Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

ओलीको राष्ट्रवाद

हिजोआज प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादले बजार तताएको तपाईँ हामी सबैले सहजै अनुभव गर्न सक्ने अवस्था छ । ओलीको राष्ट्रवादको हुंकारले काठमाडौंमा फोहोरको थुप्रो झैं डङ्गडङ्गती गन्हाएको छ । अहिले राज्यको शक्तिको शिखर पुरुष हुन् ओली । अविश्वास प्रस्ताव पेश भइसकेको परिप्रेक्षमा पनि आफ्नो भजन गाउनका लागि राष्ट्रिय ढुकुटी प्रयोग गरेर सरकारी मानिस र ओली मण्डली राष्ट्रवादको भजन गराउनमा ब्यस्त देखिन्छन् । जुन कुराहरु सामाजिक सञ्जालहरुमा देखिने विविध खालका झाँकीहरुले पुष्टी गरिरहेको छ । त्यसको बिम्ब सामाजिक सञ्जालमा मात्र होइन, कहिलेकाही माइतीघर, बानेश्वर र रत्नपार्कमा देखिने गरेको छ । राष्ट्रको ढुकुटी ओलीको भजन गाउनेलाई प्रसाद स्वरुप बाडिन्छ, बाँडिएको छ । यसतर्फ न त कोही बोल्छ, न त अख्तियारले हेर्छ । जनता बिचरा टुलुटुलु हेर्छन मात्रै गर्न केही सक्ने होइन । भजन गाउनेहरु हिजो ओलीले भारतीय राजदूतावासको मिठाइमा रमाएर भारतलाई नेपालका नदीनाला बेचेको बिर्सन्छन् । उनीहरुलाई थाहा छ, उनीहरुले गाउने भजनको न सुर मिल्छ न ताल, तैपनि भजन गाएकै छन् । गाउनु उनीहरुको धर्म हो, नुनको सोझो त गर्नैपर्यो । मान नमान ‘मैं तेरा मेहेमान’ भन्या झैं राष्ट्रवाद के हो थाहा नहुने ओलीलाई राष्ट्रवादी बनाइदिएका छन् । [caption id=\"attachment_84222\" align=\"alignleft\" width=\"286\"]\"दीपक दीपक विष्ट[/caption] मधेसी, जनजाति र सम्पूर्ण उत्पीडित समुदायलाई कहिले माथि आउन नदिने तीनलाई मान्छ नदेख्ने ओली एकाएक राष्ट्रवादी भए । त्यहि मधेशमा हुर्की बढेका ओली आफू राज्यको नेतृत्वमा पुग्दा तीनको उत्थानमा लाग्नु त कता हो कता त्यहि मधेशको धज्जी उडाउन कुनै कसर छाडेनन् । मधेश र मधेशी उनको उखान टुक्कामा गाँसिए, हाँस्य पात्र बनेर । ओलीबाट सिर्जित र एमालेबाट वितरित खासाको सामान झैं नक्कली राष्ट्रवाद अन्ततः राष्ट्रघात हो, जनघात हो । यसमा सत्तास्वार्थ लुकेको छ भन्ने कुरा आमजनमानसले दिनमा लागेको घाम झै छर्लङ्ग छ त्यो नबुझेका होइनन् । तैपनि आम जनमानसलाई केहि थाहा छैन भन्ने भ्रम पालेर आफूलाई सच्चा राष्ट्रवादको पगरी गुथाउन कुनै धुर्ताईँ देखाउन कुनै कसर छाडेका छैनन् ।
ओलीबाट सिर्जित र एमालेबाट वितरित खासाको सामान झैं नक्कली राष्ट्रवाद अन्ततः राष्ट्रघात हो, जनघात हो । यसमा सत्तास्वार्थ लुकेको छ भन्ने कुरा आमजनमानसले दिनमा लागेको घाम झै छर्लङ्ग छ
मधेश धरधरी रोइरहदा ओलीको राष्ट्रवाद कहाँ गयो ? काठमाँडौ चरम अभावमा तड्पिरहँदा चिकेन तन्दुरीमा रमाउने ओलीको राष्ट्रवाद कहाँ गयो ? कालीकोट झाडा पखालाको महामारी र खाद्यान्न अभावमा छट्पटाउदा ओलीको राष्ट्रवाद कहाँ थियो ? कालीकोट त प्रतिनिधि जिल्ला मात्र हो । भूकम्पपीडितको पीडा देख्दैनन् उनी, कर्णालीमा भोकमरी देख्दैनन्, सायद भोकमरीको अर्थ थाहा छैन उनलाई । ओली आफू राज्यको शीर्ष स्थानमा रहँदा राज्यका नागरिकका दैनिक जीवनयापनका सवालमा कुनै राष्ट्रिय दयित्व बहन नगर्ने ओली कसरी रातारात राष्ट्रवादी भए ? बुझ्न कठिन नै छ जनताले प्रश्न गरिरहेका छन ओली कसरी राष्ट्रवादी ? सायद यसको उत्तर त्यति सहज हुन्न सायद । सत्तामा बसेर राष्ट्रिय सम्पत्ति लूट मच्चाउन सफल प्रधानमन्त्रीका रुपमा नाम दर्ज गर्दै आएका ओली राज्यको ढुकुटी कसरी रित्याउने भन्नेमा मात्र तल्लिन देखिन्छन् । लाखौं रुपैयाको बालुवाटारमा भोज खुवाउने आफ्ना कार्यकर्तालाइ करोडौं कसरी बाँड्ने भन्नेमा तल्लिन छन् । आफूलाई विकासवादी र जनप्रेमी ठान्ने ओलीको भनाइ र गराइ फरक छ । महाकाली बेचेर जनताको भविष्यमाथि कुठाराघात गर्ने ओलीलाई राष्ट्रवादी देख्नु दृस्टिभ्रम बाहेक के होला र ? जनतालाई प्रताडित पारेर उखान र हावादारी गफले जग हसाउने र मुकुन्दे शैलीमा गफ गर्नेलाई जनप्रेमी ठान्नु उसको मतिभ्रमबाहेक अरु हुनै सक्दैन । अहिले ओली सरकार जसरी पनि सरकार टिकाउने दाउमा छ, उनीहरुको सरकार नरहे संविधान कार्यान्वयनमा असहजता र मुलुकलाई अस्थिरतातर्फ धकेल्छ भन्ने कुराको भ्रम जनतामा छर्ने तयारीमा छ । संविधान कार्यान्वयनका लागि प्रमुख तीन दलबीच सहमति आवश्यक छ, त्यो कुरालाई ओली सरकारले बिर्सिदै गएको व्यवहारले देखाइरहेको छ । संवैधानिक र कानुनी अन्योल र अस्पष्टतामा खेल्दै धँमिलो पानीमा माछा मार्ने दाउमा छ एमाले सरकार टिकाउन जुनसुकै तकडम अपाउनाउन उ तयार देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending