उनले थपे ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (एआईजी) अविनारायण काफ्लेले सर्वोच्च अदालतको परमादेशको पूर्णपाठ अध्ययन गरेर मात्र गौर घटनाको अनुसन्धानका विषयमा बोल्ने बताए । ‘घटना भएपछि प्रहरीले अनुसन्धान र कानुनबमोजिम काम गर्छ,’ उनले भने, ‘त्यस बेला के भएको हो, फरक के थियो, पूर्णपाठ हेरेर मात्र भन्छु ।’ यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending