Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

बुधबार यसरी पाउँदैछ देशले नयाँ प्रधानमन्त्री

\"puspakamalकाठमाडौं, १८ साउन । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको औपचारिक प्रयास असफल भएपछि बुधबार संसद्ले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय व्यर्थ भएपछि बहुमतीय सरकार गठनका लागि सोमबार संसद्लाई पत्राचार गरेकी हुन् । सभामुख ओनसरी घर्तीले संसदको सोमबारको बैठकमा नयाँ सरकार गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउँदै प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गर्न संसदका महासचिवलाई निर्देशन गरेकी हुन् । संसद् सचिवालयले सोमबारै प्रकाशित गरेको निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदका लागि बुधबार सदनमा हुने निर्वाचनमा उम्मेदवार बन्न चाहने सांसदले मंगलबार बिहान ११ देखि अपराहन ४ बजेभित्र उम्मेदवारी दर्ता गराउनुपर्ने छ । संसदको नियमावलीअनुसार व्यवस्थापिका संसदको कुनै पनि सदस्यले एक प्रस्तावक र एक समर्थकको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गराउन सक्छन् । निर्वाचन कार्यक्रमअनुसार मंगलबार साँझ नै उम्मेदवारको सूची प्रकाशित हुनेछ । संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदमा एक उम्मेदवारी दर्ता भएमा पनि सदनमा मत विभाजन गर्नुपर्छ । त्यसमा प्रस्तावमाथिको संक्षिप्त छलफलपछि प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन (सांसदको वर्णानुक्रम अनुसारको नामावलीमा हस्ताक्षर गर्ने) प्रक्रिया अपनाइन्छ । यस्तो प्रक्रियामा संसद्मा तत्काल बहाल रहेको कुल सदस्य संख्या ९दुई निलम्बितसमेत ५ सय ९५० को बहुमत (२ सय ९८ सदस्यको समर्थन) प्राप्त गरेमा उम्मेदवारी दिने व्यक्ति प्रधानमन्त्री पदमा निर्वाचित भएको घोषणा हुन्छ । एकमात्रै उम्मेदवारी परेको अवस्थामा पनि सदनको बहुमत प्राप्त नभएको अवस्थामा सभामुखले जारी निर्वाचन प्रक्रिया अन्त्य भएको घोषणा गरी नयाँ प्रक्रिया थाल्नुपर्छ । दुई वा दुईभन्दा बढी उम्मेदवार भएमा उम्मेदवारी प्रस्ताव माथिको संक्षिप्त छलफलपछि सबै प्रस्तावलाई एकैपटक निर्णयार्थ पेस गरिन्छ । नयाँ सरकार गठनका लागि संसदको सबैभन्दा ठूलो दल कांग्रेस र तेस्रो दल माओवादी सम्मिलित गठबन्धन बनिसकेकाले बुधबार एकै चरणमा प्रधानमन्त्री चयन हुने निश्चितै छ । गठबन्धनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । संसद्मा कांग्रेसको २ सय ७ र माओवादीको ८० (सभामुखले मतदान नगर्ने, एक निलम्बितबाहेक) सिट छ । गठबन्धनलाई आन्दोलनरत मधेसी मोर्चा (३९ सिट) ले समर्थन गर्ने जनाइसकेकाले दाहालका पक्षमा सहज बहुमत देखिन्छ । गठबन्धनलाई नेकपा (संयुक्त) लगायतका साना दलहरूले पनि समर्थन गर्नेछन् । संविधान जारी भएपछि संसद्मा प्रधानमन्त्रीका लागि निर्वाचन हुन लागेको यो दोस्रो पटक हो । संविधान जारी भएलगत्तै निर्वाचित प्रधानमन्त्री केपी ओलीले असार २९ मा पदबाट राजीनामा गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । दाहालले प्रधानमन्त्री पदका लागि कांग्रेसले समर्थन गर्ने निश्चित भएपछि नौ महिनाअघि आफ्नै प्रस्तावमा गठित एमाले अध्यक्ष ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाअघि नयाँ सरकार गठनमा रहेको संवैधानिक अडान हटाउने कदम चालेका थिए । मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपतिबाट जारी भएको बाधा अडकाउ फुकाउ आदेशले संविधान जारी भएको सात दिनभित्र संक्रमणकालीन सरकार गठन गर्ने संविधानको धारा २९८ को प्रावधानअनुसार अर्को सरकार गठनको ढोका खोलेको हो । संसद्बाट प्रधानमन्त्री निर्वाचित गर्न त्यस्तो आदेशको आवश्यकतै नभएको बताए पनि कांग्रेस–माओवादीसहितको समर्थनमा संसद्बाट बाधा अडकाउ फुकाउ आदेश अनुमोदन भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending