Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

यसरी बित्दैछ, ओमानको तेल खानीमा एउटा नेपालीको जिन्दगी (तस्बिरसहित)

\"Birat काठमाडौं, ३० असार । प्रथम र दोस्रो विश्वयुद्धमा भाडाको सिपाही बनेर लाखौं नेपालीहरु विदेशिए । कति उतै मरे । कति अंगभंग भएर बुढेसकालमा फर्किए । ऐतिहासिक तथ्याङकहरुका अनुसार करिव २ लाख मानिसहरु दोस्रो विश्वयुद्धमा बिदेखिएको विद्धानहरुले बताउने गरेका छन् । त्यो भनेको तत्कालीन नेपालको करिव २० प्रतिशत हुन आउँथ्यो । विश्वयुद्ध सँगसँगै मुग्लान  भन्दै भारत जानेको संख्यापनि अनगिन्ती बढ्यो । कति नेपाली काला पहाड भन्दै कोइलाखानीमा पुरिए, त्यसको कुनै मुचुल्का छैन सिंहदरबारसँग । आज त्यसरी विदेशिने नेपालीको गन्तव्य फेरिएको छ । एक रातमै चिलगाडी चढेर जान्छन् नेपालीहरु दुनियाँको कुनाकुना । त्यसरी विमानस्थलमा दुई थोपा आँशु चुहाउँदै रोटी खोज्न जानेको संख्या ५० लाख पुग्न आँटेको अनुमान छ । प्रत्येक दिन ५ जना नेपालीको लास बाकसमा बन्द भएर आउँने घटनाले रेमिट्यान्स गनिरहेकाहरुलाई खासै छोएको जस्तो देखिदैन । देश रेमिट्यान्सको बैशाखी टेकेर बामे सर्दै गरेको जस्ताे देखिन्छ । \"Birat कथा विराट तामाङको  बाध्यताको आँधीले उडाएर आज नेपालीलाई विश्वको कुन भूगोलमा पु¥याएको छ कसैलाई थाहा छैन । त्यस्तै  बाध्यताको हुरीले उडाएर लगेको एक नेपाली हो महोत्तरीका बिराट तामाङ । प्रमाणपत्र तह पास गरेका बिराटले नेपालमै धेरै गर्न खाेजे । तर भएन । अन्ततः उनी पुगे सात समुन्द्रपारी । बिराट ओमान पुगेको दुई वर्ष वित्न लाग्यो । गृह जिल्लाबाट करिव साँडे ९ हजार किलो मिटरको दुरीमा उनी फलज अल काबैलस्थित एक तेल फ्याक्ट्रीमा ‘कुक असिस्टेन्ट’का रुपमा काम गर्छन् । ३० हजार वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित ओमानको जनसंख्या ४४ लाख रहेको छ । ओमान ग्यास र तेलद्धारा आत्मनिर्भर छ ।बिराटसहित उनी कार्यरत कम्पनिमा केही नेपाली र धेरै भारतीय र बंगाली मजदुरहरु छन् । कुकको काम गर्ने कामदारको अलावा तेल फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु ७ हजारको संख्यामा छन् । उनको समूहले दुई वर्षदेखि निरन्तर २ सय जनालाई खाना बनाउँदै आएका छन् । \"Birat   नेपालमा म्यानपावर कम्पनिले भनेको जस्तो नभएको उनी बताउँछन् । ओमान पुगेपछि सहमति भएको भन्दा धेरै काम गर्नु परेको उनको अनुभव छ । ‘सेवा सुविधाहरु पर्याप्त छैन । कुक भएपनि कतिपय काम तातो घाममा गर्नु पर्छ ।’ घरपरिवारको याद आउँछ नी  घरपरिवारको याद कत्तिक आउँछ भन्ने प्रश्नमा उनी बताउँछन् ‘ याद आउँछ नी । याद आएर के गर्नु काम गर्नै पर्यो ।’ अब उनको सम्झौता सकिन पाँच महिना मात्र बाँकी छ । काम सकिने वित्तिकै घर जान पाउँने हो की होइन उनलाई चिन्ताले छ । त्यसको कारण उनका अरु साथीहरुपनि त्यसरी सजिलै घर जान नपाएका घटनाहरु उनको आँखा अघि छ । खबरडबलीसँग उनी भन्छन्,‘दुई वर्ष त्यतिकै बित्यो । समय पो सकिन लागेछ ।’ ओमान आउनुभन्दा १ वर्ष अघि उनले विवाह गरे । नेपालमै केही गर्न सकिन्छ की भनि धेरै नै काम खोजे । तर भने जस्तो काम नपाएपछि ऋण गरेर पुगे विरानो देशमा । छोरी दुई वर्षकी भई । फोटो पठाएकी छे श्रीमतीले फेसबुकमार्फत ।   नेपाल आएर केही गर्ने चाहाना बंगालीहरुको कथा पछि बिराटले सुनाए, ‘ऋण त दुःख सुःख तिरियो । अब नेपाल आएरै केही गर्छु ।’ उनले मासिक कति कमाउँछन् भन्नेबारे बताउन चाहेनन् । उनले भने, ‘भनेको जस्तो नभएपनि कमाइयो ।’ मैले उनलाई सोधें,‘देश अहिले ३० प्रतिशत रेमिट्यान्सले धानिएको छ । रेमिट्यान्स घटे नेपालमा ठूलो आर्थिक संकट आउन सक्छ भनेर विश्व बैंक लगायतले भनेको छ नी । तपाईहरु उतै बसे देश विकास हुन्छ भनिरहेका छन् नी एता त  ? ’ मेरो प्रश्नमा उनले धेरै बोल्न चाहेनन् । मात्र यति भने,‘भ्रष्टचार गरेर देशलाई डुबाउनेहरुको भो कुरा नगरौं ।’ हेर्नुहोस् तस्बिरहरु  \"Birat \"Birat \"birat \"Birat \"Birat \"Birat \"Birat
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending