Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

हिलारीले नेपालबारे लेखेकी थिइन् : शाही परिवारलाई माओवादी भन्दा दरबारभित्रैबाट बढी खतरा थियाे

\"birendra-660x330-750\" काठमाडाैं, १७ साउन ।  अहिले अमेरिकामा राष्ट्रपति निर्वाचनको माहोल अत्यन्त तातेको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी इतिहासमा पहिलोपटक महिला उम्मेदवारलाई राष्ट्रपति निर्वाचनको रेसमा उभ्याएको छ । उनी सन् १९९५ मा छोरी चेल्सीसँग नेपाल भ्रमणमा पनि आएकी थिइन् । त्यतिवेला उनी अमेरिकी प्रथम महिला थिइन् । सन् २००३ मा प्रकाशित उनको आत्मकथा ‘लिभिङ हिस्ट्री’मा उनले नेपाल भ्रमणबारे पनि लेखेकी छिन् । आजको मध्यपृष्ठमा त्यही पुस्तकको नेपाल सन्दर्भको अनौपचारिक अनुवाद : अर्को दिन समुद्री सतह (गुजरात)बाट हामी नेपालको राजधानी काठमाडौंका लागि उड्यौँ । त्यो उडानमा पनि मैले अघिल्लो दिनका कुरा सम्झिरहेकी थिएँ । हिमाल–पहाडबीच करिब ४२ सय फिटको उचाइमा अवस्थित काठमाडौं वरपरबाट पहाडहरूले घेरिएको छ । अमेरिकाको साल्ट लेक सिटीजस्तै उचाइमा भएको काठमाडौंबाट एउटा सफा दिनमा हिउँले ढाकिएका मनमोहक चुचुराहरू देखिन्छन् । नेपालको भौगोलिक बनावट तथा दृश्य विश्वकै सबैभन्दा सुन्दर दृश्यमध्ये एक हो । तर, मानव बसोवास भएका यहाँका ठाउँहरूमा अत्यन्त भीडभाड छ । यहाँ मानव फोहोर प्रांगारिक मलका रूपमा प्रयोग गरिन्छ र सफा पिउने पानी पाउन कठिन छ । कतिसम्म भने मैले भेटेका सबै अमेरिकीले एउटा न एउटा रोगलाई पराजित गरेका थिए । नेपालमा केही समय बिताएपछि उनीहरूलाई विभिन्न रोग लागेको र त्यसलाई जितेको कथा उनीहरूसँग थियो । मानौँ, यो एउटा अनिवार्य परिघटना हो र उनीहरू त्यसलाई आत्मसात् गरिरहेका छन् । मसँग भेट भएका पिस कोप्र्सका सदस्यहरूले पनि टिसर्ट लगाएका थिए, जसमा उनीहरूले जितेका रोगहरूको सूची थियो । \"living-history-750\"यही डरका कारण हामीले नेपालमा अत्यन्त धेरै सावधानी अपनायौँ । यो यसकारण पनि आवश्यक थियो कि हामी यात्राको आधाआधीतिर थियौँ र हामी बाँकी यात्रा गुमाउन चाहँदैनथ्यौँ । एक दिन मात्र पनि बिरामी परिएको खण्डमा यात्राका सारा कार्यक्रम प्रभावित हुने थिए । हामीले यही कुरा आयोजकलाई पनि जानकारी दिएका थियौँ । त्यसैले पनि उनीहरू हाम्रा चासोलाई सम्बोधन गर्न दत्तचित्त भएर लागे । ‘मम, तपाईं विश्वास गर्नै सक्नुहुन्न, सेक्रेट सर्भिस एजेन्टहरूले मलाई जे भनेका छन्, त्यो तपाईं पत्याउनै सक्नुहुन्न,’ अचम्म मान्दै छोरी चेल्सीले पहिलो दिनमै भनी, ‘उनीहरूले भने– हामी आउनुअघि स्विमिङ पुल पूरै सुकाइयो र त्यसमा बोतलको पानीले भरियो ।’ मैले त्यो सही थियो वा थिएन भनेर कहिल्यै खोजी गरिनँ, तर त्यसो गरिएकै हुन्थ्यो भने पनि त्यसले मलाई आश्चर्यचकित पार्ने थिएन । राजदरबारमा शिष्टाचार भेटका क्रममा राजा वीरेन्द्र वीरविक्रम शाहदेव र रानी ऐश्वर्याले मलाई भुइँमा ठूलो बाघको छाला ओछ्याइएको कक्षमा स्वागत गरे । रानीसँग त विमानस्थलमा पनि भेट भएको थियो र उनले मसँग कुराकानी गर्न आफू प्रतीक्षारत रहने बताएकी थिइन् । मैले सोचेकी थिएँ, रानीसँग नेपालको स्वास्थ्य सेवा तथा किशोरीहरूको शिक्षाका बारेमा मज्जाले कुराकानी गर्नेछु, तर दरबारमा उनीसँग कुरा गर्न पाइएन । दरबारमा भएको त्यो भेटमा सबै कुरा राजासँग मात्र भयो । रानी अधिकांश समय हाम्रो कुराकानी सुनेर मात्र बसिन् । केही वर्षअघि मात्र उनले नेपाललाई लोकतान्त्रिक बाटोतर्फ लैजान आफ्ना केही अधिकार दलहरूलाई दिएका थिए । त्यसवेला यो राष्ट्र प्रतिनिधिमूलक सरकार संस्थागत गर्ने संक्रमणबाट गु्रजिरहेको थियो र उनी सम्भावित अमेरिकी सहयोग र लगानीबारे कुराकानी गर्न खोजिरहेका थिए । त्यसवेला नेपालका ग्रामीण भूभागले माओवादी गुरिल्लाहरूबाट हिंसा र अशान्ति भोगिरहेको पनि थियो । तथापि, शाही परिवारलाई माओवादी गतिविधिभन्दा दरबारभित्र रहेका विकृतिबाट बढी खतरा थियो । अहिले पनि विश्वास गर्न गाह्रो भइरहेको छ, केही वर्षपछि राजा र रानीसहित राजाको पारिवारका आठ सदस्यको त्यही दरबारमा गोली हानी हत्या भयो । आधिकारिक रिपोर्टहरूका अनुसार उनीहरूका हत्यारा युवराज थिए, जो आफ्नी प्रेमिकालाई बिहे गर्न नपाएकोमा आक्रोशित भएका थिए । भोलिपल्ट सबेरै, चेल्सी र म सहरभन्दा माथि पहाडमा लामो पैदलयात्राका लागि गयौँ । मानिसहरू हामी अघि बढेको हेर्न सडकका दायाँ–बायाँ उभिएका थिए । उज्याला आँखा भएकी करिब १०–११ वर्षकी केटीले हाम्रो साथ दिई । तिनी टुटेफुटेको अंग्रेजीमा कुराकानी गर्थिन्, धेरैजसो न्युयोर्क सिटी वा क्यालिफोर्नियाको नाम लिन्थिन्, जसलाई उच्चारण गर्नेक्रममा ‘ठूलो’ वा ‘सुखद’जस्ता विशेषण जोड्थिन् । त्यसपछि तिनी यसरी समर्थनमा टाउको हल्लाउँथिन् अथवा हाँस्थिन्, मानौँ हामी लामो कुराकानी गरिसकेका पुराना मित्र हौँ । हामी जति–जति माथि गयौँ, मैले देखेँ– कसरी सम्पूर्ण जमिन केही न केही प्रयोजनका लागि सदुपयोग भएको थियो, आवास निर्माण गर्न, गरा–गरा बनाएर खेती गर्न वा बुदिस्ट गुम्बाहरू बनाउन । मैले हाम्रो सबैभन्दा नजिकको गुम्बामा बजेको घन्टीको आवाज सुनेँ र फहराइएका सेता पवित्र ध्वजापताका देखेँ । जब हामी फर्कियौँ, उक्त केटीका बाबु हामीलाई पर्खिरहेका थिए । त्यसवेला, मैले थाहा पाएँ, ती केटी केहिल्यै स्कुल गएकी छैनन् । तर, उनले पर्यटकहरू तथा पदमार्गीको सरसंगतबाट थोरबहुत अंग्रेजी सिकेकी थिइन् । ती केटीका बाबुका अगाडि मैले उनको बुद्धिमता र जिज्ञासु स्वभावको तारिफ गरेँ, तर उनले मेरो कुरा राम्ररी बुझे होलान् भन्नेमा मलाई द्विविधा छ । कृतज्ञता वा चासो व्यक्त गर्न पैसा दिनु पर्याप्त हुन्थ्यो भन्ने मलाई पनि लाग्दैनथ्यो, त्यसैले मैले उनकी छोरी मूल्यवान् छिन् भन्ने बुझेँ भन्ने उनका बाबुले बुझून् भन्ने चाहेँ । मैले उनको काम, नैतिकता र कुशलताले उनको परिवारको स्थितिमा सुधार आउने विश्वास व्यक्त गरेँ । मैले उनका लागि अलग खालको विकल्पको खोजी गर्नका लागि प्रेरित गर्न कोसिस गरेँ । मलाई वेला–वेला लाग्छ, पछि उनी के भइन् होला, उनले के गरिन् होला ? \"GTY_hillary_clinton_kab_150508_16x9_992-750\" त्यो बिहानको अबेरतिर हामी महिलालाई लक्षित गरेर सञ्चालित स्वास्थ्य क्लिनिक हेर्न गयौँ, जुन नेपालमा बसोवास गरिरहेकी अमेरिकी महिलाले स्थापना गरेकी थिइन् । नेपालमा संसारकै सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर छ, प्रति एक लाख जन्ममा आठ सय ३० । विश्वमा यो सरदर चार सय छ भने अमेरिकामा त मात्र सातजना । युएसएड, सेभ द चिल्डे«न र नेपाल सरकारको साझेदारीमा चलेका यी क्लिनिकहरूमा रोकथामका लागि साधारण प्रविधिको प्रयोग गरिन्थ्यो । त्यस्तै, उक्त क्लिनिकले गर्भवती महिला तथा सुडेनीका लागि ‘घरमै सुत्केरी गराउने सामग्री’ वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गथ्र्यो । त्यसमा सुत्केरी गराउँदा सुताउने प्लास्टिकको टुक्रा, एउटा साबुन, सानो रस्सी, सुडेनीलाई हात तथा भाँडाकुँडा धुने साबुन, सफा रेजर ब्लेड, गर्भनाल बाँध्नका लागि आवश्यक पर्ने तार संलग्न हुन्थ्यो । यत्ति सामग्रीले पनि एउटी आमा र उनको बच्चाको जीवन बचाउन ठूलो भूमिका खेल्थ्यो । बाटोमा परेको नेपालको दक्षिणी क्षेत्रमा पर्ने चितवन राष्ट्रिय निकुञ्जमा चेल्सी र मैले हात्ती चढ्यौँ । इमानदारीपूर्वक भन्ने हो भने त्यहाँ फोटो खिचिनेछ भन्ने मलाई थाहा थिएन, अन्यथा म जिन्सको पाइन्ट लगाउने थिएँ । मैले त ‘आउट अफ अफ्रिका’मा बयान गरेजस्तो खाकीको सर्ट, स्कर्ट र ह्याट लगाएकी थिएँ । चेल्सी र मैले हात्तीमाथि चढेर दुर्लभ एसियाली गैँडा हेरिरहेको फोटो संसारभरि पुग्यो । पछि, जब हामी वासिंटन फर्कियौँ, जेम्स कारभिल्ले (डेमोक्रेटिक पार्टीसँग सम्बद्ध राजनीतिक समीक्षक) ले ठट्टा गरे– के तपाईंलाई त्यो मन पर्यो ? तपाईंले जनताले उत्तम स्वास्थ्य सेवा पाऊन् भनेर दुई वर्ष व्यतीत गर्नुभयो, तर उनीहरूले तपाईंलाई मार्न पो खोजे । तपाईं र चेल्सीले हात्ती चढ्नुभयो र तिनले तपाईंलाई माया गरे !’ नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending