Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

‘सयको लगानी, हजारको आम्दानी’

प्यूठान, ‘सयको लगानी हजारको आम्दानी’ सुन्दा अनौँठो लाग्न सक्छ । तर यहाँका एक कृषकले सयमा लगानी गरी अहिले हजारको आम्दानी गर्दा जिल्लामै नमुना बनेका छन् । दक्षिणी प्युठानको बाङ्गेसाल गाविस–६ दर्भानका हरिबहादुर केसीले अहिले आफूमात्रै होइन बेरोजगार स्थानीय युवालाई सीप हस्तान्तरणसँगै नयाँ काम सुरु गर्न प्रेरणा दिँदै समाजमा नै नमुना बनेका हुन् । ‘व्यक्तिको जीवनमात्रै होइन समाजलाई पनि हामीले परिवर्तन गर्ने हो’– उनले भने– ‘सयमा सुरु गरेको कामले मलाई हजारौँको आम्दानी दिएको छ ।’ ‘पराल काट्ने, उसिन्ने र त्यसलाई प्लास्टिकमा पोका पार्ने मेरो दैनिकी हो ।’–  केसीले भने– ‘सुरु गर्दा सयमा लगानी गरेको थिएँ तर अहिले हजारौँ आम्दानी गर्दैछु ।’ उनले यस्तो दैनिकी चलाएको एक वर्ष भयो । केसीले अहिले जिल्लामै नमुना च्याउ उत्पादन गर्दा उनको चर्चा थप बढ्दै गएको छ । ‘च्याउ बनाउनका लागि बिहान ५ बजेबाटै काम सुरु गर्ने गरेको छु ।’– केसीले भने । पाँच वर्ष खाडी मुलुक कतारमा मजदुरी गरी घर फर्कनुएका केसीले बाँकेको खजुरामा सञ्चालित ५१ दिने अगुवा कृषक कार्यक्रमबाट निःशुल्क तालिम लिएका थिए । तालिम सिकेपछि चार हजार पाँच सयको लागतमा च्याउखेती सुरु गरेका हुन् । केसीले अहिले खर्चबाहेक च्याउखेतीबाटै मासिक २५ हजारसम्म आम्दानी गर्ने गर्ने गरेका छन् । उनले खाडीमा बस्दा धेरै समस्या हुने गरेकोमा अहिले परिवारसँग सँगै बस्दै कामलाई अगाडि बढाएको बताए । ‘यहाँ त परिवारसँगै बस्दा रमाइलो पनि, सुख पनि हुन्छ’– उनको कथन थियो । उनले उत्पादन गरेको च्याउ स्थानिय बजारमै खपत हुने गरेको छ । उत्पादित च्याउ पछिल्लो समय दाङ, नेपालगन्ज र रोल्पासम्ममा पठाउने गरेको उनले बताए । केसीले बारीमा दुईवटा छाप्रो बनाई २५० वटा छ्वालीमा च्याउ उत्पादन गर्दै आएका छन् । उनका अनुसार बीउ किनेर ल्याए आफ्नै घरगोठको अँध्यारो कोठामा च्याउखेती गर्न सकिन्छ । एक पटक लगाएको बीउले तीनदेखि चार महिनासम्म आम्दानी लिन सकिन्छ । जग्गा नहुने र धेरै लगानी लगाउन नसक्ने विपन्न किसानका लागि च्याउखेती गतिलो माध्यम भएको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending