Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

किस्सा–किस्सामा जोडिएका देउवा–माओवादी : ७ परिघटना

\"prachanda_deuwa\"१.

०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिस्ट सरकार ढलेपछि २०५२ देखि ०५४ सालसम्म कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । देउवा सरकारकै पालामा आपूmले बुझाएको ४० बुँदे मागको सुनुवाइ नभएको भन्दै माओवादीले सशस्त्र क्रान्तिको घोषणा गरेको थियो । माओवादीले जनयुद्ध सुरु गर्दा सत्ताको बागडोर सम्हाल्दै थिए, देउवा । २०५२ सालमा राप्रपा र सद्भावना पार्टीलाई साथमा लिएर बनेको सरकारका प्रधानमन्त्री देउवा र गृहमन्त्री थिए, खुमबहादुर खड्का । त्यही वेला माओवादीको वैधानिक मोर्चा ‘संयुक्त जनमोर्चा’ले २१ माघ २०५२ मा राष्ट्रियता, जनतन्त्र र जनजीविकास“ग सम्बन्धित रहेर ४० सूत्रीय माग बुझाएको थियो । मागपत्र बोकेर डा। भट्टराई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । तर, देउवाले माओवादीको त्यो मागलाई खासै चासो दिएनन्, त्यसपछि माओवादीले १ फागुनबाट जनयुद्ध घोषणा ग(यो ।

२.

देउवापछि लोकेन्द्रबहादर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै पुनः गिरिजाप्रसाद प्रधानमन्त्री बनेपछि २०५८ सालमा देउवा प्रधानमन्त्री बने । माओवादी युद्ध सुरु भएपछि आधा दर्जन प्रधानमन्त्री फेरिएको यो ६ वर्षमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा पुग्यो । ४० बुँदे माग सम्बोधन नभएपछि माओवादी ६ वर्षमा देशभर फैलिसकेको थियो । आधा दर्जन सरकार ढल्ने र बन्ने यही समयमा माओवादी संघर्ष सबैभन्दा उचाइमा पुग्यो । फेरि माओवादी सशस्त्र द्वन्द्वको सामना गर्न उनै देउवा सत्तामा पुगेका थिए ।

३.

देउवासँगको माओवादीको प्रसंग यतिमा मात्र सीमित छैन, वार्ताको पहल पनि उनकै कारण भएको थियो । २०५६ सालको मध्यतिर प्रधानमन्त्री थिए, कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई । उनले देउवाकै नेतृत्वमा ‘माओवादी समस्या समाधान उच्चस्तरीय सुझाब समिति’ गठन गरे । त्यसपछि देउवाले नै माओवादीसँग विभिन्न सूत्रमार्फत सम्पर्क(सम्बन्ध स्थापित गर्ने प्रयास थाले । उनले दुर्गा सुवेदीमार्फत माओवादीसँग सम्पर्क स्थापित गर्ने प्रयास गरे । त्यो सम्बन्ध केही कामयावी हुन पुग्यो । देउवाको आह्वानपछि प्रचण्डले १ फागुन २०५६ मा जनयुद्धको पाँचौँ वर्ष प्रवेशको वक्तव्यमै सरकारले वार्ताका लागि उपयुक्त वातावरण बनाएमा वार्तामा बस्न तयार रहेको सन्देश दिए । २७ फागुनमा देउवाले माओवादी नेतृत्वलाई पत्र लेखे, प्रचण्डले १ चैतमा देउवाको पत्रको प्रत्युत्तर लेख्दै छलफलका लागि आफ्ना प्रतिनिधि भनेर दिनानाथ शर्मालाई खटाए । प्रचण्ड देउवाका बीचमा युद्धकालमै यसरी पत्र सम्बन्ध स्थापित भए पनि प्रत्यक्ष भेटघाट भने हुन पाएको थिएन । चैतमा भट्टराई नेतृत्वको सरकार ढल्यो । भट्टराई–देउवाले माओवादीसँग थालेको वार्ताको प्रसंग पनि ओझेलमा पर्न गयो । माओवादीले त्यसवेला देउवासँग नरम नीति अवलम्बन गरेको माओवादी नेताहरू बताउँछन् ।

४.

देउवाकै पालामा माओवादीले सुरु गरेको जनयुद्ध उनकै पहलमा पहिलोपटक भएको वार्ता प्रयासले देउवा पुनः प्रधानमनत्री भएकै वेला औपचारिकता पायो । २०५८ साउनमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेपछि देउवा प्रधानमन्त्रीका रूपमा चुनिए । ४ साउनमा प्रधानमन्त्री निर्वाचित भएपछि शपथग्रहण नै नभईकन देउवाले माओवादीलाई वार्ताका लागि आह्वान गरे । ८ साउनमा माओवादीले युद्धविराम ग(यो । तत्कालीन विद्रोही माओवादीबाट कृष्णबहादुर महरा र सत्तापक्षबाट चिरञ्जीवी वाग्लेको नेतृत्वमा वार्ताटोली बन्यो । सरकार माओवादीबीच पहिलो वार्ता हुन पुग्यो । वार्ता चल्दै गर्दा सरकारले सेनालाई रुसबाट दुईवटा हेलिकोेप्टर किन्न अनुमति दियो । साथै बेल्जियमबाट पनि हातहतियार किनेर भित्राउने काम ग(यो ।

५.

देउवाले प्रधानमन्त्री हुँदा बेल्जियमबाट हातहतियार किन्ने र माओवादी सिध्याउनेसम्मका योजना बनाएको माओवादी नेताहरू त्यसवेलाको घटना स्मरण गर्दै सुनाउँछन् । ‘यो राजनीति हो, सधैँ एकनाशले बग्दैन, राजनीतिमा दुस्मन मित्र र मित्र दुस्मन भइरहन्छन्,’ महरा भन्छन्, ‘राजनीतिमा सम्बन्ध निरन्तर राम्रो भइराख्छ भन्ने हुँदैन, तर देउवासँगको सम्बन्ध त्यति धेरै असमझदारी छैन ।’ देउवाकै पालामा माओवादीले युद्धविराम भंग ग¥यो । माओवादीले दाङ, स्याङ्जालगायतका ठाउँमा सेना, प्रहरीलगायत सरकारी कार्यालयमाथि धावा बोल्यो । ११ मंसिरमा सरकारले संकटकाल घोषणा गर्दै सेना परिचालनको निर्णय ग¥यो । त्यसवेला देउवा प्रचण्ड एक अर्कामा देखभेट नभए पनि सम्बन्ध भने तिक्ततापूर्ण रहन पुगेको थियो ।

६.

दोस्रो वार्ताका क्रममा माओवादीले कांग्रेसभित्रको अन्तरविरोधमा राम्रोसँग खेल्न खोजेको थियो । माओवादीले त्यसवेला सत्ता गिरिजाप्रसाद हुँदा देउवासँग हिमचिम वढाउन खोज्थ्यो भने देउवा सत्तामा छँदा गिरिजाप्रसादसँग हिमचिम बढाउँथ्यो । ‘त्यसो गर्दा कांग्रेसभित्रको अन्तरविरोधमा खेल्ने र आफ्नो पार्टीको राजनीतिक मिसनलाई अगाडि बढाउन सजिलो हुन्थ्यो, हामी त्यस्तै गर्दथ्यौँ,’ माओवादीका एक शीर्ष नेताले भने ।

७.

देउवासँगको अर्को किस्सा पनि छ, माओवादीसँग । देउवाले एमाले–सद्भावनाको सहयोगमा सरकार बनाए । उच्चस्तरीय शान्ति समिति गठन गरी असोजमा देउवाले पुनः माओवादीलाई वार्तामा बस्न आह्वान गरे । उनले पुस महिनाभरिको म्याद तोकेर वार्ता आह्वान गरेका थिए । तर, प्रचण्डले त्यसवेला देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । तत्कालीन अवस्थामा राजाले चालेको १८ असोजको परिघटनाबाट देशलाई पुनः अघिल्लो अवस्थामा पु(याउन सक्ने आधारको खोजी गर्दै प्रश्न तेस्र्याए । देउवाले माओवादीसँग वार्ता गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई अपदस्थ गरे । त्यसपछि भने देउवाको माओवादी नेतृत्वसँगको सम्पर्क सम्बन्ध ‘क्राइसिस’मा पुग्यो । एकैपटक २०६३ सालमा बालुवाटारमा प्रचण्ड सार्वजनिक भएको दिनमा मात्र आएर फेरि स्थापित हुन थाल्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending