Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

यसकारण भाँडियो राप्रपा एकता

\"kamal-pashupati\" काठमाडौं, ३० साउन । वैकल्पिक ‘प्रजातान्त्रिक राष्ट्रवादी’ शक्ति बन्ने योजनासहित अघि बढेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टीबीचको एकता तुहिएको छ। उनीहरूले दुई अध्यक्ष व्यवस्था गरेर बाँकी सैद्धान्तिक विषयलाई चैतभित्र महाधिवेशनबाट टुंगो लगाउने सहमति गरेका थिए। आजको नागरिक दैनिकमा खबर छ – त्यसैअनुसार दुवै पार्टीको केन्द्रीय समितिले एकीकरण गर्ने निर्णयसमेत गरिसकेका थिए। तर, एकाएक एकता प्रक्रिया भाँडिएको छ। नेताहरू एक अर्कोविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन्। राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्ष रहने अचम्मको व्यवस्था नै एकीकरण रोक्नुको औपचारिक कारण बनेको छ। ‘दुई अध्यक्ष व्यवस्था गरे पनि त्यसअनुसार एकीकरण हुन सकेन,’ राजनीतिज्ञ लोकराज बरालले भने, ‘दुवै दलमा सैद्धान्तिक मतभेदभन्दा व्यक्तित्वको टकराव देखियो।’ उनका अनुसार अन्य दलमा भन्दा पूर्वपञ्चको दलमा व्यक्तिगत स्वार्थले कोसँग मिल्ने वा नमिल्ने विषयलाई अलि बढी नै निर्धारण गर्छ। एकीकृत पार्टीको राष्ट्रिय अध्यक्ष हुने सहमति भएका राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले अन्तरिक विधानमा कार्यविभाजनको स्पष्ट व्यवस्था भए मात्रै एकीकरण हुने बताएका छन्। राप्रपा नेपालले भने बाह्य शक्तिकेन्द्रको चलखेलको कारण एकीकरण हुन नसकेको बताएका छन्। दुवै दलको शीर्ष तहमा रहेका पञ्चायती पृष्ठभूमिका अधिकांश नेताले सत्ताको विषयमा सधैं कलह सिर्जना गर्नुका साथै पार्टी विभाजनसमेत गर्दै आएको इतिहास छ। २०४७ जेठ १५ गते पूर्वपञ्चले एकै दिन सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द नेतृत्वमा एकै नाम ९राष्ट्रिय प्रजातन्त्र पार्टी० का दल गठन गरेका थिए। त्यसको एक वर्षपछि भएको निर्वाचनमा चन्दको दलले तीन स्थानमा जित हासिल गरेको थियो भने थापा नेतृत्वको दलले एक स्थानमा चित्त बुझाएको थियो। त्यसको एक वर्षपछि दुवै दल एकीकृत भए। २०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि २० स्थान जितेको राप्रपाका हातमा सत्ताको साँचो आइपुग्यो। तर, त्यही साँचो नै राप्रपाको फुटको कारण बन्यो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending