Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

उदयपुर सिमेन्ट उद्योग फेरि बन्द

\"udaypur-cement-factory\"उदयपुर, २४ साउन  । मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा अवस्थित देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ । उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताएका छन् । दुई हप्तादेखि उद्योगबाट सिमेन्ट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले रु १० करोडको घाटा व्यहोर्नुपरेको उद्योगका सहायक प्रबन्धक नवलकिशोर साहले बताए । उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि उक्त चैनको पुनः मर्मत गर्न भारत लान परेको कारण उद्योग बन्द भएको कर्मचारी बताउँछन् । चार महिना अघि पनि यसरी नै मिलको गियरचैन बिग्रँदा उद्योग झन्डै २५ दिन उद्योग बन्द हुन पुगेको कर्मचारी बताउँछन् । उक्त समयमा पनि उद्योगले झन्डै रु २० करोड घाटा व्यहोर्नुपरेको थियो । तर वर्षभरि नै उद्योगको मिलको गियरचैन बिग्रने र उद्योग बन्द हुँदा घाटामा जाने गरेको भए तापनि उद्योगको लागि जापानबाट नयाँ गियरचैन ल्याउने कार्यतर्फ उद्योग प्रशासन तथा मन्त्रालय गैरजिम्मेवारी हुँदा यस्तो समस्या आएको उद्योगका एक कर्मचारीले बताए । बिग्रेको गियरचैन र मेसिन मर्मत गर्नुभन्दा पनि जापानबाट नयाँ मेसिन खरिद गरेर ल्याए दसौँ वर्ष उद्योग निरन्तर चल्ने उद्योगका तल्ला तहका कर्मचारीको धारणा छ । तर पुरानो मेसिन मर्मत गर्ने र भारतमा लगेर मर्मत गर्ने नाममा कमिसन खान पाउने हुनाले जिम्मेवार व्यक्तिले नै नयाँ मेसिन र गियरचैन खरिद गरेर ल्याउन नचाहेको आरोप तल्ला तहका कर्मचारीको रहेको छ । विसं २०४४ मा जापान सरकारको सहयोगमा स्थापना भएको उदयपुर सिमेन्ट उद्योग एसियाको दोस्रो ठूलो र नेपालको पहिलो ठूलो पूर्णरुपमा सरकारी स्वामित्वमा रहेको सिमेन्ट उद्योग हो । यसको सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ८०० मेट्रिक टन रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: