Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

मधेसी माेर्चाको माग सम्बोधन गर्न कांग्रेस–माओवादी सहमत

\"meetingकाठमाडौं, ७ साउन । केपी ओली नेतृत्वको सरकार विस्थापित गरी नयाँ गठबन्धनका साथ अघि बढेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आन्दोलनरत मधेसी मोर्चाको माग सम्बोधन गर्ने सहमति गरेका छन् । शुक्रबार मोर्चासहित बसेको कांग्रेस–माओवादी बैठकमा मोर्चाको माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् । दुई दलको प्रतिवद्धताअनुसार मोर्चा पनि आन्दोलन छाडेर नयाँ गठबन्धनलाई सघाउन तयार देखिएको छ । बैठकमा मोर्चाका नेताहरुले मधेसवादी दलका माग सम्बोधनको सुनिश्चितता मागेका थिए । नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनुअघि कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै मधेसी, जनजाति तथा असन्तुष्ट पक्षको माग सम्बोधन गर्ने तीन दलबीच सहमति भएको हो । कांग्रेस–माओवादीबीच भएको सात बुँदे सहमतिको पहिलो बुँदामा ‘नेपालको संविधानबारे देशभित्र मधेसी, आदिवासी जनजाति, दलितलगायत पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै राजनीतिक दलहरुको सहमतिका आधारमा संविधानमा आवश्यक संशोधनको वातावरण बनाउने’ उल्लेख छ । बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सात बुँदे सहमतिको एक नम्बर बुँदामा जनाइएको प्रतिबद्धताअनुसार नै मधेसवादीका माग सम्बोधन हुने बताए । बैठकले प्रधानमन्त्रीको राजिनामा पनि नमाग्ने र अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । मोर्चाको माग पूरा गर्ने प्रतिवद्धतासँगै तीन दलले प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने पनि निर्णय गरेका छन् । प्रधानमन्त्री केपी ओलीले राजिनामा दिन तयार नभइ एकपछि अर्को खोँचे थाप्ने काम मात्रै गरेको भन्दै अविश्वासको प्रस्ताव फिर्ता नलिने निश्कर्षमा पुगेको नेताहरुले बताए । बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने विकल्पसहितको नयाँ प्रस्ताव पेश गरेका थिए । संसदमा भने बजेट आश्रित विधेयक सम्बन्धि कार्यसूची अघि बढाउने कि अविश्वासको प्रस्ताव भन्नेमा दलहरुबीच विवाद छ । सरकारको नेतृत्व गरेको एमालेले बजेट आश्रित विधेयक पास नगरी अन्य विषयमा छलफल हुन नसक्ने अडान राख्दै आएको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेताहरु रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, विमिलेन्द्र निधि, कृष्ण सिटौला, रामबहादुर थापालगायत सहभागी थिए । मोर्चाबाट संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेश लोकतान्त्रिक पार्टीबाट हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णलगायत नेताहरु उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE