Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

अविश्वासको प्रस्ताव पेस गर्दै के–के भने प्रचण्डले

\"Prachanda-in-house\"काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस गरेका छन् ।

संसदमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले एमाले सँग भएको भद्र सहमती कार्यान्वयन नभएको तथा संयुक्त सरकार गठनका बेला भएका सहमती पालना नगरेकै कारण अविश्वासको प्रस्ताव पेस गर्नुपरेको बताए । उनले प्रधानमन्त्री ओलीसँग अहिले पनि व्यक्तिगत रुपमा कुनै कटुता नभएको प्रष्ट्याए ।

प्रधानमन्त्रीमा केपी ओलीलाई निर्वाचित गरियो भन्दै ९ महिना अघि स‌ंसदकाे रोष्टममा उभिएका प्रचण्डले आज ओलीलाई प्रधानमन्त्रीबाट हटाइयोस् भनेर अविश्वासको प्रस्ताव पेश गरे ।

प्रधानमन्त्रीले यो संयुक्त सरकार हो र केही प्रतिवद्धतासहित सरकार बनेको भन्ने बिर्सिएको आरोप लगाए । प्रधानमन्त्रीमा दम्भ र अहंकार देखिएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले अघि भने, ‘प्रधानमन्त्री माओवादीलाई उपयोग गर्ने, भर्‍याङ बनाउने र उसलाई सिध्याउन लाग्नु भो ।’

सामान्य मतभेद हुनासाथ कसैको राष्ट्रप्रतिको निष्ठामा प्रश्न उठाउने प्रयास भएको भन्दै उनले कसैको देशभक्तिमाथि प्रश्न उठाउनु विडम्वनापूर्ण भएको बताए । प्रचण्डले एमाले अध्यक्ष ओलीमाथि सबैलाई प्रभोग गर्ने र आन्तरिक राष्ट्रिय एकता कमजोर पार्नतर्फ लागेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले संघीयता आफूलाई मन परेको छैन भनेको भन्दै अघि भने, ‘गणतन्त्रमा त केही भन्दिन । तर, साह्रै रुची लागेको जस्तो लागेको छैन । राजतन्त्र चाहिन्छ भन्नेसँग लगन गाँठो कसिएको देखिन्छ ।’

नौबुँदे सहमति र तीनबुँदे भद्र सहमतिबारे ओलीको सार्वजनिक टिप्पणीले पनि सम्वन्ध विग्रिएको उनले बताए । यो गठवन्धन तोड्ने आफ्नो इच्छा नभएको र पार्टी एकतासम्म छलफल भएको उनले सदनमा सुनाए ।

तर, सरकारमा गएपछि त्यसलाई बिर्सिएका प्रधानमन्त्रीले अन्तिम चरणको छलफलमा आफूलाई ‘या त तपाई एक्सन लिनुस्, या म लिन्छु, यसरी चल्दैन’ भनेको उनले बताए । उनले भने, ‘सभामुख महोदय विषय प्रतिकात्मक जस्तो पनि छ, गम्भीर छ ।’

प्रस्ताव पेश गर्दै प्रचण्डले भने, ‘मैले त्यति बेला भनेको थिएँ कि राजनीति सम्भावनाहरु खेल हो । आज पनि भन्छु कि राजनीति भनेको सम्भावनाको खेल हो ।’

अविश्वास प्रस्ताव प्रस्तुत् गर्दै प्रचण्डले संविधान, शान्तिप्रक्रियालगायतका विषयमा नेकपा एमाले र प्रधानमन्त्री ओलीसँग गम्भीर मतभेद रहेको महसुस भएर सरकारबाट फिर्ता हुनुपरेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले सरकार बनाउँदाका वाचा बिर्सेको र माओवादीलाई प्रयोग गर्दै जाने नियत देखिएको आरोपसमेत लगाए ।प्रधानमन्त्री ओली एकल सरकारको ढंगले चलेको र सबैलाई समेटेर अघि बढ्न नखोजेको प्रचण्डको आरोप थियो ।

प्रचण्डले प्रधानमन्त्री ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीलगायतका परिवर्तनबाट पनि विमुख हुन थालेको आरोप पनि लगाए ।

यसअघि सरकारले संसदमा पेस गरेको आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत एक्काइसौं संशोधन गरी तीन वटै विधेयक बहुमतबाट अस्विकृत भएको छ । सत्ता समिकरण फेरिएको प्रभाव उक्त विधेयकहरुमाथि परेको हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies