Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

नयाँ सरकार गठनबारे भारतीय अधिकारीले प्रचण्डबारे यसो भने

\"prachanda\" काठमाडौं, ३० असार । नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेको समयमा भारतले भावी कांग्रेस–माओवादी गठबन्धनलाई स्थायित्व दिनुपर्ने, द्विपक्षीय सम्बन्धमा सुधार गर्नुपर्ने र नेपालमा संविधान कार्यान्वयन हुनुपर्ने भन्दै तीन तहको चुनावमा ध्यान केन्द्रित गर्न सुझाव दिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ –दलहरूले भर्खरै सरकार परिवर्तनको प्रक्रिया सुरु गरेकाले त्यसबारेमा औपचारिक प्रतिक्रिया दिनु अपरिपक्व भए पनि सुभेच्छा दिने चाहना भारतीय पक्षले प्रकट गरेको हो । एक उच्च भारतीय अधिकारीले आफूहरूको धारणा सधैं स्पष्ट रहेको बताए । ‘नेपालमा बढेको भारतविरोधी भावना कम होस्, मधेसी समस्याको समाधान होस् र समयमा नै निर्वाचन होस् भन्ने हाम्रो चाहना हो,’ ती अधिकारीले भने । उनले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको समेत बताए । पहाडमा मात्रै होइन मधेसमा समेत भारतविरोधी भावना बढेको र त्यसमा वर्तमान सरकारमा रहेका पार्टीहरू जिम्मेवार रहेको भारतीय पक्षको धारणा छ । ती अधिकारीले यस अगाडि तत्कालीन माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले भारतलाई दोष देखाएर राजीनामा दिए पनि यस पटक उनलाई प्रधानमन्त्री बनाउने मामिलामा भारतको कुनै रिजर्भेसन नरहेको बताए । ‘नेपाली जनता र संसदले बनाएको प्रधानमन्त्रीलाई हामी स्वागत गर्छौं, खालि हाम्रो चाहना भनेको दुई देशको बीचको सम्बन्ध राम्रो होस् भन्ने हो,’ ती अधिकारीले भने । उनले ओली सरकार गठनपछि केही असमझदारी रहे पनि पछिल्लो समयमा थुप्रै दुईपक्षीय बैठक भएको र त्यसले सम्बन्धलाई राम्रो दिशामा अगाडि बढाएको बताए । गत वर्ष संविधान जारी भएपछि मधेसवादी दलले गरेको नाका अवरोधलाई नाकाबन्दीको संज्ञा दिएर नेपालका केही शक्ति जबर्जस्ती भारतविरोधी भावना फैलाउन लागेको भारतीय निष्कर्ष छ । केही दिन अगाडि एक सार्वजनिक कार्यक्रममा पूर्वभारतीय विदेश सचिव तथा नेपालका लागि पूर्वराजदूत श्याम शरणले नेपालमा भारतविरोधी भावना बढेपनि भारतमा नेपालविरोधी भावना नबढेको बताएका थिए । भारतीय जनता पार्टीका नेता तथा परराष्ट्र मामिलाका पूर्वप्रमुख एनएन झाले भारतको चाहना जहिले पनि नेपालमा स्थायित्व हुनुपर्छ भन्ने रहेको बताए । ‘वर्तमान प्रधानमन्त्री केपी ओलीले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नभन्दा चीनतर्फ बढी जोड दिएको देखियो,’ उनले भने, ‘नयाँ गठबन्धन र भारतको बीचमा राम्रो सम्बन्ध हुनुपर्छ ।’ नेपाल मामिलाका जानकार एसडी मुनिले पनि माओवादी र कांग्रेसको गठबन्धन स्थायी हुनुपर्ने बताए । ‘यो गठबन्धनको स्थायित्व र विश्वसनीयताले नेपाललाई स्थायित्व र विकासतर्फ लैजान सक्छ,’ उनले भने । मुनिले नेपालको अहिलेको तरल अवस्था हिन्दुवादी तत्त्वहरूले हिन्दुराष्ट्र र राजतन्त्रको एजेन्डालाई जोड दिन नहुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending