Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मनमोहनदेखि केपी ओली, कसको विशेषता के ?

\"manmohan_madhav_jhalnath_kp\" काठमाडौं, ८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्भवतः आइतबारदेखि कामचलाउ प्रधानमन्त्री हुँदैछन् । ब्यवस्थापिका संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि आइतबार मतदानबाट त्यसको टुंगो लगाइँदैछ । नेकपा माओवादी केन्द्रले साथ छाडेपछि अल्पमतमा परेको ओली नेतृत्वको सरकार आइतबारको संसदको फैसलासँगै कामचलाउ मात्रै हुनेछ । ओली एमालेको तर्फबाट प्रधानमन्त्रीको अवसर पाएको चौथो ब्यक्ति हुन् । धेरै समयअघिदेखि नै प्रधानमन्त्री हुने लालसा बोकेका ओली केही वर्षअघि निकै विरामी थिए । उनी आफैले पनि आफू बाँच्ने नबाँच्ने निश्चित नभएको भन्दै प्रधानमन्त्री हुने अन्तिम इच्छा ब्यक्त गरेका थिए । त्यो इच्छा भने तत्कालिन एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँध थापिदिएपछि पूरा भयो । माओवादीलाई सबैभन्दा बढी तथानाम गाली गर्ने ओलीले प्रचण्डकै आर्शिबाद पाएर प्रधानमन्त्री बने । तर प्रधानमन्त्री भएपछि भने उनले आफ्नै सहयात्री दल तथा नेताहरुलाई गन्नै छाडिदिए । उखान टुक्का भन्ने शैलीका कारण टुक्के नेतामा परिचित ओली प्रधानमन्त्री भएपछि पनि हावादारी भाषणबाजी गर्दै हिँडे । उनकै समयमा भारतीय नाकाबन्दी भइ खाना पकाउने ग्यास नपाएको बेला घरघरमा पाइपबाट ग्यास ल्याइदिनेदेखि हावाबाट विजुली, नेपालले आफ्नै पानी जहाज चलाउछ जस्ता उडन्ते अभिब्यक्ति दिएर चर्चामा आए । उनलाई सस्तो राष्ट्रवादको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । नेपालमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार गठन गठन हुँदा ओली गृहमन्त्री थिए भने एमालेका अर्का नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपाल उपप्रधान रक्षा तथा परराष्ट्र मन्त्री थिए । मनमोहन अधिकारीदेखि केपी ओलीसम्मको एमाले सरकारमा आ–आफ्नै विशेषताहरु देखिए । मनमोहनकै पालामा महाकाली जस्ता नदीनाला बेचेको आरोप मात्र होइन, उनका पालामा भएका केही कामहरुको जस अहिले पनि एमालेले लिइरहेको छ । मनमोहनकै पालमा भएको वृद्धभत्तादेखि आफ्नो गाउँ आफै बनाउँ जस्ता कार्यक्रम अहिले पनि लोकप्रिय भएको छ । मनमोहन प्रधानमन्त्री भएको १५ वर्षपछि २०६६ जेठ ११ गते माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने अवसर पाए । तर माधवकुमार नेपाल संविधानसभाको चुनावमा दुई ठाउँबाट उठेर दुई ठाउँबाटै पराजित भएका थिए । सहमतिका लागि माधव नेपालको आवश्यकता रहेको भन्दै माओावादी अध्यक्ष प्रचण्डले नै सभासद् बनाउन सिफारिस गरे । जनताबाट नरुचाइएका हरुवा नेतालाई प्रधानमन्त्री बनाइएको भन्दै उनको आलोचना पनि निकै भयो । तत्कालिन राजा बीरेन्द्रको बंशनाश पछि एमाले नेता नेपालले दाम चढाएर ढोग गरेकोदेखि ज्ञानेन्द्रको पालामा प्रतिगमन आधा सच्चियो भन्दै प्रधानमन्त्रीको लागि खुलेका विज्ञापनमा आवेदन दिएर पनि चर्चामा आएका थिए । हरुवा प्रधानमन्त्रीका रुपमा परिचित प्रधानमन्त्री नेपालले राजिनामा दिएको सात महिनासम्म पनि कामचलाउ प्रधानमन्त्रीको अर्को नाम पनि लेखाए । नेता नेपालपछि एमालेकै नेता झलनाथ खनाल प्रधानमन्त्री भए । २०६७ माघ २३ गते नेपालपछि प्रधानमन्त्री बनेका खनाल आफ्नै पार्टीका कारण धेरै समय टिक्न पाएनन् । माधव नेपालप्रति तत्कालिन एमाओवादी रुष्ट थियो । आफैले अमृत भनेर विष वृक्ष रोपेँ भनेर माओवादी अध्यक्ष प्रचण्डले पछुतो समेत मानेका थिए । जसका कारण नेपाललाई ढाल्न खनालको प्रयोग भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending