काठमाडौँ । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले पार्टी नेतृत्व र पदाधिकारीहरूलाई देश र जनतालाई सङ्कट मुक्त बनाउन एक ढिक्का भएर अघि बढ्न अपिल गरेका छन्।
नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना लगायतका नेताहरूले संयुक्त अपिल जारी गर्दै पार्टीभित्र एकता कायम गर्न आग्रह गरेका हुन्।
अपिलमा भनिएको छ, “नियमित महाधिवेशन वैशाख २८–३१ का लागि तोकिएको र फाल्गुन २१ मा आमनिर्वाचन सम्पन्न हुँदैछ। यस्तो अवस्थामा पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प छैन।”
संयुक्त अपिलमा नेताहरूले देशमा आएको राजनीतिक सङ्कट र पार्टीभित्रको तिक्ततालाई समाधान गर्दै सभापति, कार्यवाहक सभापति र केन्द्रीय समितिको ध्यानाकर्षण गराएका छन्। साथै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई संयमित र जिम्मेवार तरिकाले सहमतिमार्फत अघि बढ्न अनुरोध गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८२ - १७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...
पौष २५ गते, २०८२ - १६:४९
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...
पौष २५ गते, २०८२ - १६:४१
काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...
पौष २५ गते, २०८२ - १६:२१
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...
पौष २५ गते, २०८२ - १६:०७
काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...
पौष २५ गते, २०८२ - १५:५५
वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...
पौष २५ गते, २०८२ - १५:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसा...
पौष २५ गते, २०८२ - १५:१६
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले शुक्रबार जानकारी दिँदै मन्त्री गु...
पौष २५ गते, २०८२ - १५:०७
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहर...
पौष २५ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा। चन्द्र भण्डारी ...




प्रतिकृया लेख्नुहोस्: