Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

नेदरल्याण्डसँग नेपालको लज्जाजनक हार

\"nepal-sarad काठमाडौं, २९ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शनिवार नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले लज्जाजनक हार ब्यहोरेको छ । नेदरल्याण्डसँगको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । लिग ब्याम्पियसिपमा नेदरल्याण्ड अपराजित रहँदै आएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर १ बलमा आलआउट हुँदै मात्र ९४ रन मात्र जोडेको थियो । नेपालका कप्तान पारस खड्का सून्य रनमै आउट भएपछि नेपाली टोली धरमराएको हो । पारसपछि उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल पनि सम्हालिएर खेल्न सकेनन् । उनले १२ बलमा मात्र ११ रन बनाएर पेभेलिएन फर्किए । यस्तै, नेपालका लागि अनिल मण्डल ३९ बलमा २० रन बनाएर आउट भए भने सागर पुन ७ रन र राजु रिजाल ३ रन बनाएर आउट भए । विनोद भण्डारी १९ बलमा ९ रन बनाएर आउट भए । शरद भेषवाकरले ७१ बलमा मात्र १४ रन जोडे । यस्तै सोमपाल कामी २८ बलमा १२ रन, सन्दिप लामिछाने १ रन जोडेका थिए । नेदरल्याण्डस्का मिचेल रिप्पोन, भ्यान डर गगटेनले ३– ३ विकेट लिए तथा भ्यान डर मर्वीले २, मुदासार बुखारी र भ्यान मिकिरेनले १ – १ विकेट लिएका थिए । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १६ ओभर ५ बलमै मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेदरल्याण्ड्सका स्टेफेन माईब्रगले ३३ र वेस्ले वारेसीले ३७ रन बनाए । नेपालका करण केसी, बसन्त रेग्मी र सागर पुनले एक एक विकेट लिएका थिए । प्रतियोगितामा नेपाल र नेदरल्याण्डसहित हङकङ, पपुवा न्युगिनी, स्कटल्याण्ड, केन्या, नामिबिया र संयुक्त अरब इमिरेट्स युएई गरी ८ राष्ट्र सहभागी छन् । अहिलेसम्म खेलेका ६ खेलमा चार खेल जितेको नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । ६ खेलमा चार खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अंकसहित छैटौं स्थानमा छ । यसअघि भएका पहिला चार खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो भने काठमाडौंमा भएको नामिबियासँगको खेलमा नेपालले जित हात पारेको थियो । नेपालले नेदरल्याण्ड्ससँग नै दोस्रो खेल सोमबार सोही मैदानमा खेल्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending