Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

काम चलाउ ओली सरकारको मनोमानी : करोडौं अनुदान, नियुक्ति र बढुवा

\"oli\"काठमाडौं, १ साउन । आफु विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएर काम चलाउ सरकारको हैसियतमा रहेको ओली सरकारको शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले करोडौं अनुदान, नियुक्ति तथा बढुवाको निर्णय गर्दै राज्यकोषको चरम दुरुपयोग गर्नुको साथै निर्णयमा मनोमानी समेत गरेको छ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट आफ्नो समथर्न फिर्ता लिएपछि अल्पमतको परेको ओली सरकारका विरुद्ध संसदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा संयुक्तले संसदमा विहिबारै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा सरकार स्वत काम चलाउन हुन्छ र काम चलाउ सरकारले दैनिक प्रशासन संयन्त्रको परिचालन बाहेक अन्य काम गर्न पाउँदैन । तर शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले जनआन्दोलनका दर्जनौं घाइतेलाई छोडेर एक अध्यात्मिक वालक आदीत्य दाहालको नाममा रहेका आदीत्य फाउण्डेशनलाई १ करोड र पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठान ललितपुरलाई २० करोड रुपैया अनुदान दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा नेपाल बायुसेवा निगममा प्रमुख सुगतरत्न कंसाकार हुँदाहुँदै कार्यकारी प्रमुख भन्दै मदन खरेललाई नियुक्त गर्ने प्रयास भने असफल भएको छ । दूईजनालाई कार्यकारी अधिकार दिँदा निर्णय हुन नसक्ने भन्दै विरोध भएपश्चात यो प्रस्ताव पारित भएको थिएन । यसैगरी शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले अनधिकृतरुपमा केहीको सरुवा गरेको छ भने केहीलाई बढुवा गर्नुको साथै केहीलाई नियुक्तीसमेत गरेको छ । नियुक्त हुनेहरुमा लगानी बोर्डको सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा,नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्र्रेष्ठ तथा रिण असुली न्यायीधिकरण सदस्यमा मानबहादुर अर्याल हुन् । यि सबैलाई ४ वर्षका लागी नियुक्त गरिएको हो । यसैगरी गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द पोखरेल, चलचित्र विकासबोर्डको सदस्यमा नरेन्द्र मजर्हन र अशोककुमार राईलाई नियुक्त गरिएको छ । पोखरेललाई ४ वर्ष र मर्हजन र राईलाई २/२ वर्षका लागी नियुक्त गरिएको हो । कानुन मन्त्रालयका सहसचिव मणिराम ओझालाई सचविमा बढुवा गरेर सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषेतम पौडेललाई सचिवमा बढुवा गरेको छ । कामचलाउ सरकारले कुनैपनि दिर्घकालिक निर्णय नगर्न भन्दै विहिबारै माओवादी केन्द्र र नेपाली कांग्रेसले सचेत गराउँदै एक विज्ञप्ती निकालेका थिए । यसअघि समेत दिनमै ९ लाखको खाजा र भोजमा खर्च गरेको भनी प्रधानमन्त्री केपी शर्मा ओली आलोचित छन् । ओली निवास बालुवाटारको मासिक खर्च २० लाख भन्दा माथि रहेको र राज्यको ढुकुटीको चरम लापरवाही भएका समाचार यसअघि नै प्रकाशित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending