Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

सरकारले दियो निर्देशिका विपरत झलनाथ खनालको प्रतिष्ठानलाई एक करोड

\"jhalnath-khanalकाठमाडौं, ७ साउन – सरकारले अनुदानसम्बन्धी निर्देशिका उल्लंघन गर्दै झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक करोड रुपैयाँ दिएको छ ।

स्वास्थ्य मन्त्रालयकाकर्मचारीको बिरोधका बाबजुत पनि सरकारले प्रतिष्ठानलाई रकम दिएको हो ।अर्थ मन्त्रालयका नौ जना कर्मचारी प्रतिष्ठानलाई रकम दिन नहुने पक्षमा थिए । उनीहरुले नौ महिनादेखि त्यस सम्बन्धि फाइल रोकेको भएकाृपनि अन्ततः सरकारले रहम दिएको हो ।

चार महिनाअघि जारी भएको सामुदायिक अस्पतालहरूलाई अनुदान दिनेसम्बन्धी निर्देशिका–२०७३ विपरीत सरकारले उक्त प्रतिष्ठानलाई एक करोड दिएको हो ।

उक्त प्रतिष्ठानका नाममा गएको असार महिनामा एक करोड रुपैयाँ रकम भुक्तान भइसकेको स्वास्थ्य विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासिनीले बताए ।

स्वास्थ्य सेवा दिने नाममा खुलेका निजी अस्पताल र प्रतिष्ठानले सरकारी अनुदान लिन नपाउने व्यवस्था निर्देशिकामा छ । तर, सरकारले त्यसलाई बेवास्ता गर्दै रहम दिएपछि त्यसको चौतर्फि बिरोध भएको छ ।

काठमाडौंको मध्य बानेश्वरमा रहेको झलनाथ खनाल प्रतिष्ठानको निजी संस्था हो । प्रतिष्ठान गठन हुनासाथ उक्त प्रतिष्ठानले शुरुमा डेढ करोड रुपैयाँ माग्दै स्वास्थ्य विभागमा निवेदन दियो । तर कर्मचारीले त्यतिका रकम दिन नसकिने बताए । तर, पूर्वप्रधानमन्त्री खनाल आफैंले फोन गरेर रकम निकासा गर्न कर्मचारीलाई दबाब दिए ।

विभागबाट निर्णय गराएर सोझै त्यत्रो रकम दिन नसकिने अडान लिएपछि उक्त फाइल अर्थ मन्त्रालयमा पठाइयो ।अर्थले राष्ट्रिय योजनामा आयोगमा पठाउको त्यो फाइल योजना आयोगले रातो किताबमै समावेश गरेर उक्त प्रतिष्ठानलाई एक करोड रकम दिनेगरी बजेट विनियोजन गरिदियो । सोही अनुसार रकम दिन अर्थले चिठी लेख्यो ।

योजना आयोग र अर्थ मन्त्रालयको चिट्ठीपछि महाशाखाले गएको असार मध्यमा प्रतिष्ठानलाई एक करोड भुक्तानी दिएको मरासिनीले बताए । झलनाथ खनाल प्रतिष्ठानका सदस्य नवराज भण्डारीले राज्यकोषबाट एक करोड रुपैयाँ लिएको स्वीकार गरे ।

यस अघि ओली सरकारले आदित्य दाहालको प्रतिष्ठानलाई एक करोड रकम दिएकोमा पनि बिरोध भएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending