Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

माओवादी केन्द्रका नेता महरालाई पत्नीको सुझाव–मन्त्री नबन्नुस्

\"krishna-baharud-mahara1\"माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा शालीन र भद्र छन् । सँगसँगै चतुर ‘कूटनीतिक खेलाडी’का रूपमा पनि चिनिन्छन् । माओवादी शान्तिप्रक्रियामा आउने सरकारसँगको वार्ता उनकै नेतृत्वको वार्ताटोलीले सफल बनाएको थियो । एमाले र माओवादीको सत्ता गठबन्धन भत्काउँदै कांग्रेस–माओवादीको नयाँ गठबन्धन बनाउने खेलमा सक्रिय खेलाडी पनि हुन् महरा । माओवादीबाट धेरै मन्त्री हुने नेतामध्ये उनी पनि एक हुन् । दुईपटक सञ्चारमन्त्री र एकपटक गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री भइसकेका उनी अब बन्ने नयाँ सरकारमा पनि उपप्रधानमन्त्रीका बलिया दाबेदार मानिएका छन् । महराका बानी र स्वभावबारे पत्नी सीतालाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले गरेको कुराकानी– परिवारलाई समय कत्तिको दिनुहुन्छ ? परिवारलाई त्यति समय दिन पाउनुभएको छैन । जति वेला पनि पार्टी, कार्यकर्ताको काममै लाग्नुहुन्छ । घरमा आए पनि मोबाइलले फुर्सद पाउ“दैन । परिवारका लागि पनि समय छुट्याउनुस् भन्नुहुन्न ? भन्छु नि । ‘कहिलेकाहीँ त मोबाइल बन्द गरेर एकान्तमा गएर एकछिन बस्न पाए हुन्थ्यो नि, फ्रेस पनि भइन्छ’ भन्छु । अनि के भन्नुहुन्छ त ? ‘फुर्सद भए त जाने हो, फुर्सद नै हुँदैन’ भन्नुहुन्छ । परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ? घरपरिवारदेखि राजनीतिसम्मका सबै खालका कुरा हुन्छन् । कहिलेकाहीँ परिवारको समीक्षा गर्छौँ । उहा“ले ‘मैले त जिन्दगी नै राजनीतिमा बिताएँ, यसबाट आर्थिक रूपमा केही प्रगति हु“दैन, हामीले त दुःख पायौँ, तिमीहरू खान र बा“च्न केही पेसा–व्यवसाय गर’ भनेर छोरालाई भन्नुहुन्छ । आफूले थाहा पाएका राजनीतिक घटनाक्रम तपाईंलाई कत्तिको खुलेर बताउनुहुन्छ ? बताउनुहुन्न । मैले सोधेपछि मात्रै बताउनुहुन्छ, आफैँ बताउनुहुन्न । अब बन्ने नयाँ सरकारमा उपप्रधानमन्त्री बन्दै हुनुहुन्छ रे त नि ? पार्टीले बनाउ“दै छ भन्छन् भन्न त । तपाईंले सोध्नुभएको छैन ? सोधेँ, ‘के हो त तपाईंको इच्छा ?’ भनेर । के भन्नुभयो त ? साथीहरूले ‘तपाईं सरकारमा जानुपर्छ’ भन्दै हुनुहुन्छ भन्नुभयो । तर, मैले त ‘सकभर मन्त्री नबन्नुस्’ भनेर भनेकी हु“ । लौ ! अरू, नेतापत्नी श्रीमान् मन्त्री बनून् भनेर कामना गर्छन्, तपाईंचाहिँ नबन्नुस् भन्ने किन नि ? सरकारमा गए पनि काम गर्न दि“दैनन् । कसैले विदेशीको इसारामा चल्यो भन्छन्, सरकार ढालाढाल गर्छन् । जनतास“ग एकथोक गर्छु भनेका हुन्छन् । सरकारमा गएपछि जनतास“ग भनेअनुसार काम गर्न दि“दैनन् । राम्रो काम ग¥यो भन्ने थोरै हुन्छन्, केही गरेन भन्ने धेरै हुन्छन् । तपाईंले त्यसो भन्दा उहाँले के भन्नुभयो त ? ‘काम गर्न त दिँदैनन्, मेरो पनि ठूलो इच्छा, लोभ–लालच पनि छैन् । तर, पार्टीले पठाएपछि त जानैप¥यो नि’ भन्नुभयो । यसअघि पनि उहाँ तीनपटक मन्त्री बन्नुभयो, त्यतिवेला अरूले काम गर्न दिएनन् भन्ने लाग्छ तपाईंलाई रु गृहमन्त्री हुँदा त सबैले ‘राम्रै काम गर्नुभयो’ भन्थे । नराम्रो त सुनिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending