Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

सरकारमा जान आतुर गच्छदारको यस्तो छ उपेन्द्र यादवलाई प्रश्न

\"bijayakumar काठमाडौं, १७ साउन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अबको सरकारमा जान कुनै दल वा समूहको सर्तले नरोकिने बताएका छन्। संघीय गठबन्धन संयोजक उपेन्द्र यादवलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्। पार्टीको सातौं वार्षिकोत्सव कार्यक्रममा बोल्दै आइतबार गच्छदारले आफ्नो पार्टी राष्ट्रिय सहमतिको पक्षमा रहेकाले त्यसविपरीत हुने कुनै काम नगर्ने स्पष्ट पारे । आजको कान्तिपुर दैनिकमा खबर छ– ‘संविधान कार्यान्वयनका लागि सहमतिको विकल्प छैन, कसैले कसैलाई निषेधको राजनीति नगरौं,’ उनले भने, ‘सुन्दैछु उपेन्द्रजी (यादव) मधेसी मोर्चाका माग सम्बोधन गर्ने हो भने अब बन्ने सरकारले विजय गच्छदारलाई सरकारमा जान रोक्नुपर्ने भन्दै हुनुहुन्छ । यो गैरराजनीतिक सोच हो । मोर्चाले सक्छ भने राजनीतिक मागका आधारमा आफूलाई उभ्याओस्।’ उनले ‘मोर्चाले कुनै बेला उठाएको एक मधेस एक प्रदेशको माग अहिले कता हरायो ?’ भनी प्रश्नसमेत गरे। ‘एक मधेस प्रदेशवालाहरूले आफ्नो मागमा किन झुक्ने ? मेरो पार्टीको त त्यो मान्यता होइन,’ गच्छदारले भने, ‘उहाँहरू किन फेर्नुहुन्छ अडान, मैले बुझ्न सकेको छैन।’ कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव र अर्का नेता जितेन्द्रनारायण देवले मन्तव्य राखेका थिए । सात वर्षअघि यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम फुटाएर गच्छदारले फोरम लोकतान्त्रिक गठन गरेका थिए। दुई नेताबीच त्यसयता निरन्तर तिक्त सम्बन्ध छ। केही दिनअघि यादवले गच्छदार र कमल थापा नेतृत्वको राप्रपा नेपाल परिवर्तनविरोधी भएकाले अबको गठबन्धनमा नलिन माओवादी र कांग्रेस नेतालाई आग्रह गरेको समाचार आए पनि यादवले कान्तिपुरसँगको कुराकानीमा त्यो सही नभएको दाबी गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending