सुलीकोट। उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर ९प्यान० कार्ड जारी गर्ने पहिलो पालिका बनेको छ । गण्डकी प्रदेशका ८५ वटा स्थानियतहमध्ये चुमनुब्री गाउँपालिकाले यो सेवा सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले जानकरी दिए।
नेपाल सरकारले गोरखा लगाएत ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेपछि कर सेवा सम्बन्धी सेवाहरु स्थानिय तह र कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत प्रवाह गर्ने व्यवस्था मिलाएको हो । सोहि निर्णय अनुसार चुमनुब्री गाउँपालिकाले स्थानिय तहमै कर सेवा सुरु गरेको प्रमुख प्रशासकिय अधिकृत लामिछानेले बताए।
पालिकामा प्यान कार्ड जारी गर्नका लागि बुधबार चुमानुब्री गाउँपालिका र आन्तरिक राजस्व कार्यालय दमौलीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ भने सोहि समझदारी अनुसार गाउँपालिकाबाट स्थायी लेखा नम्बर ९प्यान० र व्यावसायिक स्थायी लेखा नम्बर ९बिगनेस प्यान० अब देखि जारी गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
अब देखि गाउँपालिकामा आयकर, मुल्यअभिबृद्धि कर र अन्तशुल्क सम्बन्धी सेवा, दर्ता प्रमाणपत्र तथा इजाजतपत्र प्रदान गर्ने, संसोधन गर्ने र आवश्याक परे सम्बन्धित कार्यालयमा सिफारिस गर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत लामिछानेको भनाई छ ।
कर सेवा सञ्चालनका लागि आवश्याक स्रोत साधन र जनशक्ति ब्यावस्थापन गाउँपालिकाले नै गर्ने छ । आन्तिरिक राजस्व बिभागको पोर्टल प्रयोग गरेर सेवा सञ्चालन गरिने र सो समबन्धी तालिम बिभागले उपलब्ध गराउने सहमति भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।
सेवा प्रभावकारी बनाउन दुबै पक्षबाट एक–एक जना अधिकृत स्तरको फोकलपर्सन तोकिएको छ । पालिकाले गरेको पहलले दुर्गम क्षेत्रका करदातालाई गोरखा सदरमुकाममाम प्यान कार्ड लिन ५ दिन लाएर धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै सहज, छरितो र पहुँचयुक्त सेवा प्रदान हुने चुमनुब्री गाउँपालिका–३ व्यावसायी छिरिङ दोर्जे लामाको विश्वास छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...
फाल्गुन २६ गते, २०८२ - १७:०७
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी...
फाल्गुन २६ गते, २०८२ - १६:५४
काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानम...
फाल्गुन २६ गते, २०८२ - १६:४५
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भोलि (बुधबार) भारत जाने तयारीमा छन्। उनी नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा गेस्ट अफ अनरको ...
फाल्गुन २६ गते, २०८२ - १६:३४
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा...
फाल्गुन २६ गते, २०८२ - १६:२७
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारले तोकेको मूल्यभन्दा बढी बिक्री गर्ने जोकोहीलाई...
फाल्गुन २६ गते, २०८२ - १५:५६
सिद्धार्थनगर। रूपन्देहीका विभिन्न स्थानबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ । जिल्ला ...
फाल्गुन २६ गते, २०८२ - १५:४१
रुकुम पश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुम पश्चिमका सभापति मानबहादुर शाहीले पदबाट राजीनामा दिएको छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...
फाल्गुन २६ गते, २०८२ - १५:१७
काठमाडौं। नेपालका अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्ने प्रक्रिया सुरु गरेका छन्। मंगलबार...
फाल्गुन २६ गते, २०८२ - १५:००
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाको जमानत जफत भएको छ । प्रतिनि...



प्रतिकृया लेख्नुहोस्: