सुलीकोट। उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर ९प्यान० कार्ड जारी गर्ने पहिलो पालिका बनेको छ । गण्डकी प्रदेशका ८५ वटा स्थानियतहमध्ये चुमनुब्री गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जानकरी दिए।
नेपाल सरकारले गोरखा लगाएत ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेपछि कर सेवा सम्बन्धी सेवाहरु स्थानिय तह र कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत प्रवाह गर्ने व्यवस्था मिलाएको हो । सोहि निर्णय अनुसार चुमनुब्री गाउँपालिकाले स्थानिय तहमै कर सेवा सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेले बताए।
पालिकामा प्यान कार्ड जारी गर्नका लागि बुधबार चुमानुब्री गाउँपालिका र आन्तरिक राजस्व कार्यालय दमौलीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ भने सोहि समझदारी अनुसार गाउँपालिकाबाट स्थायी लेखा नम्बर ९प्यान० र व्यावसायिक स्थायी लेखा नम्बर ९बिगनेस प्यान० अब देखि जारी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
अब देखि गाउँपालिकामा आयकर, मुल्यअभिबृद्धि कर र अन्तशुल्क सम्बन्धी सेवा, दर्ता प्रमाणपत्र तथा इजाजतपत्र प्रदान गर्ने, संसोधन गर्ने र आवश्याक परे सम्बन्धित कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत लामिछानेको भनाई छ ।
कर सेवा सञ्चालनका लागि आवश्याक स्रोत साधन र जनशक्ति ब्यावस्थापन गाउँपालिकाले नै गर्ने छ । आन्तिरिक राजस्व बिभागको पोर्टल प्रयोग गरेर सेवा सञ्चालन गरिने र सो समबन्धी तालिम बिभागले उपलब्ध गराउने सहमति भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।
सेवा प्रभावकारी बनाउन दुबै पक्षबाट एक–एक जना अधिकृत स्तरको फोकलपर्सन तोकिएको छ । पालिकाले गरेको पहलले दुर्गम क्षेत्रका करदातालाई गोरखा सदरमुकाममाम प्यान कार्ड लिन ५ दिन लाएर धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै सहज, छरितो र पहुँचयुक्त सेवा प्रदान हुने चुमनुब्री गाउँपालिका–३ व्यावसायी छिरिङ दोर्जे लामाको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - १७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...
पौष २५ गते, २०८२ - १६:४९
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...
पौष २५ गते, २०८२ - १६:४१
काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...
पौष २५ गते, २०८२ - १६:२१
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...
पौष २५ गते, २०८२ - १६:०७
काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...
पौष २५ गते, २०८२ - १५:५५
वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...
पौष २५ गते, २०८२ - १५:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसा...
पौष २५ गते, २०८२ - १५:१६
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले शुक्रबार जानकारी दिँदै मन्त्री गु...
पौष २५ गते, २०८२ - १५:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहर...
पौष २५ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा। चन्द्र भण्डारी ...




प्रतिकृया लेख्नुहोस्: