Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

प्रचण्डविरुद्ध को–को उभिदैछन् संसदमा ?

\"prachanda3-600x330\"काठमाडौं, १७ साउन । एमालेले प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक गृहकार्य थालेको छ । ‘सशक्त प्रतिपक्ष’को भूमिकाका लागि पनि उम्मेदवारी दिनुपर्ने निष्कर्ष उसको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिने विषयमा अनौपचारिक छलफल भएको थियो । ‘जो भए पनि पार्टीभित्रैबाट उम्मेदवार उठाउनु उपयुक्त हुन्छ भन्ने अनौपचारिक छलफल भएको छ,’ एक पदाधिकारीले भने, ‘यसबारे स्थायी समिति बैठकमा थप छलफल हुनेछ ।’ प्रमुख सचेतक भानुभक्त ढकालले भने उम्मेदवारीको सम्भावना रहे पनि नेताहरूबीच छलफल भइनसकेको दाबी गरे । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले उम्मेदवार बन्न उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रस्ताव गरेका छन् । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष गौतमलाई उम्मेदवार बनाउन सकारात्मक छन् । सहयोगी दलसँगको छलफलपछि निर्णय सरकारमा अन्तिमसम्म साथ दिएका राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दललगायतसँग छलफल गरेपछि प्रधानमन्त्रीमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिने एमालेको तयारी छ । ‘नेताहरूले सरकारमा सहयोग गरेका दलसँग पनि छलफल गरेर उम्मेदवारीबारे अन्तिम टुंगो लाग्छ,’ प्रमुख सचेतक भानुभक्त ढकालले भने । प्रधानमन्त्री केपी ओलीले आफूले राजीनामा दिएलगत्तै बहुमतीय प्रक्रियामा जानुपरे प्रधानमन्त्रीको उम्मेदवार हुन उपाध्यक्ष वामदेव गौतमलाई प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावपछि गौतमले विगतमा आफूसँगको सहमतिसमेत कार्यान्वयन गर्दै संसदीय दलको नेता बनाइए उम्मेदवार बन्न तयार रहेको जवाफ दिएका थिए । ‘कार्यबाहक अध्यक्ष बनाउन आनकानी गर्नुभो, संसदीय दलको नेता पनि बनाउनुभएन,’ ओलीसँगको भेटमा गौतमको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पहिले संसदीय दलको नेता बनाउनुस्, त्यसपछि तयार हुन्छु । मलाई दिइएको वचनचाहिँ पूरा नगर्ने अनि हार्ने वेला उम्मेदवार मात्रै बन्ने चाहना छैन ।’ तर, गौतमलाई दलको नेता बनाएर उम्मेदवारी दिन लगाउने पक्षमा ओली छैनन् । लामो समय सभामुखको जिम्मेवारीमा रहिसकेका संसदीय दलका उपनेता सुवास नेम्वाङलाई एमालेले प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना पनि छ । ओलीनिकट अधिकांश नेता नेम्वाङलाई नै उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । ओलीले पनि आफूनिकटसँग नेम्वाङ उपयुक्त पात्र हुनसक्ने बताएको स्रोतको भनाइ छ । ‘उम्मेदवारीका विषयमा पार्टीमा कुनै छलफल भएको छैन । त्यसैले को उम्मेदवार बन्ने भन्ने मलाई जानकारी छैन, अहिले नै भन्दा अलि ‘प्रि–मेच्युअर्ड’ हुन्छ भन्ने लाग्छ,’ नेम्वाङले भने । पार्टीबाहिरबाट सिपी मैनाली प्रधानमन्त्री केपी ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउन पनि सक्छन् । गौतम या नेम्वाङलाई उम्मेदवार बनाउँदा पार्टीको आन्तरिक समीकरणमा असर पर्ने भएकाले ओलीले यो विकल्प रोज्ने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । तर, मैनालीले एमालेबाट कुनै प्रस्ताव नआएको बताए । ‘मैले पनि सुनेको मात्रै छु, प्रधानमन्त्रीसँग भेट हुँदा पनि उम्मेदवार बन्नुस् भनेर कुनै प्रस्ताव गर्नुभएको छैन,’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending