Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सरकार, तिम्रो तलब र कफिनबाट चुहिएको रगतमा के फरक छ ?

\"khabardabali\"काठमाडौं, ५ साउन । मन्त्रिपरिषदको ३१ असारको बैठकले बजेटमा घोषणा गरेको कर्मचारीको तलब बृद्धिलाई सरकारले कार्यान्वयन गर्ने भएको छ । यो कार्यान्वयनसँगै राज्यलाई करिब ३५ अर्व व्ययभार थपिएको छ । अब साउन महिनादेखि राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मले पाइआएको तलब भन्दा २५ प्रतिशत बढि तलब बुझ्नेछन् । यसबाट राष्ट्रपतिदेखि सांसदसम्म सबै दंग छन् । राष्ट्रसेवक कर्मचारीहरु खुशीले गद्गद् नहुने कुरै भएन । तर यसले आम जनतालाई के दिन्छ अब ? हामी सहजै अनुमान गर्न सक्छौं । अब कालिमाटीको तरकारी पसलमा हिजोको दाममा तरकारी पाइने छैन । गाडीमा हिजोकै पैसाले गन्तव्यमा पुगिने छैन । घरबेटीले ढोकामा भाडा बृद्धि भएको सुचना जारी गर्नेछ । स्कुलबाट नानीहरुले पैसाको बिल लिएर आउने छन् । भूकम्प र बाढी पहिरोले विक्षिप्त भएको गाउँमा महंगी डरलाग्दो बाजा बजाउँदै पुग्नेछ । नेपाल त्यही देश हाे जुन देश विश्व मानव विकासको सुचकांकमा १४५ औं स्थानमा छ । विश्वको करिव २०० सय देश मध्ये नेपाल गरिव देशको सूचिबाट माथि उठ्न सकेको छैन । ३२ प्रतिशत रेमिट्यान्सले धानेको मूलुकमा राष्ट्रसेवक कर्मचारीहरुका लागि भनेर अरबौं बजेट छुट्याइन्छ । मानिसहरु भोक भोकै बसेका छन् । बस्ने ओत छैन । घरबारविहीन बनेका छन् । यही देशमा एउटा बालकको नाममा १ करोड दान दिइन्छ । सिटामोल खान नपाएर, खानुपर्छ भन्ने ज्ञानको कमीले मानिस अझै मरिरहेका छन् । त्यही देशमा एकजना राष्ट्रपतिको मासिक तलब मात्र १ लाख ५० हजार हुन्छ । यही देशमा नागरिक पाल मुनी भोकै सुत्छन् । त्यही देशको राष्ट्रपति लाखौं तलब खान्छन् । तर सामान्य जनता झन् भन्दा झन् गरीव हुँदै गएका छन् । आर्थिक विसमताले मानिसलाई जबरजस्ती मरुभूमिमा पु¥याइरहेका छन् । २०१० मा ४ सय जनाको हातमा सिंगो विश्वको कूल पुँजी जम्मा भएको तत्थ्याङ सार्वजनिक भइसकेको थियो । त्यसको ६ वर्ष वित्दा नबित्दै विश्वको कुल पुँजी ६० जनामा केन्द्रीत हुन आइपुगेको अर्थविद्हरुले बताइरहेका छन् । त्यस्तै परिवेश नेपालमा देखिदैछ । निश्चित मानिसहरु धनी हुँदै जाने र आम सर्वसाधारण झन् झन् गरीवी अभाव तर्फ धकेलिने क्रम जारी छ । के यही हो गणतन्त्र भनेको ? के यसकै लागि थिए हजारौंले ज्यान कुर्वानी दिएको ? आज जनताले बुझ्दैछन् की ती उच्च ओहोदामा बसेका मानिसहरुका तलब प्रत्येक दिन बिमानस्थलमा आउने काठको बाकसबाट चुहिएको रगतको थोपा हो । नेपालको भ्रष्ट कर्मचारीतन्त्रले खाने तलब सर्वसाधारण जनतालाई ऐनको ठण्डा बर्साएर उठाएकाे चुसेको पसिनाको एक एक बुँध हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending