Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

२६ महिनाको अन्तरमा ६ सन्तान जन्माउने यी महिला

\"aama\"एजेन्सी । अमेरिकाकी एक महिलाले २६ महिनाको अवधिमा ६ वटा सन्तान जन्माएकी छिन् । उनले लगातार तीन पटकमा जुम्ल्याहा बच्चा जन्माएकी हुन । सामान्यतया बच्चा ९ महिनामा जन्मिन्छ । त्यसपछि सुत्केरी अवधि र पुनः गर्भाधारण हुन केही महिना थप लाग्ने गर्दछ । तर, अमेरिकाको कान्सस सहरकी दनेसा कौचले भने २६ महिनाको अवधिमा तीन–तीन पटक नै जुम्ल्याहा बच्चा जन्माएकी छिन् । भर्खरै २० वर्ष मात्र पुगेकी दनेसाले १० दिन अघि मात्र तेस्रो पटक जुम्ल्याहा छोरी जन्माएपछि चिकित्सकसहित आफन्तहरु आश्चार्यमा पारेका छन् । छोरी जन्मे लगत्तै उनीहरुको नाम डार्ला र डिलानी राखियो । उनले सन् २०१४ को अप्रिलमा पहिलो जुम्ल्याहा छोराहरु जन्माएकी थिइन् । छोरा जन्मे लगत्तै डनारियस र डेस्मोन्ड नाम राखिएको थियो । तर, उनको एक छोरा डेस्मोन्डको भने प्लासेन्टल एब्रुप्सनका कारण मृत्यु भयो । डनारियस भने अहिले स्वस्थ छन् । ‘भर्खरै जन्मेको छोरा गुमाउनु पर्दा असह्य पिडा हुने रहेछ,’ दनेसाले भनिन, ‘शारिरीक र मानसिक रुपमा कमजोर भैसकेको थिएँ । त्यो समय साँच्चै मेरा लागि खराब समय थियो ।’ त्यसको एक वर्षपछि २९ मे मा दनेसा दोस्रो पटक सुत्केरी भइन् । यो पटक पनि उनले जुम्ल्याहा नै जन्माइन् । ‘यो मेरा लागि वरदान थियो । अझ भन्नुपर्दा छोरा डेस्मान्डको मृत्युपछिको बरवादन हो,’ उनले हाँस्दै भनिन, ‘त्यसपछि त मेरी आमाले मलाई ‘डबल ट्रबल’ भनेर समेत बोलाउनु भयो ।’ जुम्ल्याहा छोरी जन्मेको केही महिनापछि सन् २०१५ को अन्त्यतिर दनिसाले स्वास्थ्य परीक्षणका क्रममा फेरी अर्को खबर सुनिन् कि उनको पेटमा पुन जुम्ल्याहा बच्चा बसेको छ । त्यसपछि दनिसा र उनका श्रीमान्ले आवश्यक तयारी अगाडी बढाइहाले । उनीहरुले घरमा फेरी जुम्ल्याहा बच्चाको जन्म हुने भएपछि आफ्नो पुरानो कार बेचेर ७ जना अट्ने नयाँ कार समेत किने । १७ जुन २०१६ का दिन अर्थात दश दिन अगाडी मात्र दनिसाले पुन जुम्ल्याहा छोरी डार्ला र डेलानीलाई जन्म दिइन् । दुई वर्ष दुई महिनाको छोटो अवधिमा तीन पटक लगातार जुम्ल्याहा बच्चा जन्माएकी दनिसाको स्वास्थ्य अहिले राम्रो रहेको चिकित्सकले बताएका छन् । यस्तै उनका पाँच सन्तान पनि पूर्ण रुपमा स्वस्थ छन् । दनिसा भने सुरुमा जन्मेको एक छोराको मृत्यु नभएको भए अझै घरमा खुसीयाली छाउने बताउँछिन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending