Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

आजै त्याग्नुस्, यस्ता १० बानीः जसले तपाईको क्रेज घटाउँछ

\"chewingकाठमाडाैं, २७ साउन । आफूलाई सबैले मन पराऊन् भनेर मानिसले धेरै क्रियाकलाप गर्दछन् । तर तिनै क्रियाकलापका कारण आफू अप्रिय भएको मानिसलाई थाहा नहुन पनि सक्दछ । त्यसकारण यहाँ यस्ता केही क्रियाकलाप वा बानीबारे जानकारी दिएको छ जसका कारण तपाईलाई धेरैले मन नपराउन सक्दछन् । १. फेसबुकमा धेरै फोटो हाल्ने हालै गरिएको एक अध्ययनले जो मानिसले फेसबुकमा बढी फोटो हाल्छन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यस्ता मानिसबाट धेरैजना वाक्क हुने गरेको अध्ययनले पत्ता लगाएको थियो । २. सबैसँग ठीक्क हुने सबैसँग राम्रो बोल्नु वा राम्रो व्यवहार गर्नु राम्रो हो । तर सबैसँग जतिबेला पनि राम्रो हुन खोज्नु भनेको बेइमानी हो । यदि तपाईले पनि यस्तो गर्नुहुन्छ भने तपाईले देखाउने सज्जनता वा इमान्दारितामाथि मानिसले शंका गर्न थाल्दछन् । कहिलेकाही नराम्रो हुनु पनि राम्रो मानिन्छ । त्यसकारण सबैसँग राम्रो हुन यस्तो व्यवहार नगर्नुहोस् । ३.मनको कुरा लुकाउने मुस्कुराएर आफ्नो कुरा लुकाउनु भन्दा रिसाएर कुरा राख्नु राम्रो मानिन्छ । यदि तपाईले आफ्ने भावना वा विचारलाइई अरुसामु प्रष्ट राख्नेभो भने तपाईलाई अरुले बुझ्न सक्छन् । जसले गर्दा तपाईको इमानदारिता पनि बढ्छ । ४. छलफल वा गफ गर्दा मोबाइल चलाउने प्रायः मानिसले छलफल वा गफ गर्दा आफ्नो मोबाइल चलाउने गर्दछन् । तर यो बानीले गर्दा कुरा गरिरहेको अर्को मानिसलाई चित्त बुझिरहेको हुदैन । गफ गर्दै मोबाइल खेलाउँदा छलफल वा गफमा तपाईको कुनै रुचि नरहेको भन्ने बुझिन्छ । ५. हाँसो ठट्टा वा मजाक नगर्ने विभिन्न कम्पनीमा गरिएको एक अनुसन्धानले जो मानिस चाहिनेभन्दा गम्भीर हुन्छन् र हाँसो ठट्टा गर्दैनन् त्यस्ता मानिसलाई धेरैले मन नपराउने देखाएको थियो । यहाँसम्म कि प्रेम तथा वैवाहिक सम्बन्धमा रमाइलो वा हाँसीमजाक नभएका कारण सम्बन्ध बिग्रिएको पनि अध्ययनका क्रममा पत्ता लागेको छ । ६.जतिबेला पनि निराश हुने जतिबेला पनि निराश वा दुखी हुने मानिसले आफ्नो इमेज वा छवि विगारिरहेको हुन्छ । विशेषगरी अफिसमा काम गर्ने मानिस निराश वा बेखुशी देखिएमा अरुले त्यस्तो मानिस असक्षम भएको र त्यस्तो मानिसले कसैलाई पनि विश्वास नगर्ने भन्ने बुझ्दछन् । ७. नहाँस्ने वा नमुस्कुराउने जो मानिस मुस्कुराउँछ वा हाँस्दछ त्यो मानिस सबैको प्रिय हुन्छ । यदि पहिलो भेटमा तपाई मुस्कुराउनु भयो भने तपाईलाई भेट्ने मानिसलाई तपाईको अनुहार भुल्न निकै कठिन हुन्छ । तर दुखद अवसरमा मुस्कुराउँनु राम्रो मानिदैन किनभने यस्तो अवसरमा हाँस्दा वा मुस्कुराउँदा तपाई संवेदनाहीन वा क्रुर मानिस हो भन्ने सन्देश जान्छ । ८. अरुको कुरा गर्ने वा कुरा काट्ने कसैकसैको बानी नै अरुको कुरा काट्ने हुन्छ । तर यस्ता मानिसलाई धेरैले मन पराउँदैनन् । यसको कारण के हो भन्दा एउटाको कुरा काट्ने मानिसले अर्कोको पनि कुरा काट्छ । यदि तपाईले कसैसँग कसैको कुरा काट्नु भएको छ भने कुरा सुनिरहेको मानिसलाई तपाईले उसका बारेमा पनि अरुसँग कुरा काट्नुहुन्छ भन्ने परेको हुन्छ । ९. चाहिनेभन्दा बढी नम्र हुने नम्रता राम्रो गुण हो । तर चाहिनेभन्दा बढी नम्र हुनु निकै खराव मानिन्छ । अरुले तारीफ गरुन् भनेर जतिबेला पनि नम्र हुँदा धेरैलाई मन परिरहेको हुदैन । त्यही भएर धेरै नम्र हुने व्यक्तिलाई कसैले पनि मन पराउँदैनन् । १०. नङ टोक्ने वा नाक कोट्याउने सार्वजनिक ठाँउमा बस्दा वा हिड्दा दाँतले नङ टोक्ने वा औंलाले नाक कोट्याउने बानीले तपाईको व्यक्तित्वमा नकरात्मक असर पर्दछ । त्यसकारण यो बानी छ भने हटाइहाल्नुहोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending