Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

ओली र रन्जित रेबीच गोप्य भेटवार्ता : के भयो कुराकानी ?

\"oli काठमाडौं, २३ साउन । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा हुने अस्वाभाविक चलखेल आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । एमाले मुख्यालय धुम्बाराहीमा आइतबार भएको भेटमा ओलीले भारतीय राजदूत रन्जित रेसँग यस्तो धारणा व्यक्त गरेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – ‘हाम्रो पार्टी छिमेकी मुलुकसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा छ । नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेल स्वीकार्य छैन, ओलीले भने । उनले आफूहरू सबैको हित गर्ने भएको र आफूहरूको आन्तरिक मामिलामा पनि कतैबाट हस्तक्षेप हुन नहुने बताए । स्रोतका अनुसार रेले ओलीलाई भेट्न उनको निजी निवास बालकोट नै आउन इच्छा गरेका थिए । तर ओलीले पार्टी कार्यालय धुम्बाराहीमा भेट गर्ने व्यवस्था मिलाएका थिए । राजदूत रेले ओलीसँग नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी भएको र नेपालसँग सहकार्य जारी राख्ने बताएका थिए । ओली र रेबीच आधा घन्टा भएको गोप्य भेटमा ओलीले बारम्बार नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले नेपाली जनताले गरेको निर्णयको सबैले सम्मान गर्नुपर्ने बताएका थिए । उनले आफूहरू छिमेकीलगायत सबै मित्रराष्ट्रको भलो चिताउने भएकाले अरूबाट पनि त्यस्तै अपेक्षा गरेको बताएको जानकारी स्रोतले दियो । स्रोतका अनुसार राजदूत रेले नेपाल भारतको अभिन्न मित्र भएकाले यसको सार्वभौमसत्ता र नेपाली जनताले गर्ने निर्णयलाई सम्मान गर्दै अगाडि बढ्ने जबाफ दिएका थिए । ओलीले भने विगतमा केही समस्या रहेको नेपाल–भारत सम्बन्धलाई आफ्नो नेतृत्वको सरकारले सामान्य बनाएको र सबैसँग समानताका आधारमा मित्रवत् सम्बन्ध राख्न सफल भएको बताएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ओलीलाई भेट्न चीनका राजदूत ऊ चुन्ताई बालकोट पुगेका थिए । ओली प्रधानमन्त्रीबाट हटेपछि भारतीय राजदूत रेले पनि भेटेका हुन् । एमाले प्रचार विभागका तर्फबाट सचिव विष्णु रिजालले विज्ञप्ति जारी अध्यक्ष ओलीसँग नेपालका लागि भारतीय राजदूत रेले शिष्टाचार भेट गरेको जनाएका छन् । ुपार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे भएको भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । भेटका अवसरमा अध्यक्ष ओलीले आफ्नो पार्टी छिमेकी मुलुकहरूसँग हार्दिक र मित्रतापूर्ण सम्बन्धका पक्षमा रहेको उल्लेख गर्दै नेपालको आन्तरिक राजनीतिमा हुने कुनै पनि अस्वाभाविक चलखेल स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । त्यस्ता चलखेलले परिस्थितिलाई जटिल बनाउने भएकाले सबैले सतर्कताका साथ काम गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो,ु विज्ञप्तिमा उल्लेख छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending