Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

प्रिमियर लिगको खेलको पहिलो नतिजा : ठूला क्लबको विजयी सुरुवात

\"premearकाठमाडौं, ३२ साउन । गएसिजनको प्रिमियर लिग विजेता लिचेष्टर सिटीले यस सिजनको पहिलो खेलमा पराजय बेहोरेपछि उपाधि बचाउनेमा शंका गरिरहेकाहरुलाई बल पुगेको छ । गए शनिबारबाट सुरु भएको लिगको पहिलो खेलमा ठुला र धनाढ्य क्लबहरुको बोलवाला देखियो । विश्वका राम्रा भनिएका प्रशिक्षकहरुको समेत केन्द्रीकरण रहेको लिगमा ठुला क्लबहरुको प्रशिक्षकमा उनै नाम चलेका र नम्बरिङ गरिएका प्रशिक्षकहरु छन् । लिगको यससिजनलाई क्लब र खेलाडीहरुको प्रतिष्पर्धाभन्दा पनि क्लबका प्रशिक्षकहरुको प्रतिष्पर्धा हो भन्न थालिएको छ । हुन पनि म्यानेचेष्टर युनाईटेडमा जोसे माउरिन्हो छन् भने लिभरपुलमा क्लोप छन् । आर्सनलमा उनै पुराना प्रशिक्षक निरन्तरतामा रहेपनि उनी कमजोर होइनन् । म्याचेष्टर सिटीले ग्वार्टिओलाई यसपटक भित्र्याएको छ । यी नाम चलेका प्रशिक्षकहरुले समेत लिगमा यसपटक आफ्नो परिक्षा दिनेछन् । यता पहिलो खेलको अंक तालिकामा यसपटक म्यानेचेष्टर युनाईटेडले बार्यन माउथलाई ३–१ ले हराएर गोल अन्तरका आधारमा शिर्ष स्थान बनाएको छ भने दोस्रो स्थानमा लिभरपुल, चेल्सी, हलसिटी, स्वयन्सा र वेष्ट ब्रुम समान ३ अंक र गोल अन्तरमा छन् । लिभरपुलले आर्सनलर्ला, चेल्सीले वेष्टह्याम युनाइटेडलाई, हलसिटीले लिग लिडर लिचेष्टर सिटीलाई, स्वायन्सा सिटीले ब्रुनेलीलाई र वेष्ट ब्रुमले क्रिष्टल प्यालेसलाई समान १ गोलको अन्तरमा हराएका हुन् । यसैगरी लिगको तेस्रो स्थानमा एर्भटन र मिडेलस्ब्राउथ, साउथहप्टन र स्टोक सिटी, स्पर्श र वार्टफोर्टले १/१ को बराबरी खेलेका छन् । पहिलो खेलमा आर्सनल, लिचेष्टर, सण्डरल्याण्ड, वेष्टह्याम, ब्रुनेली क्रिष्टल प्यालेस र ब्राउनमाउथले पराजय बेहोरेका छन् । यो सिजनको लिग उपाधिमा यसपटक भने ठुला क्लबहरुको तयारी ठुलै रहेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending