Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

रियो ओलम्पिकबाट रित्तो हात घर फर्किने नेपालसहित ११९ मुलुक

\"rio-usa-1st\" काठमाडौं, ६ भदौ । ब्राजिलको रियो दि जेनेरियोमा भएको ओलम्पिक गेममा भाग लिएका राष्ट्रहरुमध्ये नेपाल सहित ११९ राष्ट्र पदविहिन भएर रित्तो हात घर फर्किएका छन् । नेपालसहित पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका पदविहिन हुँदा भारतले भने एक रजत र एक कास्य पदक हात पार्न सफल भयो । रियो ओलम्पिक २०१६ मा अमेरिका पहिलो बन्न सफल भयो । अमेरिकाले ४६ श्वर्ण ३७ रजत र ३८ कास्य गरी १२१ पदक हात पार्यो भने दोस्रो भएको ग्रेट ब्रिटेनले २७ श्वर्ण २३ रजत र १७ कास्य गरी ६७ पदक जित्यो । यसअघिको ओलम्पिकमा सबै भन्दा बढी पदक हात पारेको चीन भने यो पटक तेस्रो बन्न पुग्यो । चीनले २६ श्वर्ण १८ रजत र २६ कास्य गरी ७० पदक हात पर्यो । रसियाले १९ श्वर्ण, १८ रजत र १९ कास्य गरी ५६ तथा जर्मनीले १७ श्वर्ण, १० रजत र १५ कास्य गरी ४२ पदक हात पार्यो भने जापानले १२ श्वर्ण, ८ रजत र २१ कस्य गरी ४१ प्दक हात पार्न सफल भयो । एक कास्य पदक हात परेर पदक जित्नेसहित ७८ देशले उपाधि खातामा नाम चढायो । जसमध्ये श्वर्ण पदक हात पार्नेमा ५४ देश रहेका छन् । २१ देशले एक एक वटा मात्रै श्वर्ण जितेर खातामा नाम चढाउन सफल भए । २०६ राष्ट्रले भाग लिएको ओलम्पिकमा शरणार्थी मुलुकहरुको तर्फबाट एउटा स्वतन्त्र टिमले पहिलो पटक भाग लिएको थियो । माइकल फ्लेक्स शीर्ष पदक विजेता अमेरिकाका पौडीबाज माइकल फ्लेक्स शीर्ष पदक विजेता बनेका छन् । उनले पाँच श्वर्ण र एक रजत पदक हात पारे । उनले पौडीकै छुट्टाछुट्टै पाँच विधामा श्वर्ण जितेका हुन् । अमेरिकाकै कटिया लेडेकी शीर्ष दोस्रो भइन् । उनले चार श्वर्ण र एक रजत हात पारिन् भने शीर्ष तेस्रो पनि अमेरिकाकै महिला खेलाडी सिमोन बिल्स भएकी छन् । जिम्नास्टिककी सिमोनले चार श्वर्ण र एक कास्य हात पारिन् । अर्की पौडीबाज हंगेरीकी कतिन्का होस्जु शीर्ष चौथौं बन्न पुगिन् । उनले तीन श्वर्ण र एक रजत हात पारिन् भने ग्रेट ब्रिटेनका जासाेन केनी शीर्ष पाँचौ भए । साइकिलिङ केनीले तीन श्वर्ण हात पारे । यसैगरी हंगेरीकी डानुटा कोजाक (श्वर्ण ३), अमेरिकाका रायन मुर्फि (श्वर्ण ३), जमैकाका युसेन बोल्ट (श्वर्ण ३), अमेरिकाकी सिमोन म्यानुअल (श्वर्ण २, रजत २) र अमेरिकाकै म्याडेलिन डिराडो (श्वर्ण २, रजत १ र कास्य १) क्रमशः शीर्ष १० खेलाडी भित्र अटाए । कसले कुन पदक जिते (हेर्नुहाेस् तालिका) \"olympic \"olympic \"olympic \"olympic      
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending